Home » » गजल-मंन्दिर कस्तो सुनसान भएछ..(ज्ञानुवाकर पौडेल)

गजल-मंन्दिर कस्तो सुनसान भएछ..(ज्ञानुवाकर पौडेल)

NepaliTalim | 2:25:00 PM | 0 comments
मंन्दिर कस्तो सुनसान भएछ
गायब कहिले भगवान् भएछ
..
बदनाम भए साधु सन्त
चोर फटाहा महान भएछ
..
राम्रो लेख्ने उपेक्षित सधैं
नलेख्नेहरुको यशगान भएछ
..
खेदो गर्यौ सधैं अरुको
कुरुप तिम्रै पहिचान भएछ
..
खडेरी परेछ हेर सद्भावको
शत्रु भित्रु एक समान भएछ
..
नहुँदा खल्ती गहुँगो आफेनो
कति गाह्रो सुरापान भएछ
..
कालोलाई सेतो भन्न जानेरै
जमाना कति साबधान भएछ
..
चलेकै थियो यहाँ गुजारा
विदेश पुगेर दरवान भएछ.
ज्ञानुवाकर पौडेल
साभार,
जिन्दगी छैन अचेल जिन्दगी जस्तो
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger