Home » » सुमन घिमिरे कालेका ३ तिन गजलहरू -23-02-2016

सुमन घिमिरे कालेका ३ तिन गजलहरू -23-02-2016

NepaliTalim | 3:27:00 PM | 0 comments
सुमन काले
१. गजल
आगो बग्नु पर्छ अनि पानी बल्नै पर्छ,
हरचिज समय अनुसार त चल्नै पर्छ।
...
म हुर्कनथाले पछी हजुरबा बितेकाहुन,
नया बन्न त आखिर पुरानो ढल्नै पर्छ।
..
मान्छे फुल हो पत्थर बन्न खोज्छ सधै,
या नियती या त पिरतिले छल्नै पर्छ ।
..
आँशु किन तातो हुन्छ बल्ल बुझेकोछु,
कलेजो पाक्नु पर्छ अनि मुटु जल्नै पर्छ।
..
यस्तो काम गर्न सकुँ मरेर नि बाचिरहुँ,
शरिर त माटो न हो एकदिन गल्नै पर्छ।।
०६/०९/२०७२
सुमन काले

२.गजल
पल्लो घरको झ्यालमा नजर गैरह्यो,
आफुँ जान सकिएन रहर गैरह्यो!!
..
उनि बस्थिन उतापट्टी यतापट्टी म,
जुधेरै आँखा गोधुली प्रहर गैरह्यो !
..
झ्याल तिम्ले खोले'सी बिहान भएथ्यो,
पर्दा खसाल्यौ मनमा पत्थर गैरह्यो।
..
धेरै पटक लेँखे तर उत्तर आएन,
तर पनि प्रेमपत्र अक्सर गैरह्यो!!
..
अझै हरेस खा'छैन विश्वास बाँकी छ,
मेरो निश्चल प्रेमको लहर गैरह्यो !
०६/०२/२०७०
"सुमन काले

३.गजल
उसको याद आउँछ कै'ले काहीं,
एकोहोरो बनाउँछ कै'ले काहीं!!
..
फोटो बोलुंलाझैँ गर्छ हेरिरहँदा ,
अतितले सताउँछ कै'ले काहीं!!
..
बादलमा पनि उस्कै आकृति,
बन्छ अनि हराऊँछ कै'ले काहीं!!
..
सित संग आँशु मिसिएन भने,
जुन पनि रिसाउँछ कै'ले काहीं!!
..
मैले झैं उन्ले नि सम्झिन कि?
आँखा फर्फराऊँछ कै'ले काहीं!!
१३/०२/२०७१
"सुमन काले"

Note :
All copyright Reserved with Writer

Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger