Home » » राजन पोखरेलका सात ७ गजलहरू -2016-02-03 (7 Ghazals by Rajan Pokhrel)

राजन पोखरेलका सात ७ गजलहरू -2016-02-03 (7 Ghazals by Rajan Pokhrel)

NepaliTalim | 12:49:00 PM | 0 comments
       राजन पोखरेल 
        हरैचास, मोरङ
१.गजल
सुनेको छु शहरमा एक्लै एक्लै डुल्छौ अरे 
पराईको हात समाई जता ततै फूल्छौ अरे

कस्तो रैछ रहर तिम्रो पुरै गर्न नसकिने
रंगिन छ है दुनियाँ भन्दै नशासगै झुल्छौ अरे

मैले पनि माया पिलाई बाडेका थे खुशिहरु
वसन्त नै न आई तिमी शिशिरमै खुल्छौ अरे

आफ्नैलाई सम्हालेर राखेनछौ मनहरु
छिनमै हास्दै छिनमै तिमी सन्सार नै भुल्छौ अरे।।
राजन पोखरेल 
हरैचास मोरङ

२.गजल
चल्छ जहाँ फूलको शुबास भ्रमराको बाँस हुन्छ
हास्छौ र त जिन्दगीमा जिउने मेरो आश हुन्छ।।

मेरो जीवन भन्नू पनि तिम्रो नै त खुसी हो नि 
मैले बोल्ने हर शब्दमा तिम्रो मिठो सास हुन्छ।।

जहाँ जाउ जता जाउ तिमीबाट टाढा हुन्न
मैले चाल्न्ने हर पाईला नि तिमि बाटेै पास हुन्छ।।

हासी रहु हर मोडमा जीवन भन्नू यस्तै रै छ
हाम्रो मिलन भन्नू यहाँ फूलै फूलको मधु मास हुन्छ।।
राजन पोखरेल 
हरैचास मोरङ

३.गजल
इशारामा प्रभुू भनि,संधै हामी चल्नु हुन्न
हामी मिलि यहि बसौ,अर्कालाई छल्नु हुन्न।।

वीरका हामी सन्तान हौ मिलि बस्छौ सधै यहाँ 
त्यसैले त अब फेरि, मेची काली जल्नु हुन्न ।।

किन झिक्छौ त्यहि कुरा तेरो मेरो भन्ने गर्छौ
भाई भाइ संगै  बस्छौ ,रिस राग मल्नु हुन्न।।

आफै गर्छौ दुस्ख हामी,सङघषँमा रम्ने गर्छौ
एकता मै बसौ हामी,कसै सामु हल्नु हुन्न।।

आफै भन्दा प्यारो मलाई मेरै देशको माया लाग्छ 
मेची (काली उठौ अब,दुश्मन सामु गल्नु हुन्न।।
राजन पोखरेल 
हरैचास मोरङ

४.गजल
जित हुन्छ जताततै,गरे पछि काम हजुर
कहाँ अगि बाढछ देश गरे पछि जाम हजुर।।

अझै पनि कति  गर्छौरुकुरा त्यही छल छामको 
भोकालाई कहिले मिल्छरुदुई छाक माम हजुररु।

मलाई मेरै देशकै माया तिमीलाई आराम छ
बाडदै छौ रे आफन्तलाई देशका सबै दाम हजुर।।

त्यसैले त अब मलाई तिम्रो कुनै आश छैन
आफ्नै घरमा आगो लगाई कहाँ बन्छ सुन्दर  गाम हजुर।।
राजन पोखरेल 
हरैचास मोरङ

५.गजल
जिन्दगीको लामो यात्रा अनायासै मोडे पछि 
कस्ले भन्छ कठैबरा सबै नाता तोडे पछि।।

उनकै गीत मा न्याउली रुन्छे बिरहको गीत बनाई
बचरा नि रोएकाछन माउले गुड छोडे पछि।।

मरुभूमि जस्तै जीवन सपनाको खेती भयो 
न्यानो काँहा हुन्छ सानू१ आफ्नै छानो फोडे  पछि

एक पछि अर्कै मोड छ जहाँ घुम्ती धेरै हुन्छन 
कस्को रम्छ मन यो तेसमैरुअन्तै फूल गोडे पछि।।
राजन पोखरेल 
हरैचास मोरङ

६.गजल
लेखी पठाउ मलाई प्रिये १ सबै तिम्रा हाल हरु
अझै कति बित्छन यतै समय र साल हरु।

दिन त बित्छ जसो तसो सम्झना छ आखै भरी
सम्झना मै रात बित्छन नयन बन्छन ताल हरु।

तिम्रै माया कहिले काहीँ मुटु  भरी ज्वार बन्छन
छचल्किन्दै कयौं  बग्छन बेदना का छाल हरु।

कस्लाइ भनु कस्लाई सुनाउ वेदनाका घाउहरु
सुस्त सस्त  बगेकै छन जिन्दगी का चाल हरु।।
राजन पोखरेल 
हरैचास मोरङ

७.गजल
दुई चार दिन कतै गए,हराएछ न भन्दिनु 
अन्धकारमा दीप बाल्दा, डराएछ न भन्दिनु।

जीवनको यात्रा लामो तिमी बाहेक कोहि छैन
आफ्नै सम्झी गाली गरे,कराएछ न भन्दिनु।

सगालेर राख प्रीत भोलि जीवन फूल्छ फल्छ 
फूलकै गीत गाउदै, हिडदा बर्बराएछ न भन्दिनु।

शिखरको बाटो हिंडछु जूनू कतै भेट्इन्छ कि रुरु
हिडदा खेरी ठेस लागे राजनू लर्बराए छन् भन्दिनु।।
राजन पोखरेल 
हरैचास मोरङ

नोट,
सम्पूर्ण प्रतिलिपि अधिकार लेखकमा निहित रहेको छ । 
धन्यवाद
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger