Home » » सुगम समिपका ५ पाँच गजलहरू -22-02-2016

सुगम समिपका ५ पाँच गजलहरू -22-02-2016

NepaliTalim | 3:25:00 PM | 2comments
१. गजल
भाँचिएकै, भएनि फुलको, डाली भए पुग्छ
माया नै माया, भरेको थोरै, गाली भए पुग्छ

म त गाँउले, ठिटो मेरा, दुःखहरु, बिर्सनलाइ
उकाली भए, पुग्छ या त, ओराली भए पुग्छ

कसैको रुप,हेरेर जिन्दगी, काट्नु छैन मलाई
बरु काली नै, होस् तर , दिलवाली भए पुग्छ

महलको, के सपना !, बस् एकपल, निदाउन
झरिमा ओत, लाग्ने खरको, पाली भए पुग्छ

मनको भोक, मेटाउन,अमृत चाहिन्न मलाई
साग र सिस्नोले, सजिएको ,थाली भए पुग्छ

कसैको झुटो,खेलमा बिजयी, हुनु भन्दा बरु
मलाई केवल ,उत्साहजनक,ताली भए पुग्छ
सुगमसमिप
गोरखा ।

२.गजल
फुल अनेक छ र त पात अनेक छ
साथ अनेक छ र त हात अनेक छ

छुवाछूत र भेदभावको, कुरा गर्छौ किन ?
मान्छे अनेक छ र त जात अनेक छ

कुरा काट्यो भनेर, चित्त दुखाउनु किन ?
सोच अनेक छ र त बात अनेक छ

धोका पायो भन्दैमा, निराश बन्नु किन ?
माया अनेक छ र त घात अनेक छ

सराबी उ बर्बराउदा, आश्चर्य मान्नु किन ?
प्याला अनेक छ र त मात अनेक छ
सुगमसमिप
गोरखा ।

३.गजल
वाक्यहरुमा सु-मधुर लय बन्दै गएको छ....
तेसैले जिन्दगी गजलमय बन्दै गएको छ....

म किन निदाउन्न अचेल थाहा छैन आफैंलाइ
यहि कुरा खोजिको बिसय बन्दै गएको छ....

कहिलेकाही म टोलाने गर्छु चाँदनी रातमा तर
मेरै छाया म आफैंलाई भय बन्दै गएको छ....

संघर्षको यात्रा कठिन भए पनि यस्तो लाग्छ
हर पाइलाहरु मा बिजय बन्दै गएको छ....

(तेसैले जिन्दगी गजलमय बन्दै गएको छ....)
सुगम समीप
गोर्खा ।

४.गजल
"तिमि सँग मैले माया लाइन" -भनेर ढाटि
"मन्दिरमा कसम पनि खाइन" -भनेर ढाटि

उनको गित सुनेर मयुर छमछम नाचेकै हो तर
"बनपाखामा मैले गितै गाइन" भनेर ढाटि

नजरको तिरले हानि मलाई घाइते बनायौ तर
"बिध्या नाश मैल थाहै पाइन" भनेर ढाटि

हेर उनि बिना त झ्याउरे जम्दै जम्दैनथ्यो तर
"साच्चै हो के रोधीघरै धाइन" भनेर ढाटि

लालुपाते सिरैमा सिउरि बेसी झरेकिथ्यौ तर
"गैरी खेतमा मेला भर्न आइन" भनेर ढाटि
सुगमसमिप
गोरखा ।

५.गजल
भुराहरुलाइ के को खसखस भन्छन् बुढा पाका
के हो मोरा ! यो प्रेम दिवस भन्छन् बुढा पाका

जुठो फुलनराख सिरमा मनोदेउता रिसाउछ
नगरेस् प्रेम पुजामा लसपस भन्छन् बुढा पाका

भमराहरु घुम्दै फिर्दै आउछन् फुलेको वरिपरि
जब कि फुलमा पस्दछ रस भन्छन् बुढा पाका

जवानीमा यस्तै हुन्छ मनमा उथल पुथल
बढी पापी बैँसलाई मुठ्ठीमा कस भन्छन् बुढा पाका

रोधि धाइयो माया लाइयो र जिन्दगी बिताइयो
नगरि यस्तो मायाको बहस भन्छन् बुढा पाका

सात कोष पर खुट्टाले हिंडि भेट्न जान्थे माया
बिना रेलगाडी सवारी बस भन्छन् बुढा पाका
सुगमसमिप
गोरखा ।

Note :
All Copyright Reserved with Writer 
Share this article :

2 comments:

Unknown said...

धेरै राम्रो गजल मज्जाले पढियो
थोरै भए पनि सुगमलाइ धन्यवाद भनियो।

Unknown said...

धेरै राम्रो गजल मज्जाले पढियो
थोरै भए पनि सुगमलाइ धन्यवाद भनियो।

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger