१.गजल
गजल् चोरहरु गजलकार बने ,
तिनैका पत्रिकामा समचार बने ।
जस्ले जिन्दगी पोखे मसी बनाएर ,
दुनियाँसामु तिनै निराधार बने ।
कठोर परिस्थितिमा फूल फुलेर ,
कोही खुकुरी कोही तरवार बने ।
जो सहजै तरिन्थे खोला खोल्साहरु ,
बढेर महासागर अपार बने ।
थोरै थोरै गरि मिच्दै मन सिमाना ,
शत्रुहरु पनि खातिरदार बने ।
हिजो अस्ति नरम नौनी हातहरु ,
अचानक कसरी हतियार बने ।
जब मौलिकता मर्यो गाउँघरमा ,
सारङ्गी अनि मादल गितार बने ।
गणेश प्रसाद पौडेल " बहुरुपी ",
स्याङ्जा , रापाकोट-७
२.गजल
आएन फर्केर बालापन मेरो ,
दाह्री जुँगा फुल्यो झनझन मेरो ।
सुनेर हाँस्छन् ति केटाकेटीहरु ,
जवानीको मीठो गनथन मेरो ।
प्राण नै त्यागेर लालायित हुन्छ ,
प्रेम सागरमा तनमन मेरो ।
मलाई नाङ्गो देख्थ्यो दुनियाँ अन्धो ,
उन्को मीठो सुवास् पहिरन मेरो ।
ध्यामग्न हन्थेँ उन्को मन् आँगनमा ,
उन्को शरीर् थियो तपोबन मेरो ।
गणेश प्रसाद पौडेल " बहुरुपी ",
स्याङ्जा , रापाकोट-७
३.गजल
सपनाको महल नयनभरि ,
देखियो हरपल नयनभरि ।
गाजलले छेक्यो दृश्यावलोकन ,
को थियो र असल नयनभरि ।
घुमिरहन्छिन् दिनरात यसरी ,
मायालु ति चंचल नयनभरि ।
मौसम झैं परिवर्तित सपना ,
नभएर अटल नयनभरि ।
हिलो छिचोल्दै सुन्दरता पोखेर ,
फुले फूल कमल नयनभरि ।
उसले राखेर गयो मृत्युु पश्चात्
मीठा मीठा गजल नयनभरि ।
गणेश प्रसाद पौडेल " बहुरुपी "
स्याङ्जा रापाकोट-७
४.गजल
प्रकृतिले गर्यो बबालको संगत ,
माछापुच्छ्रे र फेवातालको संगत ।
बाघसँग तिम्रो जम्काभेट् हुनुपर्छ ,
अनि बल्ल बिर्सन्छौ स्यालको संगत ।
मृत्यु देखेर डराउने मनुष्यले ,
कहाँ गर्न सक्छ र कालको संगत ।
जिन्दगीको कथा बुझेन त्यो धनीले ,
गरेर सधैं धनमालको संगत ।
खाली र शुन्यतामा पनि केही पाएँ ,
जबदेखि गरेँ कंगालको संगत ।
गणेश प्रसाद पौडेल "बहुरुपी"
रापाकोट-७ स्याङ्जा
५.गजल
छवि बेचेर नाङ्गियो छविलाल ,
कहिले महान थियो छविलाल ?
रगतको पाइला टेकि सत्तामा ,
अँह ! भएन बलियो छविलाल ।
के टिक्ला र टिकेहरुको भरमा ,
अब पक्का लखेटियो छविलाल ।
जनभावना कुल्चेर हिंडिस तँ ,
अब राम्ररी चिनियो छविलाल ।
सिनोमा धोतीले किरा हालिदियो ,
हेर ! कसरी कुहियो छविलाल ।
गणेश प्रसाद पौडेल " बहुरुपी"
स्याङ्जा रापाकोट-७
६.गजल
जिन्दगी यो दुखिरहेछ प्यार गरेदेखि ,
दिल दिन कसैलाई हतार गरेदेखि ।
रित्तियो गोजी पसिना बेचेर भरिएको ,
कहिले गाउँ कहिले बजार गरेदेखि ।
सम्बन्धमा पनि हिसाबकिताब खोजियो ,
समयले नै सम्बन्धको व्यापार गरेदेखि ।
व्यापारी नै बनायो माया पिरतीले पनि ,
मनले मनसँग कारोबार गरेदेखि ।
छल कपट गर्यो चाउरीएको छालाले ,
मायालुले नानाथरी श्रृङ्गार गरेदेखि ।
तर्किन्छे तरुनी तेलमा पानी तर्के जस्तै ,
बुढाले माया लाउने बिचार गरेदेखि ।
सडकमै रह्यो माया बटुवा झैँ बनेर ,
लैजाउ या छोडौँ मन दोधार गरेदेखि ।
गणेश प्रसाद पौडेल "बहुरुपी"
स्याङ्जा रापाकोट-७
Note :
All Copyright Reserved with Writer