मुक्तक माला -143 (07-02-2016/2072-10-24) मुक्तककार रश्मि रोदन सँगको अन्तवार्ता विशेष : Download

NepaliTalim | 3:10:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार
(07-02-2016/2072-10-24)
Facebook Page 


नलाङ धादिङका मुक्तककार रश्मि रोदन सँगको अन्तवार्ता विशेष 

नमस्कार साथीहरु,

आज मिति 2072 माघ 24 गते तदनुसार 07-February-2016 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download
Listen at YouTube


Rashmi Rodan

गजलकार राजन पोखरेलको ५ पाँच गजलहरू -08-02-2016

NepaliTalim | 12:58:00 PM | 0 comments
१.गजल
हिसाब  गर घाटै घाटा को जिन्दगी यो 
यात्रा गर बाटै बाटा को जिन्दगी यो 

कसलाई भन्नु  यहाँ  एक पछी  अर्को  कथा  
सम्झिनै गह्रो हुने पाटै पाटाको जिन्दगी यो

यो सहर  देखेर छक्क  लाग्छ मलाई 
बुझाउनै लाज लाग्ने लाटै लाटाको जिन्दगी यो

बयान कसरी गरु ! तेराे मेराे भन्नेहरू हो 
भोलि  माटै माटाको हुन्छ यो जिन्दगी यो
राजन पोखरेल 
हरैचा  मोरङ 

२.गजल
आज भोलि तिम्ले मलाई जति माया मारे पनि
भेट हुन्छ भनी तिम्ले अन्तै बसाई सारे पनि।

तर्किएर किन हिडछौ अनायासै किन तिमि?
मैले भन्दा माया दिने अर्कै जालमा पारे पनि।

झुटो रै छ वाचा कसम झुटेेेै रै छ माया पनि
शिखर चढनु  उनी संगै  मलाई मैदान झारे पनि।

हासी रहु खुशी  देखु !जस्तो हिजो भएपनी 
उनलाइ संधै जिताउनु मैले खेल हारे पनि।
राजन पोखरेल 
हरैचा  मोरङ 

३.गजल
माया अमर हुन्छ भन्दा बसे हजुर दीप बाली 
भुल्या छैन धरो धर्म आउँछ याद तिम्रै काली

कसरी म भुल्न सक्छु सम्बन्ध को गहिराई त्यो
हाम्रो मिलन हुन्दा फेरि बजेका थे हजार ताली

सपनामा तिम्रै याद छ बिपनामा तिम्रै झल्को 
एक दिन आउछु भेट्न् लगायेर बस्नु लाली

तिम्रै याद मा कहिँ कतै हराउन गा को छैन
चाडै आई कान्छी तिम्लाइ बनाउछु घरकि माली 
राजन पोखरेल 
हरैचा  मोरङ 

४.गजल
तिम्रै यादमा अब प्रिये रुन सकिएन
तिम्ले भने जस्तो मान्छे हुन सकिएन।

गगनको शुन्यतामा पनि यात्रा थालेकै थे
तर पनि आकाशको जुनलाई छुन सकिएन।।

उमंगको रंग रोज बसन्तको यात्रा खोज 
जूनमा लायेउ कालो दाग धुन सकिएन ।

धेरै लामो यात्रा गर्नु मनहरु न टुक्रियाउनु
टुक्राएको मनलाई दीप बाल्न पुनः सकिएन।।
राजन पोखरेल 
हरैचा  मोरङ 

५.गजल
तिम्लाई साथी बनाएर ब्यर्थै मुटु दुखाएछु
निर्दोशि यी नयनबाट ब्यर्थै आशु सुकाएछु।

आफन्तले प्रश्न गर्दा गाउँ भरी हल्ला चल्दा 
सबै सामु बोल्न मैले ब्यर्थै किन चुकाएछु।

न त मेरो गल्ती थियो न त कुनै दोष मेरो
सगरमाथा जस्तो शिर ब्यर्थै किन झुकाएछु।

पिए पछि लाग्छ भन्थे न पिएरै लाग्यो बिष
आफनै शिर काटि मैले ब्यर्थै किन छुपाएछु।

सक्छौ भने कोहि भन गल्ती थियोे मेरो भनी ?
उसको गल्ती आफ्नै सम्झी ब्यर्थै किन लुकाएछु।।
राजन पोखरेल 
हरैचा  मोरङ 

Note :
All Copyright of above gazals are belongs to writer

गजल-मंन्दिर कस्तो सुनसान भएछ..(ज्ञानुवाकर पौडेल)

NepaliTalim | 2:25:00 PM | 0 comments
मंन्दिर कस्तो सुनसान भएछ
गायब कहिले भगवान् भएछ
..
बदनाम भए साधु सन्त
चोर फटाहा महान भएछ
..
राम्रो लेख्ने उपेक्षित सधैं
नलेख्नेहरुको यशगान भएछ
..
खेदो गर्यौ सधैं अरुको
कुरुप तिम्रै पहिचान भएछ
..
खडेरी परेछ हेर सद्भावको
शत्रु भित्रु एक समान भएछ
..
नहुँदा खल्ती गहुँगो आफेनो
कति गाह्रो सुरापान भएछ
..
कालोलाई सेतो भन्न जानेरै
जमाना कति साबधान भएछ
..
चलेकै थियो यहाँ गुजारा
विदेश पुगेर दरवान भएछ.
ज्ञानुवाकर पौडेल
साभार,
जिन्दगी छैन अचेल जिन्दगी जस्तो

गजलकार मोहन रावल अनमोल 'अस्तु'का २ दुर्इ गजलहरू -04-02-2016

NepaliTalim | 1:28:00 PM | 0 comments
हन रावल अनमोल 'अस्तु'
१)गजल
विन्ती! पठाईदिनु सक्भर पठाई दिनु...!!
मेरा प्यारा परदेशीलाई घर पठाई दिनु...!!

यसरी तड्पीएर बाच्नै सक्दीन अब त...!
सकिन्छ भने मलाई जहर पठाई दिनु...!!

यी सोषक र सामन्तीहरूका निमित्त...!
बुद्धको देशमा हिटलर पठाई दिनु...!!

यो देशका जनतालाई सरकार तर्साउछ...!
सरकार तर्साउनलाई रत्नाकर पठाई दिनु...!!

दिल जलेर 'अस्तु'को खरानि भएपछी...!
ए हजुर मेरी उनिलाई खबर पठाई दिनु...!!
मोहन रावल अनमोल 'अस्तु'
बान्नातोली पाँच अछाम


२) गजल
म मान्छे हुनुको रहस्य बुझ्दैछु धेरै समय पछि...!
गजल गजलकार र कवि सँगको परिचय पछि...!!

कैयौले जय-जयकार गर्नेछन् रंगमञ्च बाहिर...!
तिम्रो ठुलै पराजय पछि मेरो सान्दार बिजय पछि...!!

बडा मुस्किलले छुट्टिनु परेको थियो तिम्रो आँचलबाट...!
रुँदै भावविभोर हुँदै आँशु बगाउँदै सूर्यदय पछि...!!

कैयौँको ढोका ढक्ढक्याएको थिएँ एक गास माग्नका लागि...!
मलाई धर्तीको जिम्मा लगाएर आमा स्वर्गिय भए पछि...!!

मिलन के हो विछोड के हो दुखाई के हो बल्ल बुझेको छु...!
आफ्नैले यो मुटु अचानो बनाएर छाडेर गए पछि...!!

मोहन रावल अनमोल 'अस्तु'
बान्नतोली पाँच अछाम
rawalm49@gmail.com

Note:
All Copyright Reserved with Writer -Mohan Rawal Anamol Astu

Mang Dorje Sherpa माङ दोर्जे शेर्पाका १० दश गजलहरू -04-02-2016

NepaliTalim | 1:18:00 PM | 1comments
Mang Dorje Sherpa
१.गजल
असल काम गर्न खोजे अवरोध हुन्छ  
यस्ता नाबालक हरुमा कैले बोध हुन्छ।

जिउदो हुँदा कसैले नि चिन्दैनन् बिचरा
मरे पछि बल्ल तल्ल खोज-सोध हुन्छ।

घर भित्रै हत्या गरी ज्यान लुकाइछ
रगत लाई सुकाउन लिप-पोत हुन्छ।

असारमा धान रोप्दा मस्त निदाउछ
मंसीरमा धान फल्दा खन-जोत हुन्छ।

जंगे पनि हत्यारा नै थिए हुन लाई 
तर आज भोलि दिनै पर्व-कोत हुन्छ।
माङ दोर्जे शेर्पा

२.गजल
मलाई भेट्न छोडेर अरु लाई भेटी दियौ
यो मायाको मुनालाई कलिलैमा रेटी दियौ

अरु लाई छले पनि भगवान्ले देखेका छन् 
अपराध गरे पछि प्रमाण सबै मेटी दियौ।

गर्ने बेला सहमती भएर गरेका थियौं 
स्वार्थ पूरा भए पछि अन्यत्रै लखेटी दियौ।

लुट्नसम्म लुटीदियौ नाङ्गेझार पारी पारी
रस चुसी भीर बाट मलाई घचेटी दियौ।

प्रभु संग गुनासो छ मलाई एउटी त छैन
कसै लाई भने धेरै धेरै धेरै केटी दियौ।
माङ दोर्जे शेर्पा

३.गजल
न्छे भनी मैले छुन पनि सकिएन
टाढा हुँदा धुरु-धुरु रुन पनि सकिएन।

धेरै कोसिस गरे मैले अतीत त्यो भुल्न लाई
मन भित्र भाको याद धुन पनि सकिएन।

माया प्रीतिको खेलमा असफल भईदैमा
सबै कुरा त्यागी जोगी हुन पनि सकिएन।

आफ्नै जीवन लाई घृणा गर्ने बाध्यकारी मान्छे
जीवन छोडी मृत्यु लाई चुन्न पनि सकिएन।

बिचित्रको संसारमा जिन्दगीको हिसाब गर्न
जोड,घटाउ,भाग र गुन्न पनि सकिएन।

४.गजल
तिमी बाट सधैं जसो यो मुटुमा दमन हुन्छ
तिम्रो तानाशाही मन कुनै दिन पतन हुन्छ।

बाहिरी त्यो सुन्दरता केवल क्षणिक मात्र हो
सुन्दर त त्यो हो जब सफा मन,बचन हुन्छ।

सन्तुष्टि नै सबैभन्दा ठूलो हुन्छ जिन्दगीमा
सोच्यौ भने के हुन्न र,झुपडी नि भवन हुन्छ।

मनुष्यको दिल भए विशाल र फराकिलो 
यो दुनियाँ विशाल हुन्छ जसरी यो गगन हुन्छ।

दुई दिने यो चोलामा किन गर्नु रिस,डाहा
कुनै दिन पक्कै पनि सबैको नै मरन हुन्छ।
माङ दोर्जे शेर्पा

५.गजल
तपाईं हाम्रो माया बराबर हुनुपर्छ 
सबै जनाको उस्तै अग्रसर हुनुपर्छ।

बिश्वासमा अढेकोछ हाम्रो यो संसार
हामी एक अर्कामा सधैं भर हुनुपर्छ।

बल्लतल्ल पाएको मनुष्यको यो चोला
जिउन लाई कर हैन रहर हुनुपर्छ।

जाल,झेल,घृणा र बितृस्णाको नभई 
माया र पिरतीको यो शहर हुनुपर्छ।

हत्या,हिंसा,लुट्पाट को बिदाइ गर्नुपर्छ
हर बिहान् सुन्ने मीठो खबर हुनुपर्छ।

६.गजल
पुर्णिमाको जून तिमी बादलुले छेकी देला
अन्तरीक्षयात्री आई तिमी माथि टेकी देला

साउने त्यो झरी पर्दा नहिड भो भिजी भिजी
लोभ लाग्दा अंग हरु अरुले नै देखी देला।

सबैभन्दा पहिले म भन्छु आफ्नो मन्को कुरा
नत्र भने पराइले प्रेम-पत्र लेखी देला।

तिमी लाई चिन्ता होला सधैं भरी यो कुरामा
तिम्रो मन्को भारीलाई कसले पो थेगी देला।

सहन सक्दैन हेर तिम्रो पीडा यो "माङ"ले
मन भित्र घाउ भए मायाले नै सेकी देला।
माङ दोर्जे शेर्पा

७.गजल
ठिकै थियो सबै कुरा बेठिक भएछ
जनताको नोकर भन्थे मालिक भएछ।

फुट्ने थेन हिजो सम्म उसैको बोली
राजनीतिमा लागेर तार्किक भएछ।

एकाईसौ शताब्दीले छोएर होला
मन बाट हैन माया भौतिक भएछ।

तिमी भए अरु केही चाइदैन भन्थी
तर आज ठूलो कुरा आर्थिक भएछ।

लेख्दा लेख्दै,खेल्दा खेल्दै अक्षर संग
थाहै नपाइ मेरो गजल मार्मिक भएछ।
माङ दोर्जे शेर्पा

८.गजल
मेरो चोखो माया लाई शरीरको मेल सम्झ्यौ
मनोरंजन मा खेलिने दुई दिने खेल सम्झ्यौ।

जाने बेला गयौ तिमी मेरो बारे नसोचेर
आज दु:ख पाएर त मलाई अचेल सम्झ्यौ।

मैले भने युगौ युग नतोडिने नाता गासौ
पवित्र सम्बन्धलाई जन्जिर र जेल सम्झ्यौ।

झलमल हुँदा खेरी बिर्सी दियौ यो दुनियाँ 
बलिरहेको त्यो दियो निभे पछि तेल सम्झ्यौ।

कुनै स्वार्थ थेन ममा,तिम्रै भलो म चाहन्थे
कुन अर्थमा हेर्यौ मलाई जाल र झेल सम्झ्यौ।
माङ दोर्जे शेर्पा

९.गजल
पन्चे बाजा बजाएर लान्छु तिमी लाई 
डोली माथि सजाएर लान्छु तिमी लाई।

साथ दिनु है सबैले मेरो यो खुसीमा 
सबै लाई नचाएर लान्छु तिमी लाई।

दुनियाँ नै छक्क परुन हाम्रो बिहे देखी
यति धूम मचाएर लान्छु तिमी लाई।

पछि सम्म सम्झनेछन् भावी सन्ततीले
ईतिहास रचाएर लान्छु तिमी लाई।

घुम्टो भित्र मुस्कुराई,शिर निहुराई
तिमी अति लजाएर लान्छु तिमी लाई।
माङ दोर्जे शेर्पा

१०.गजल
सुन्दर यो सृजनाको सर्जक बनी दिन्छु
यति धेरै सुन्दरी छौ,दर्शक बनी दिन्छु।

खाउ टन्न मिठा मिठा खाने कुरा हरु
पर्दा तिमी अप्ठ्यारोमा पाचक बनी दिन्छु।

हान तिमी चौका,छक्का डर नमानेर
तिम्ले खेल्ने कृकेटमा शतक बनी दिन्छु।

हातेमालो गर्दै अगि बढ्छु तिमी सित
म त तिम्रै सहयात्री अथक बनी दिन्छु।

दु:ख,पीडा भुलि देउ सक्दो खुशी हुनु
तिम्रा हर पलहरुमा रौनक बनी दिन्छु ।
माङ दोर्जे शेर्पा

Note :
All Copyright Reserved with Writer Mang Dorje Sherpa


गजलको कार्यक्रम बुलबुल BULBUL 334 (03-02-2016/2072-10-20) : Download

NepaliTalim | 11:45:00 AM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
गजलको कार्यक्रम बुलबुल
BULBUL EPISODE - 334
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2072 माघ 20 गते तदनुसार 
03-Feb-2016 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 334) लिएर उपस्थित हुनुभएको छ । 

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई । 

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
बिशेष सूचना 
२०७० असोज १३ (29-Sep-2013 गतेदेखि आइतबारिय नयाँ बुलबुल सुरुभएको थियो, त्यसपछि २०७० माघ १८ (01-Feb-2014) गतेदेखि शनिबार सारेर श्रृंखला १९ नयाँ बुलबुल प्रसारण हुँदै आएकोमा मिति २०७१ मंसिर २७ (13 Dec 2014) गते देखि नयाँ बुलबुलको श्रृंखला अन्त भएको छ । अब केवल हप्तामा बुधकार मात्र बुलबुल प्रसारण भइरहेको छ। विगतका नयाँ बुलबुल सुन्नको लागि -Click Here to Listen New Bulbul All (61) Episodes
Listen and Download (Right Click and save)-Repeated 

Download : Click Here to Download
Listen at YouTube

यो श्रृंखलामा बाचन भएको मेरो गजल
जिन्दगी मेरो, निराधार जस्तै ।।
मृत्युले गर्दैछ, बहिस्कार जस्तै ।।

नाटक रहेछ, दुइचार दिनको
कहाँ छ र प्यार, प्यार जस्तै ।।

छूरा भन्दा बढी, हुन्छ धारिलो
फूलको प्रहार, तरवार जस्तै ।।

बितेपछी समय, सम्झेर आयौ
जसरी आउँछ, सरकार जस्तै ।।

मान्छेको आचरण, मैले बुझिँन
सबै नै लाग्छन्, गद्धार जस्तै ।।

तिमी नहुँदा, मेरो संसारमा
जितहरु लाग्दैछ, हार जस्तै ।।

सबैलाई सम्झिँए, आपदको बेला
कोहिपनि लागेनन, यार जस्तै ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
शब्द शरोबर ०१-०४-२०१३ मा बाचन भएको थियो

श्रृंखला 33 : गजल पुञ्ज (29-01-2016/2072-10-15) : Download

NepaliTalim | 5:48:00 PM | 0 comments
Program : Gazal Punja 
कार्यक्रम : गजल पुञ्ज   
रेडियो : रेडियो देउखुरी १०५.८
समय : शुक्रबार राती ९.१५
प्रस्तोता  : एसपी माथवर
 (29-01-2016/2072-10-15)

नमस्कार साथीहरू,

आज मिति  2072 माघ 15 गते तदनुसार 29-Jan-2016  हरेक शुक्रबार रेडियो रेडियो देउखुरी १०५.८ मेगाहर्ज  बाट प्रसारण हुने एकमात्र मधुरसले युक्त कार्यक्रम गजल पुञ्ज लिएर कार्यक्रम प्रस्तोता तपाईको भाई छोरो साथी एसपी माथवर उपस्थित हुनुभएको छ । कार्यक्रममा सल्लाह सुझाव तथा तपाईहरुको रचनाका लागि कार्यक्रमको इमेल मा सम्पर्क गर्नुहोला ।  
Listen and Download 

Download : Click Here to Download

Ekal Kabita Baachan 51 : (30-01-2016/2072-10-16) कवि अनमोल मणी : Download

NepaliTalim | 4:53:00 PM | 0 comments
Ekal Kabita Baachan : Episode 51
Date  (30-01-2016/2072-10-16) 
Time : Every Saturday 9.15pm

आदरणिय साथीहरु, 

आज मिति 2072 माघ 16 गते तदनुसार 30-January-2016 शनिबारका दिन उज्यालो ९० नेटवर्कको भावना जागृति र प्रस्तुतिको समिश्रण एकल कविता बाचन कविता बाचन विशेष साहित्यिक कार्यक्रम एकल कविता बाचनको (Episode 51आजको श्रृंखला लिएर कार्यक्रम प्रस्तोता उपस्थित हुनुभएको छ । आजको श्रृंखलामा  कवि अनमोल मणी लार्इ सुन्नेछौं । कार्यक्रम ब्लगमा राख्न अनुमति दिनुभएकोमा कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुललाई धेरै धेरै धन्यवाद । 
Listen and Download 

Download : Click Here to Download
Listen at YouTube

Ajar Amar Geetharu अजर अमर गीतहरू (All Episodes of January 2016) : Download

NepaliTalim | 2:05:00 PM | 0 comments
Ajar Amar Geetharu 
Sunday, Monday, Thrusday 
अजर अमर गीतहरू 



नमस्कार साथीहरु,

नेपाली गीत संगीतमा लाग्नुभएका सबै श्रष्टाहरुप्रती आदरका साथ उज्यालो ९० नेटवर्कको कार्यक्रम प्रकास सायमीको साथमा हरेक आईतवार , सोमबार र विहिबार प्रसारण हुने नेपाली कालजयि गीतहरुको कार्यक्रम अजर अमर गीतहरु सम्भब भएसम्मका श्रृंखलाहरु सुन्न र डाउनलोड गर्न मिल्ने गरेर तपाईहरु सामु लिएर आएको छु । कार्यक्रम १५ भाद्र २०७१ तदनुसार ३१ अगष्ट २०१४ बाट सुरु भएको थियो ।
Listen and Download Previous All Episodes : Click here 
Ajar Amar Geetharu (Sunday, Monday and Thursday 9.15 pm)
An entertaining radio show by Prakash Sayami with contermporary Nepali songs.
Website Source: Ujyalo 90 Network
Month : JANUARY 2016
Episodes Previous Month : December 2015
Ajar Amar Geetharu at Youtube
Listen and Download  (Right Click and Save As)
Episode 212 : Date :- (03-01-2016)

Download : Click Here to Download
Episode 213 : Date :- (04-01-2016)

Download : Click Here to Download
Episode 214 : Date :- (07-01-2016)

Download : Click Here to Download
Episode 215 : Date :- (10-01-2016)

Download : Click Here to Download
Episode 216 : Date :- (11-01-2016)

Download : Click Here to Download
Episode 217 : Date :- (14-01-2016)

Download : Click Here to Download
Episode 218 : Date :- (17-01-2016)

Download : Click Here to Download
Episode 219 : Date :- (18-01-2016)

Download : Click Here to Download
Episode 220 : Date :- (21-01-2016)

Download : Click Here to Download
Episode 221 : Date :- (24-01-2016)

Download : Click Here to Download
Episode 222 : Date :- (25-01-2016)

Download : Click Here to Download
Episode 223 : Date :- (28-01-2016)

Download : Click Here to Download
Episode 224 : Date :- (31-01-2016)

Download : Click Here to Download
To Listen All Episodes : Click Here 
Listen Episodes of February 2016 : Click Here 
Listen All Episodes at YouTube

राजन पोखरेलका सात ७ गजलहरू -2016-02-03 (7 Ghazals by Rajan Pokhrel)

NepaliTalim | 12:49:00 PM | 0 comments
       राजन पोखरेल 
        हरैचास, मोरङ
१.गजल
सुनेको छु शहरमा एक्लै एक्लै डुल्छौ अरे 
पराईको हात समाई जता ततै फूल्छौ अरे

कस्तो रैछ रहर तिम्रो पुरै गर्न नसकिने
रंगिन छ है दुनियाँ भन्दै नशासगै झुल्छौ अरे

मैले पनि माया पिलाई बाडेका थे खुशिहरु
वसन्त नै न आई तिमी शिशिरमै खुल्छौ अरे

आफ्नैलाई सम्हालेर राखेनछौ मनहरु
छिनमै हास्दै छिनमै तिमी सन्सार नै भुल्छौ अरे।।
राजन पोखरेल 
हरैचास मोरङ

२.गजल
चल्छ जहाँ फूलको शुबास भ्रमराको बाँस हुन्छ
हास्छौ र त जिन्दगीमा जिउने मेरो आश हुन्छ।।

मेरो जीवन भन्नू पनि तिम्रो नै त खुसी हो नि 
मैले बोल्ने हर शब्दमा तिम्रो मिठो सास हुन्छ।।

जहाँ जाउ जता जाउ तिमीबाट टाढा हुन्न
मैले चाल्न्ने हर पाईला नि तिमि बाटेै पास हुन्छ।।

हासी रहु हर मोडमा जीवन भन्नू यस्तै रै छ
हाम्रो मिलन भन्नू यहाँ फूलै फूलको मधु मास हुन्छ।।
राजन पोखरेल 
हरैचास मोरङ

३.गजल
इशारामा प्रभुू भनि,संधै हामी चल्नु हुन्न
हामी मिलि यहि बसौ,अर्कालाई छल्नु हुन्न।।

वीरका हामी सन्तान हौ मिलि बस्छौ सधै यहाँ 
त्यसैले त अब फेरि, मेची काली जल्नु हुन्न ।।

किन झिक्छौ त्यहि कुरा तेरो मेरो भन्ने गर्छौ
भाई भाइ संगै  बस्छौ ,रिस राग मल्नु हुन्न।।

आफै गर्छौ दुस्ख हामी,सङघषँमा रम्ने गर्छौ
एकता मै बसौ हामी,कसै सामु हल्नु हुन्न।।

आफै भन्दा प्यारो मलाई मेरै देशको माया लाग्छ 
मेची (काली उठौ अब,दुश्मन सामु गल्नु हुन्न।।
राजन पोखरेल 
हरैचास मोरङ

४.गजल
जित हुन्छ जताततै,गरे पछि काम हजुर
कहाँ अगि बाढछ देश गरे पछि जाम हजुर।।

अझै पनि कति  गर्छौरुकुरा त्यही छल छामको 
भोकालाई कहिले मिल्छरुदुई छाक माम हजुररु।

मलाई मेरै देशकै माया तिमीलाई आराम छ
बाडदै छौ रे आफन्तलाई देशका सबै दाम हजुर।।

त्यसैले त अब मलाई तिम्रो कुनै आश छैन
आफ्नै घरमा आगो लगाई कहाँ बन्छ सुन्दर  गाम हजुर।।
राजन पोखरेल 
हरैचास मोरङ

५.गजल
जिन्दगीको लामो यात्रा अनायासै मोडे पछि 
कस्ले भन्छ कठैबरा सबै नाता तोडे पछि।।

उनकै गीत मा न्याउली रुन्छे बिरहको गीत बनाई
बचरा नि रोएकाछन माउले गुड छोडे पछि।।

मरुभूमि जस्तै जीवन सपनाको खेती भयो 
न्यानो काँहा हुन्छ सानू१ आफ्नै छानो फोडे  पछि

एक पछि अर्कै मोड छ जहाँ घुम्ती धेरै हुन्छन 
कस्को रम्छ मन यो तेसमैरुअन्तै फूल गोडे पछि।।
राजन पोखरेल 
हरैचास मोरङ

६.गजल
लेखी पठाउ मलाई प्रिये १ सबै तिम्रा हाल हरु
अझै कति बित्छन यतै समय र साल हरु।

दिन त बित्छ जसो तसो सम्झना छ आखै भरी
सम्झना मै रात बित्छन नयन बन्छन ताल हरु।

तिम्रै माया कहिले काहीँ मुटु  भरी ज्वार बन्छन
छचल्किन्दै कयौं  बग्छन बेदना का छाल हरु।

कस्लाइ भनु कस्लाई सुनाउ वेदनाका घाउहरु
सुस्त सस्त  बगेकै छन जिन्दगी का चाल हरु।।
राजन पोखरेल 
हरैचास मोरङ

७.गजल
दुई चार दिन कतै गए,हराएछ न भन्दिनु 
अन्धकारमा दीप बाल्दा, डराएछ न भन्दिनु।

जीवनको यात्रा लामो तिमी बाहेक कोहि छैन
आफ्नै सम्झी गाली गरे,कराएछ न भन्दिनु।

सगालेर राख प्रीत भोलि जीवन फूल्छ फल्छ 
फूलकै गीत गाउदै, हिडदा बर्बराएछ न भन्दिनु।

शिखरको बाटो हिंडछु जूनू कतै भेट्इन्छ कि रुरु
हिडदा खेरी ठेस लागे राजनू लर्बराए छन् भन्दिनु।।
राजन पोखरेल 
हरैचास मोरङ

नोट,
सम्पूर्ण प्रतिलिपि अधिकार लेखकमा निहित रहेको छ । 
धन्यवाद

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger