Home » » (2-Ghazals by Baburam Sagar) बाबुराम सागरका २ दुर्इ गजलहरू -24-02-2016

(2-Ghazals by Baburam Sagar) बाबुराम सागरका २ दुर्इ गजलहरू -24-02-2016

NepaliTalim | 3:27:00 PM | 0 comments
बाबुराम सागर
१.गजल
यो हावा यो हुरी कसले देख्छ कसले लेख्छ ।।
घरभित्र चुरिफुरी कसले देख्छ कसले लेख्छ ।।
……………
राति राती चौकिदारी गरि हाकिम हु भन्छन,
शहरको मजबुरी कसले देख्छ कसले लेख्छ ।।
……………
मातिएर जतिसुकै महानताका कुरा गर तिमी,
सराबको बहादुरी कसले देख्छ कसले लेख्छ ।।
…………
जबसम्म आफ्नै सहभागिता त भएको हुदैन,
पराईको घरधुरी कसले देख्छ कसले लेख्छ ।।
…………
भन्नेले त कति सजिलै पर्खिरहनु भनिदिन्छन,
पर्खाइको आतुरी कसले देख्छ कसले लेख्छ ।।
…………
आजभोलि संका गर्न नसक्ने गरि बिश्वासमा,
फसाउछन टपुरी कसले देख्छ कसले लेख्छ ।।
…………
पिउदै मोहको सागर भन्छौ पर्खेर बसेकी छु,
माया छ मुरिमुरी कसले देख्छ कसले लेख्छ ।।
बाबुराम सागर
अछाम

२.गजल
गरिबको कमाई र धनीको बाहल तुलना हुदैन ||
जस्तो यो गजल र उनको गाजल तुलना हुदैन ||
..
तिमी कसरी दानबसंग सत्यको अपेक्षा गर्छौ,
शक्तिको घुस र सोझाको भाकल तुलना हुदैन ||
..
सरकार त एक छाकमै गरिबी घटाउछु भन्छ,
शहरको पुलाउ र गाउको चामल तुलना हुदैन ||
..
कला-संगीतमा आफ्नै भोगाइको स्वाद हुन्छ,
सौखिको गितार र बा को मादल तुलना हुदैन ||
..
जुवा हारेर रुनेसंग कसरी बिहल हुन सक्छौ,
शुखको साढे र ब्याथाको पागल तुलना हुदैन ||
..
देखावटी सुन्दरताको प्रतिस्पर्धा गराउनेहरु ?
बिदेशी रंग र गोठालीको आचल तुलना हुदैन ||
..
नेताहरु त एउटै मुद्दामा किन अल्झाईदिन्छन,
शक्तिको विभेद र द्वन्दको खाडल तुलना हुदैन ||
बाबुराम सागर
अछाम
Note :
All Copyright of Above gazals reserved with Writer 
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger