Home » » उत्तर कुमार साहुका बाह्र १२ मुत्तकहरु (12-Muktaks by Uttar Kumar Sahu)-24-02-2016

उत्तर कुमार साहुका बाह्र १२ मुत्तकहरु (12-Muktaks by Uttar Kumar Sahu)-24-02-2016

NepaliTalim | 9:49:00 AM | 0 comments
उत्तर कुमार साहु 
मुक्तक डायरीका प्रस्तोता उत्तर कुमार साहुका १२ मुत्तकहरु 
१.मुक्तक 
खै तिमीलाई मनाउन सकिदै सकियन
भनौ आफ्नो बनाउन सकिदै सकियन 
कर गरी घरकाले अन्तै बिहे गरीदिय
र तिमीलाई जनाउन सकिदै सकियन
उत्तर कुमार साहु 

२.मुक्तक
जिवन जिउने आधार दिन्छु तिमीलाई
सच्चा निश्चल प्यार दिन्छु तिमीलाई
जस्तो सुकै आई परे पनि परीस्थीती ,
मैले साथ हरबार दिन्छु तिमीलाई 
उत्तर कुमार साहु 

३.मुक्तक
ईमान हरायो यहा जमान हरायो १
र त आज मान–सम्मान हरायो ११
यस्तै भनेर खुब ।।रुन्छ्यौ रे तिमी 
धेरै माया गर्ने त्यो बेईमान हरायो 
उत्तर कुमार साहु 

४.मुक्तक
तिमी बाट म टाढा, बनिदिय भने
अर्कैलाई आफ्नो, गनीदिय भने 
तिमी के भनेर मन बुझाउछेउ 
उसैसंग बिहे गर्छु, भनिदिय भने
उत्तर कुमार साहु 

५.मुक्तक
मेरो बारे सोध्दा गाली गछ्यौ अरे 
आजभोली कुरा पनि जाली गछ्यौ अरे 
केहि समय म टाढा हुदा यस्तो सुने
तिमीले त बिहे यसपाली गछ्यौ अरे
उत्तर कुमार साहु 

६.मुक्तक
मेरो अस्तीत्वमा खोट दियर 
आज मनभरी चोट दियर
गयकि छ उ छोडेर मलाई
सम्झन याद बेजोड दियर
उत्तर कुमार साहु 

७.मुक्तक
म तारा अनि आफुलाई जुन ठान्दी रैछ
म पित्तल आफुलाई नम्बरी सुन ठान्दी रैछ 
त्यसकै निम्ती सबैे त्यागी दिदा मैले 
र आज आयर त्यहि बैगुन ठान्दी रैछ 
उत्तर कुमार साहु 

८.मुक्तक
हाम्रो समस्याको छिटो हल गरम यार 
आउ बसेर धेरै छलछल गरम यार
कतिञ्जेल लुकिछिपी माया लगाउनु
बिहे गर्न घरमा पहल गरम यार
उत्तर कुमार साहु 

९.मुक्तक
बिग्रेको सम्बन्ध ठिक बनाउनु छ ।
टाढीनेलाई फेरी नजिक बनाउनु छ ।
आज यो जिवन सुम्पीयर उसैलाई 
मेरो दिलको मालीक बनाउनु छ ।
उत्तर कुमार साहु 

१०.मुक्तक
भेटिन्छन, हजारौ कठोर दिल भेटिन्छन ।
आँखा मा र त आँसु टिलपिल भेटिन्छ्न
छोडेर गयकी थियौ नि तिमी त्यो बेलामा
हो आज मुटु भित्र तिनै खिल भेटिन्छन
उत्तर कुमार साहु 

११.मुक्तक
आंधी भयौ भने हुरि भयौ भने ।
म अचानो तिमी खुकुरी भयौ भने ।
दया देखाउलान माया देखाउलान,
म नहुदा तिमी टुहुरी भयौ भने ।
उत्तर कुमार साहु 

१२.मुक्तक
मेरो जस्तो तिम्रो मन नभएपछी ।
सम्झिनलाई मिठो वचन नभएपछि ।
अरे तिमी कसरी आफ्नो भन्छौ मलाई 
यदि दुई मुटु एक धड्कन नभएपछी ।
उत्तर कुमार साहु 

Techician At radio rapti salyan
contact 9810803688
Note :
All Copyright Reserved with Writer
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger