Home » » गजलकार राजन पोखरेलको ५ पाँच गजलहरू -08-02-2016

गजलकार राजन पोखरेलको ५ पाँच गजलहरू -08-02-2016

NepaliTalim | 12:58:00 PM | 0 comments
१.गजल
हिसाब  गर घाटै घाटा को जिन्दगी यो 
यात्रा गर बाटै बाटा को जिन्दगी यो 

कसलाई भन्नु  यहाँ  एक पछी  अर्को  कथा  
सम्झिनै गह्रो हुने पाटै पाटाको जिन्दगी यो

यो सहर  देखेर छक्क  लाग्छ मलाई 
बुझाउनै लाज लाग्ने लाटै लाटाको जिन्दगी यो

बयान कसरी गरु ! तेराे मेराे भन्नेहरू हो 
भोलि  माटै माटाको हुन्छ यो जिन्दगी यो
राजन पोखरेल 
हरैचा  मोरङ 

२.गजल
आज भोलि तिम्ले मलाई जति माया मारे पनि
भेट हुन्छ भनी तिम्ले अन्तै बसाई सारे पनि।

तर्किएर किन हिडछौ अनायासै किन तिमि?
मैले भन्दा माया दिने अर्कै जालमा पारे पनि।

झुटो रै छ वाचा कसम झुटेेेै रै छ माया पनि
शिखर चढनु  उनी संगै  मलाई मैदान झारे पनि।

हासी रहु खुशी  देखु !जस्तो हिजो भएपनी 
उनलाइ संधै जिताउनु मैले खेल हारे पनि।
राजन पोखरेल 
हरैचा  मोरङ 

३.गजल
माया अमर हुन्छ भन्दा बसे हजुर दीप बाली 
भुल्या छैन धरो धर्म आउँछ याद तिम्रै काली

कसरी म भुल्न सक्छु सम्बन्ध को गहिराई त्यो
हाम्रो मिलन हुन्दा फेरि बजेका थे हजार ताली

सपनामा तिम्रै याद छ बिपनामा तिम्रै झल्को 
एक दिन आउछु भेट्न् लगायेर बस्नु लाली

तिम्रै याद मा कहिँ कतै हराउन गा को छैन
चाडै आई कान्छी तिम्लाइ बनाउछु घरकि माली 
राजन पोखरेल 
हरैचा  मोरङ 

४.गजल
तिम्रै यादमा अब प्रिये रुन सकिएन
तिम्ले भने जस्तो मान्छे हुन सकिएन।

गगनको शुन्यतामा पनि यात्रा थालेकै थे
तर पनि आकाशको जुनलाई छुन सकिएन।।

उमंगको रंग रोज बसन्तको यात्रा खोज 
जूनमा लायेउ कालो दाग धुन सकिएन ।

धेरै लामो यात्रा गर्नु मनहरु न टुक्रियाउनु
टुक्राएको मनलाई दीप बाल्न पुनः सकिएन।।
राजन पोखरेल 
हरैचा  मोरङ 

५.गजल
तिम्लाई साथी बनाएर ब्यर्थै मुटु दुखाएछु
निर्दोशि यी नयनबाट ब्यर्थै आशु सुकाएछु।

आफन्तले प्रश्न गर्दा गाउँ भरी हल्ला चल्दा 
सबै सामु बोल्न मैले ब्यर्थै किन चुकाएछु।

न त मेरो गल्ती थियो न त कुनै दोष मेरो
सगरमाथा जस्तो शिर ब्यर्थै किन झुकाएछु।

पिए पछि लाग्छ भन्थे न पिएरै लाग्यो बिष
आफनै शिर काटि मैले ब्यर्थै किन छुपाएछु।

सक्छौ भने कोहि भन गल्ती थियोे मेरो भनी ?
उसको गल्ती आफ्नै सम्झी ब्यर्थै किन लुकाएछु।।
राजन पोखरेल 
हरैचा  मोरङ 

Note :
All Copyright of above gazals are belongs to writer

Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger