Home » » (10 Muktak by Mahabir Biswakarma) महावीर विश्वकर्माका १० मुक्तकहरू -24-02-2016

(10 Muktak by Mahabir Biswakarma) महावीर विश्वकर्माका १० मुक्तकहरू -24-02-2016

NepaliTalim | 3:41:00 PM | 0 comments
महावीर विश्वकर्मा
रेडियोकर्मी
बहकिने मन
१.मुक्तक 
न घर, घर जस्तो लाग्छ ।
न शहर, शहर जस्तो लाग्छ । । 
जहाँ अरुहरु हरियाली देख्छन्
मलाई त्यही ठाउँ बगर जस्तो लाग्छ । ।
महावीर विश्वकर्मा

२.मुक्तक
आफु जस्तै साथी चाहिएर शहरमा ।
ठुलो ऐना किनेर राखेको छु घरमा । ।
मैले मान्छे खोजेर गल्ती गरेछु सायद
बरु ढुङ्गा भेटिन्छन् अलपत्र बगरमा । । ।
महावीर विश्वकर्मा

३.मुक्तक
लफडा हुनसक्छ, बबाली हुनसक्छु ।
अब उप्रान्त तिमी जस्तै जाली हुनसक्छु । ।
सायद भरिन कै लागि रित्तिएको हुँ की
तर जीन्दगीभर यस्तै खाली हुनसक्छु । । ।
महावीर विश्वकर्मा

४.मुक्तक
पटक पटक घरि घरि चलिरहन्छ रे ।
आउने जाने सँधैभरि चलिरहन्छ रे । ।
कहिले मन दुखाएर, कहिले खुसाएर
जीन्दगी त यसैगरि चलिरहन्छ रे । । ।
महावीर विश्वकर्मा

५.मुक्तक
यो जीन्दगानी बुझि नसक्नु छ ।
आगो हो कि पानी बुझि नसक्नु छ । ।
सँगै बस्छु भन्दै नजिकिने मान्छे
जान्छन् जानी जानी बुझि नसक्नु छ । । ।
महावीर विश्वकर्मा

६.मुक्तक
सम्झिन्छु तिमीलाई लगत्तै देख्छु ।
सम्झना मै सही यतैकतै देख्छु । ।
मान्छेहरु भन्थे, छायाँ सँगै हुन्छ
म त यादहरु जताततै देख्छु । । ।
महावीर विश्वकर्मा

७. मुक्तक
न इमान भेटिन्छन्, न जमान भेटिन्छन् । 
न त हराएको सामान भेटिन्छन् । ।  
हिँड्दाहिँड्दै बाटोमा मन साँटेर के भो 
जति भेटिन्छन् मान्छेहरु, वेइमान भेटिन्छन् ।
महावीर विश्वकर्मा

८.मुक्तक
सम्झिन्छु तिमीलाई लगत्तै देख्छु ।
सम्झना मै सही यतैकतै देख्छु । ।
मान्छेहरु भन्थे, छायाँ सँगै हुन्छ
म त यादहरु जताततै देख्छु । । ।
महावीर विश्वकर्मा

९.मुक्तक
साधु राम्रो लाग्छ अनि सन्यासी राम्रो लाग्छ ।
गम्भीर देखिने उनीहरुको उदासी राम्रो लाग्छ । ।
भन्न त मान्छेहरु, बहुलायो पनि भन्लान
तर मलाई मेरै बदमासी राम्रो लाग्छ । । ।
महावीर विश्वकर्मा

१०.मुक्तक
खुशी पनि करार हुन्छ पैसा नहुँदा । 
ओंठको हाँसो फरार हुन्छ पैसा नहुँदा । । 
पुर्पुरोमा हात हुन्छ, मनभरि चिन्ता
दाजुभाई मै दरार हुन्छ पैसा नहुँदा । । । 
महावीर विश्वकर्मा

Note : Copyright of All Above Muktak are reserved with Writer 

Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger