Home » , » साहित्यिक अनुरागी कवीन्द्र लम्सालका ६ गजलहरू_21-March-2014

साहित्यिक अनुरागी कवीन्द्र लम्सालका ६ गजलहरू_21-March-2014

NepaliTalim | 12:03:00 PM | 0 comments
Kabindra Lamsal
१. गजल
पढाइभन्दा इम्पोर्टेंन्ट, हजुर लाग्छ मलाई !
याद आएर सताउदाँ, आतुर लाग्छ मलाई !! 

जतिखेरै हजुरलाई नै सम्झी बस्छु म !
हजुर नजिक भएपनि, दुर लाग्छ मलाई !!

किताब कापी अगाडि, ध्यान भने हजुरमै !
हजुर नै देवता अनि, देवपुर लाग्छ मलाई !!

सधैंभरि हजुरकै साथमा हुन पाए हुन्थ्यो !
कहाँ दे'ला समयले, मजबुर लाग्छ मलाई !!

अरू केही माग्दिनँ म, सधैं माया गर्नु है !
हजुरकै मीठो माया, पाहुर लाग्छ मलाई !!
साहित्यिक अनुरागी कवीन्द्र लम्साल
तम्घास, गुल्मी नेपाल

२. गजल
मन् मन् मात्र कुरा गर्ने,फोन खोजिराछु !
भ्रमभित्रको रहस्यमा,प्रोटोन खोजिराछु !!

कसरी हो प्रेम गर्ने,सिकाउँछौ की विज्ञान !
छड्के नजर लगाउनलाई,कोण खोजिराछु !!

उनको हृदयको रहस्य,कसरी बुझूँ खै !
उनकै दिलमा छिर्न ढोका,ओन खोजिराछु !!

उनको मन नाप्नु छ,यन्त्र बनाऊ विज्ञान !
कहाँ लुकाऊँ उनलाई मुटुमा,जोन खोजिराछु !!

बाँचुञ्जेल उनी र म,नछुटाइदेऊ कवै !
पिरतिले मुटु किन्न,लोन खोजिराछु !!
साहित्यिक अनुरागी कवीन्द्र लम्साल
तम्घास, गुल्मी नेपाल

3. Gazal
I have true love for you please dear believe me !
I can't live without you that's why receive me !!

Nowhere you'll get longlive and true love !
I have no any self,so never deceive me !!

I have kept you in core of my liver !
I  have stolen your heart but don't call thief me !!

You are hidden in heart covering with love !
If I hurt you please beloved forgive me !!

In my respiration,your love blows each time !
You are my heart-beat dear,so never leave me !!
Kabindra Lamsal
Tamshas, Gulmi Nepal

४. गजल
उनको मेरो छुटेको साथ मिलाइदेऊ न प्रभु
फाटेका दुई मुटुलाई सिलाइदेऊ न प्रभु

रूदैँ होलिन् एक्लै उनी मलाई सम्झिसम्झि
मलाई मेरी मायालुलाई दिलाइदेऊ न प्रभु

कति झार्नु आँशु धारा उनकै सम्झनामा
उनकै यादमा जलेको मन चिसाइदेऊ न प्रभु

मलाई दुख्दा उनी रून्थिन् उनलाई दुख्दा रून्थेँ
हामी दुईको सीमा रेखा मिटाइदेऊ न प्रभु

सक्दिनँ म एक्लै बाँच्न उनकै यादले मारिसक्यो
एक्लै बाँच्नु भन्दा विषै पिलाइदेऊ न प्रभु
साहित्यिक अनुरागी कवीन्द्र लम्साल
तम्घास, गुल्मी नेपाल

५.गजल
रगत बग्ने रक्तनली टुटेपछि रोएँ सानु!
अजम्बरी नाता हाम्रो छुटेपछि रोएँ सानु!!

आकाश अनि चादँनीको जस्तै थियो सम्बन्ध नि!
त्यै सम्बन्ध ऐनासरी फुटेपछि रोएँ सानु!!

अरूलाई त पराईले लुटेपछि रून्छन् बर !
मलाई भने आफ्नाले नै लुटेपछि रोएँ सानु!!

लगेका छन् तिमीलाई मबाट धेरै टाढा!
सपनीमा तिमीलाई देखी उठेपछि रोएँ सानु!!

जीवन अनि मरणको दोसाँधमा छु म यहाँ!
आफ्नो मुटु आफैबाट थुतेपछि रोएँ सानु!!
साहित्यिक अनुरागी कवीन्द्र लम्साल
तम्घास, गुल्मी नेपाल

६.गजल
सिन्दुरले सिउँदो रङ्गै बन्धन भयो तिमीसँग !
सुखदुःख जिउँला जीवन वचन भयो तिमीसँग !!

आमा,बुवा,जन्मघर छोडी आयौ मेरो साथमा !
तन,मन सुम्पियौ अनि जीवन भयो तिमीसँग !!

तिमीजस्ती पत्नी पाउनु मेरो पनि भाग्य नै हो !
खुशी छु म जिन्दगीमा मिलन भयो तिमीसँग !!

खाडीमै छ मेरो जीवन जसोतसो खुशी हुनु !
आउँछु छिट्ठै फर्की म आश्वासन भयो तिमीसँग !!

सकेसम्म सबैकी प्यारी भएर बस्नु तिमी !
तिम्रो मुटु मेरो मन धड्कन भयो तिमीसँग !!
तम्घास, गुल्मी नेपाल

All Copyrights Reserved with Writer 

Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger