Home » » राजन पोखरेलका ४ चार गजलहरू (4 Ghazals by Rajan Pokhrel) -19-02-2016

राजन पोखरेलका ४ चार गजलहरू (4 Ghazals by Rajan Pokhrel) -19-02-2016

NepaliTalim | 3:49:00 PM | 0 comments
१.गजल
बिहान अनि साझ ढल्दा सम्झी मलाई रुन्छौ अरे
आशुले नै आज भोलि मुहार तिम्रो धुन्छौ अरे।।

बाचेकै छु म नि यहाँ पिएर नै आशुहरु
सुनेको छु मेला जादा एक्लै एक्लै हुन्छौ अरे।।

चखेवा झै जोडी हाम्रो भैइयो वारि पारी
सपनिमा झस्किएर मेरै तस्वीर छुन्छौ अरे।।

साथिहरले सोद्दे भने आफन्तले खोजे भने
आखैभरी आशु बनाई मिठो सपनी बुन्छौ अरे।।

म पनि त दिन रात गनि गनि बसेको छु
मेरै आउने बाटो हेरि फूलकै माला उन्छौ अरे।।
राजन पोखरेल
मोरङ;हरैचा

२.गजल
तिम्लाई साथी बनाएर ब्यर्थै मुटु दुखाएछु
निर्दोशि यी नयनबाट ब्यर्थै आशु सुकाएछु।

आफन्तले प्रश्न गर्दा गाउँ भरी हल्ला चल्दा
सबै सामु बोल्न मैले ब्यर्थै किन चुकाएछु।

न त मेरो गल्ती थियो न त कुनै दोष मेरो
सगरमाथा जस्तो शिर ब्यर्थै किन झुकाएछु।

पिए पछि लाग्छ भन्थे न पिएरै लाग्यो बिष
आफनै शिर काटि मैले ब्यर्थै किन छुपाएछु।

सक्छौ भने कोहि भन गल्ती थियोे मेरो भनी ?
उसको गल्ती आफ्नै सम्झी ब्यर्थै किन लुकाएछु।।
राजन पोखरेल
मोरङ;हरैचा

३.गजल
तिम्रै यादमा अब प्रिये रुन सकिएन
तिम्ले भने जस्तो मान्छे हुन सकिएन।

गगनको शुन्यतामा पनि यात्रा थालेकै थे
तर पनि आकाशको जुनलाई छुन सकिएन।।

उमंगको रंग रोज बसन्तको यात्रा खोज
जूनमा लायेउ कालो दाग धुन सकिएन ।

धेरै लामो यात्रा गर्नु मनहरु न टुक्रियाउनु
टुक्राएको मनलाई दीप बाल्न पुनः सकिएन।।
राजन पोखरेल
मोरङ;हरैचा

४.गजल
हिसाब  गर घाटै घाटा को जिन्दगी यो
यात्रा गर बाटै बाटा को जिन्दगी यो

कसलाई भन्नु  यन्हा एक पछी  अर्को  कथा
सम्झिने गह्रो हुने पाटै पाटाको जिन्दगी यो

यो सहर  देखेर छक्क  लाग्छ मलाई
बुझाउनै लाज लाग्ने लाटेेेेै लाटाको जिन्दगी यो

बयान कसरी गरु ! तेराे मेराे भन्नेहरू हो
भोलि  माटेेेै माटाको हुन्छ यो जिन्दगी यो
राजन पोखरेल
मोरङ;हरैचा

४.गजल
माया अमर हुन्छ भन्दा बसे हजुर दीप बाली
भुल्या छैन धरो धर्म आउँछ याद तिम्रै काली

कसरी म भुल्न सक्छु सम्बन्ध को गहिराई त्यो
हाम्रो मिलन हुन्दा फेरि बजेका थे हजार ताली

सपनामा तिम्रै याद छ बिपनामा तिम्रै झल्को
एक दिन आउछु भेट्न् लगायेर बस्नु लाली

तिम्रै याद मा कहिँ कतै हराउन गा को छैन
चाडै आई कान्छी तिम्लाइ बनाउछु घरकि माली
राजन पोखरेल
मोरङ;हरैचा
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger