Muktak Mala मुक्तक माला -228 (2074-07-12/29-10-2017) : Download

NepaliTalim | 11:39:00 AM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष 
मुक्तक माला 
प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार 
 (2074-07-12/29-10-2017)
Facebook Page 


नमस्कार साथीहरु, 
आज मिति 2074 कार्तिक 12 गते तदनुसार 29-OCt-2017 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download

Download : Click Here to Download

Google Earth 2017 Tutorial in Nepali - How to Use Google Earth Pro 2017 गुगल अर्थ बाट ठाउँमा बसेर पुरै पृथ्बीको स्याटेलाईट इमेज भ्यु कसरी हेर्ने

NepaliTalim | 8:50:00 PM | 0 comments
Google Earth 2017 Tutorial in Nepali - How to Use Google Earth Pro गुगल अर्थ कसरी प्रयोग गर्ने 
गुगल अर्थ गुगलको एक उपयोगी सफ्टवेर जसबाट पृथ्वीको जुनसुकै कुनाबाट अनलाईन मार्फट स्याटेलाईट तस्विरहरु जुनसुकै ठाउँको पनि हेर्न सकिन्छ । यो कप्युटर र मोबाइल अ्यापमा पनि उपलब्ध छन् । सुरुमा यो सफ्टवेर कम्पयुटरमा इन्टल गरेर इन्टरनेटको भएको बेला आफुलाई हेर्न मनलागेको स्थान सर्च मा टाइप गरेर त्यो स्थानको हालसम्मको अवस्थाको गुगलले स्याटेलाइतको सहायताले लिएको तस्विर हेर्न सकिन्छ । 

Google Earth is a computer program that renders a 3D representation of Earth based on satellite imagery. The program maps the Earth by the superimposition of images obtained from satellite imagery, aerial photography, and GIS data onto a 3D globe, allowing users to see cities and landscapes from various angles. Users can explore the globe by entering addresses and coordinates, or by using a keyboard or mouse. The program can also be downloaded on a smartphone or tablet, using a touch screen or stylus to navigate. Users may use the program to add their own data using Keyhole Markup Language and upload them through various sources, such as forums or blogs. Google Earth is able to show various kinds of images overlaid on the surface of the earth and is also a Web Map Service client.
Source : https://en.wikipedia.org/wiki/Google_Earth

Download Google Earth

Watch Tutorial on YouTube

Full Story-Arkako Logne by Anamika Sajal अनामिका सजलको कथा अर्काको लोग्नेको बाचन

NepaliTalim | 10:26:00 AM | 0 comments











अनामिका सजलको कथा अर्काको लोग्नेको बाचन 
कथाकार -अनामिका सजल
कथा -अर्काको लोग्ने 
बाचन -चिसापानी नेपाल युट्युब च्यानल

Writer Blog : www.sajalanamika.blogspot.com
Full Story-Arkako Logne by Anamika Sajal 
Writer -Anamika Sajal
Story -Arkako Logne
Narrator -Chisapani Nepal YouTube Channel 
Listen Full Story 


Thank you 

Muktak Mala मुक्तक माला -227 (2074-07-05/22-10-2017) : Download

NepaliTalim | 10:21:00 AM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष 
मुक्तक माला 
प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार 
(2074-07-05/22-10-2017)
Facebook Page 


नमस्कार साथीहरु, 
आज मिति 2074 कार्तिक 05 गते तदनुसार 22-Oct-2017आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download

Download : Click Here to Download

अजित क्षेत्रीको कविता -चिठ्ठी (Poem -Chiththi by Poet Ajit Chhetri) - 26-10-2017

NepaliTalim | 10:21:00 AM | 0 comments


कविता - चिठ्ठी
-क्षेत्री अजित
------------
प्रिय,
कुनैदिन म गएछु भने
तिमीबाट टाढा भएछु भने
लेखिदिनु एउटा बिरही गीत,
खसी जाने शितको सम्झनामा
पैयुँको बोटमा जुनकीरिले गाए जस्तो

बिरहको कुनै अँध्यारो रातमा
तिमीलाई सम्झि रुँदै रुँदै
म गाउनेछु ।

म खसेछु भने
मिर्मिरेमा तारा खसेजस्तो,
म बगेछु भने
सागरमा पुतली बगेजस्तो,
चढाई दिनु दुई थुँगा फूल,
लाहुर हिँडेको सिपाहीले
फेरी भेट्ने बाचा गर्दै
पियारीको सम्झनामा
सिमलको फेँदमा
पाती चढाए जस्तो

तिमीले बिर्स्यौ भने पनि 
त्यै बाटो ओहोर दोहोर गर्दा
म झस्काउन आउनेछु
तिमीले डराए पनि
म तर्साइ रहनेछु ।

प्रिय, लेखिदिनु एउटा गीत
कुनै चिसो बिहान
तिम्रो सम्झनाले 
बेस्सरी मुटु पोल्दा
म गाइरहनेछु ।

आमालाई पछ्याउँदै रुँदै रुँदै
बजार पुगेको बालक
कतै बजारको भिडमै हराए जस्तो,
गुँडमा बचेरा छाडी
आहार खोज्न निस्केको हाँस
कतै सिकारीको जालमा परे जस्तो
समयको जन्जिरमा म परेछु भनें,
बर्षौंदेखी हुलाकको बाकसमा थन्केको
गुमनाम चिठ्ठी जस्तो,
म यतै मरूभूमीमा बेकसुर मरेछु भने

हाली दिनु ईश्वरको अदालतमा
एउटा मुद्दा
ईश्वरकै बिरुद्धमा

म ईश्वरकै अगाडी उभिएर
ईश्वर मरेको घोषणा गर्नेछु
र,
त्यसैदिन देखि च्यातेर
ईश्वरको तस्बिर 
मेरो तस्विरमा तिमी
फुल अक्षता चढाउने छ्यौ

त्यै तस्बिरको म,
तिमी मस्त निदाएको देखेर
मुस्कुराउने छु ।

प्रिय, लेखिदिनु एउटा गीत
बिरहको कुनै अँध्यारो रातमा
तिमीलाई सम्झि रुँदै रुँदै
म गाउने छु ।

अजित क्षेत्री
-युएई

Note : Copyright of Above Poem is reserved with Poet

एच.एल.गौतमको गजल -सादा जीवन फिल्मी भए म,नी तिम्रै हुन्थे होला

NepaliTalim | 10:17:00 AM | 0 comments
सादा जीवन फिल्मी भए म,नी तिम्रै हुन्थे होला !!
हाम्रो जोडी छुटाउने लाई नमज्जाले धुन्थे होला !!

सानो संसार सजाउनलाई तिम्रो  अनी भनी मेरो "
साचों भन्छु तिम्रै लागी  सारा खु:शी चुन्थे होला !!

वशन्तको स्पर्श साथै ह्रदय भीत्र छरीएर "
अजम्बरी पिरतिको डोरी वाटी् वुन्थे होला !!

आकाशमा उड्थे होला,पातालमा डुल्थे होला"
सोंचे जती पुग्ने भय भर्खर सगरमाथा छुन्थे होला !!

[[२ सादा जीवन भील्मी भय म,नी.तिम्रै हुन्थे होला-"
हाम्रो जोडी छुटाउने लाई नमज्जाले धुन्थे होला २]]

   सर्जक- एच.एल.गौतम
    (अर्घाखाची) मा.गा.
खनदह3! हाल- भारत।।
Sent from my Samsung device.

कार्यक्रम स्पर्शमा कथाकार बिबेक आचार्यको कथा "तिमी मेरो प्रेम गुरु" (Story Timi Mero Prem Guru by Bibek Acharya) : Listen and Download Audio

NepaliTalim | 12:28:00 PM | 0 comments
Radio Program Sparsha 
Narrator : Parbat Sparsha  
Time : Every Thrusday 10.15pm
Email : pc.sparsha@gmail.com
Full Story -Timi Mero Love Guru
Writer - Bibek Acharya

साहित्यिक गद्यहरुको श्रब्य बाचन श्रृंखला
समय -  हरेक बिहिबार १०.१५ बजे राति
कथा - तिमी मेरो प्रेम गुरु 
कथाकार - बिबेक आचार्य

नमस्कार साथीहरू,
अाज मिति २०७४ असोज महिनाको १२ गते तदनुसार 28th September 2017 बिहिबार, रेडियो भिजन ९१.६ मेगाहर्जमा नेपाली उत्कृष्ट कथा, उपन्यास लगायतका गद्य साहित्यको श्रव्य प्रस्तुति साहित्यिक गद्यहरुको श्रब्य बाचन कार्यक्रम स्पर्श लिएर प्रस्ताेता तथा बाचक पर्बत स्पर्श उपस्थित हुनुभएको छ । याे कार्यक्रम हरेक हप्ताकाे बिहिबार बेलुकी १०.१५ देखी रडियो  भिजनमा प्रशारण हुन्छ । 

आज को अंकमा मा हामी साहित्यकार बिबेक आचार्यको कथा "तिमी मेरो लव गुरु" वाचन लिएर आउदैँ छौँ कृपया सुन्न नभुल्नु होला । तपाईंको मन मस्तिष्कलाई स्पर्श गर्दै हरेक बिहीवार १० बजेको भिजन न्युज अपडेट पछाडी रेडियो भिजन ९१.६ MHZ अनि www.radiovision.com.np मा पनि संसारभर एकै साथ कार्यक्रम "स्पर्श" सम्बन्धी कुनैपनि सुझाव, सल्लाह, प्रतिकि्रया वा गुनासो भएमा कार्यक्रम "स्पर्श" को ईमेल pc.sparsha@gmail.com मा पठाइदिनुहुन समस्त श्रोतावर्गमा मेरो हार्दिक अनुरोध छ । 
Listen and Download

Download : Click Here to Download

Subscribe Nepali Talim YouTube Channel : Click Here
Subscribe Chisapani Nepali YouTube Channel : Click Here 





How to Find Best Keywords Using Google Keyword Planner and Increase Your Website and Video Views and Earning (Complete Tutorial of Google Keyword Planner Tool in Nepali)-SEO Training

NepaliTalim | 12:46:00 PM | 0 comments

Google Keyword Planner (SEO) -How to Find Best Keywords using Google Keyword Planner in Nepali

SEO Training in Nepali

How to Find Best Keywords using Google Keyword Planner (Complete Tutorial of Google Keyword Planner Tool), How to increase youtube earning choosing correct keywords using keyword planner

गुगल किवर्ड प्लानरको प्रयोग बाट कसरी सबै भन्दा राम्रो धेरै सर्च हुने र धेरै विज्ञापन आउने किवर्डहरु पत्ता लगाउने र प्रयोग गरेर आफ्नो भिडियो मा धेरै भ्युज प्राप्त गर्ने आजको यस भिडियो बाट सिक्नेछौं। आज हामी गुगल किवर्ड प्लानर कसरी प्रयोग गर्ने र यसबाट प्राप्त किवर्ड लाई कसरी एक्सेल प्रयोग गरेर उत्तम किवर्ड छान्छौ पूरा तालिम आजको भिडियोमा रहनेछ ।

गुगल किवर्ड प्लानर बाट कसरी सबै भन्दा राम्रो धेरै सर्च हुने र धेरै विज्ञापन आउने किवर्डहरु पत्ता लगाउने र प्रयोग गरेर आफ्नो भिडियो मा धेरै भ्युज प्राप्त गर्ने सिक्नुहोस 

Training Video (Subscribe YouTube Chanel 






Thank you 

गजल- यो मुटु भित्र सायद शंकाको सहर हुन्छ (राम शरण श्रेष्ठ)

NepaliTalim | 10:12:00 AM | 0 comments
पाउनेहरु लाई सधैं गुमाउने डर हुन्छ
यो मुटु भित्र सायद शंकाको सहर हुन्छ
..
किन होला पल्लो घरकी एउटी केटीको
सधैं सधैं मेरै तर्फ छड्के नजर हुन्छ
..
मेरो चासो लिई हिड्ने मेरो प्यारो सत्रु
तिमी लाई पक्कै मेरो जितको खबर हुन्छ
..
छोडी जानेले बर्सौ अघि छोडेर गएपनी
कहिँ न कहिँ मुटुमा चोटको असर हुन्छ
..
मैले लाख कोशिस गरेँ आफ्नो बनाउन
हुँदैन हुँदैन उस्को सधैं यहि उत्तर हुन्छ
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप
18th Oct 2015

कवि अजित क्षेत्रीको कविता -प्रेम-एक अन्तहीन यात्रा (Poem by Ajit Chhetri -Prem Ek Antahin Yatra) -13-10-2017

NepaliTalim | 3:58:00 PM | 0 comments
प्रेम-एक अन्तहीन यात्रा
कबिता/क्षेत्री अजित

महिना दिनको
माइत बसाईं पछि
भेट्ने तिब्र चाहनामा
ऊ आई हुईकिँदै
दौडिँदै
एक सासमा बेगले
आँगन, र
आँगन हुँदै पिँडी
अनि भुइँतलाको
त्यो सानो कोठा
जहाँ म आतुर थिएँ
ऊ अर्थात्
मेरी पत्नीसँग आलिंगनको,
एउटा न्यानो अंगालोको
भुमरीमा
आफूलाई बिसर्जन गर्न ।

उ आई
चिसो प्रेमिल बतास आयो
सागरको लहर आयो
संघारमै
र त्यसमै म बगेँ
उसले हात दिई
समाई
काखमा राखी
उसैगरी
जसरी
काखमा राख्नु हुन्थ्यो
मलाई मेरी आमा

उ झुकी
बादल जस्तो घना कपाल
मेरो छातीमा बिसाई
ईनार जस्ता गहिरा आँखा
मेरो आँखामा जुधाई
म चितुवाको पञ्जामा परेको
मृग सरी आत्मसमर्पण गरें
लाग्दैथ्यो
उसले सिकार गरिसकि
र, अब खान्छे पनि
काँचै मलाई ।

सागरमा पानी बढ्दै थियो
लहर उठ्दै थियो
तुफान आउनु अगाडीको
समुन्द्री किनार जस्तो
हलचल र कम्पन थियो
ब्यग्र प्रतिक्षा थियो
उग्र चाहना थियो
मिठो मिलन थियो
उ ममा र म उमा
कैद थियौ बेकसुर
प्रेमको अन्तहीन जेलमा

छोरा टिभी हेर्दै थियो
हामी एक अर्कालाई बेर्दै थियौं,

लाग्दैथ्यो-
यो समयको सुई यहिँ रोकिदिऊँ
अनि बिताउँ एक युग
यही अवस्थामा
यही हालतमा ।

आँखा बन्द थिए
तर हामी यात्रामा थियौं
बिना पाइला
बिना बाटो
प्रेमको एक सुदुर यात्रामा ।

हामी सिमानामा थियौं
दुई ज्यानको
दुई मनको ।
तर निसंकोच उ हस्तक्षेप गर्दै थि
मेरो सिमाना माथी
मेरो अस्तित्व माथी
म खुसी र आन्दले लुटिँदै थिएँ
मिचिँदै थिएँ
सोंच्न सकिन-यो कस्तो खेल हो
न हार हुने न जीत ?

अनायसै उसले सोधी-
प्रिय तिमी कसलाई सबैभन्दा
बढ्दा प्रेम गर्छौ ?
मैले निशंकोच जवाफ दिएँ-आमा

प्रेमको यो महासागरमा
डब्नै लाग्दा पनि मैले
आमालाई भुल्न सकिन
मेरो पहिलो प्यार त्यो ।

हो म आमालाई
संसारमै सबैभन्दा बढि मायाँ गर्छु
प्रिय,तिमीमा पनि त म
आमाको एक अंश भेटाउँछु

अचानक छोरो आईपुग्छ
आफ्नी आमाको काखमा
र,लुटपुटिन्छ उसैगरी
जसरी लुटपुटिन्थेँ म
काखमा मेरी आमाको ।

प्रिय, तिमी
मेरो छोराको पहिलो प्रेम हौ
र,मेरो अन्तिम प्रेम
एक अन्तहीन प्रेमको जननी तिमी ।।

- युएई

Note :
Copyright of Above Poem reserved with Poet 

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger