गजलको कार्यक्रम बुलबुल
BULBUL EPISODE - 334
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2072 माघ 20 गते तदनुसार
03-Feb-2016 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 334) लिएर उपस्थित हुनुभएको छ ।
बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद । बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
बिशेष सूचना
२०७० असोज १३ (29-Sep-2013 गतेदेखि आइतबारिय नयाँ बुलबुल सुरुभएको थियो, त्यसपछि २०७० माघ १८ (01-Feb-2014) गतेदेखि शनिबार सारेर श्रृंखला १९ नयाँ बुलबुल प्रसारण हुँदै आएकोमा मिति २०७१ मंसिर २७ (13 Dec 2014) गते देखि नयाँ बुलबुलको श्रृंखला अन्त भएको छ । अब केवल हप्तामा बुधकार मात्र बुलबुल प्रसारण भइरहेको छ। विगतका नयाँ बुलबुल सुन्नको लागि -Click Here to Listen New Bulbul All (61) Episodes
Listen and Download (Right Click and save)-Repeated
Download : Click Here to Download
Listen at YouTube
जिन्दगी मेरो, निराधार जस्तै ।।
मृत्युले गर्दैछ, बहिस्कार जस्तै ।।
नाटक रहेछ, दुइचार दिनको
कहाँ छ र प्यार, प्यार जस्तै ।।
छूरा भन्दा बढी, हुन्छ धारिलो
फूलको प्रहार, तरवार जस्तै ।।
बितेपछी समय, सम्झेर आयौ
जसरी आउँछ, सरकार जस्तै ।।
मान्छेको आचरण, मैले बुझिँन
सबै नै लाग्छन्, गद्धार जस्तै ।।
तिमी नहुँदा, मेरो संसारमा
जितहरु लाग्दैछ, हार जस्तै ।।
सबैलाई सम्झिँए, आपदको बेला
कोहिपनि लागेनन, यार जस्तै ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
शब्द शरोबर ०१-०४-२०१३ मा बाचन भएको थियो
0 comments:
Post a Comment