हन रावल अनमोल 'अस्तु' |
विन्ती! पठाईदिनु सक्भर पठाई दिनु...!!
मेरा प्यारा परदेशीलाई घर पठाई दिनु...!!
यसरी तड्पीएर बाच्नै सक्दीन अब त...!
सकिन्छ भने मलाई जहर पठाई दिनु...!!
यी सोषक र सामन्तीहरूका निमित्त...!
बुद्धको देशमा हिटलर पठाई दिनु...!!
यो देशका जनतालाई सरकार तर्साउछ...!
सरकार तर्साउनलाई रत्नाकर पठाई दिनु...!!
दिल जलेर 'अस्तु'को खरानि भएपछी...!
ए हजुर मेरी उनिलाई खबर पठाई दिनु...!!
मोहन रावल अनमोल 'अस्तु'
बान्नातोली पाँच अछाम
२) गजल
म मान्छे हुनुको रहस्य बुझ्दैछु धेरै समय पछि...!
गजल गजलकार र कवि सँगको परिचय पछि...!!
कैयौले जय-जयकार गर्नेछन् रंगमञ्च बाहिर...!
तिम्रो ठुलै पराजय पछि मेरो सान्दार बिजय पछि...!!
बडा मुस्किलले छुट्टिनु परेको थियो तिम्रो आँचलबाट...!
रुँदै भावविभोर हुँदै आँशु बगाउँदै सूर्यदय पछि...!!
कैयौँको ढोका ढक्ढक्याएको थिएँ एक गास माग्नका लागि...!
मलाई धर्तीको जिम्मा लगाएर आमा स्वर्गिय भए पछि...!!
मिलन के हो विछोड के हो दुखाई के हो बल्ल बुझेको छु...!
आफ्नैले यो मुटु अचानो बनाएर छाडेर गए पछि...!!
मोहन रावल अनमोल 'अस्तु'
बान्नतोली पाँच अछाम
rawalm49@gmail.com
Note:
All Copyright Reserved with Writer -Mohan Rawal Anamol Astu
0 comments:
Post a Comment