एच.एल.गौतमको गजल -सादा जीवन फिल्मी भए म,नी तिम्रै हुन्थे होला

NepaliTalim | 10:17:00 AM | 0 comments
सादा जीवन फिल्मी भए म,नी तिम्रै हुन्थे होला !!
हाम्रो जोडी छुटाउने लाई नमज्जाले धुन्थे होला !!

सानो संसार सजाउनलाई तिम्रो  अनी भनी मेरो "
साचों भन्छु तिम्रै लागी  सारा खु:शी चुन्थे होला !!

वशन्तको स्पर्श साथै ह्रदय भीत्र छरीएर "
अजम्बरी पिरतिको डोरी वाटी् वुन्थे होला !!

आकाशमा उड्थे होला,पातालमा डुल्थे होला"
सोंचे जती पुग्ने भय भर्खर सगरमाथा छुन्थे होला !!

[[२ सादा जीवन भील्मी भय म,नी.तिम्रै हुन्थे होला-"
हाम्रो जोडी छुटाउने लाई नमज्जाले धुन्थे होला २]]

   सर्जक- एच.एल.गौतम
    (अर्घाखाची) मा.गा.
खनदह3! हाल- भारत।।
Sent from my Samsung device.

कार्यक्रम स्पर्शमा कथाकार बिबेक आचार्यको कथा "तिमी मेरो प्रेम गुरु" (Story Timi Mero Prem Guru by Bibek Acharya) : Listen and Download Audio

NepaliTalim | 12:28:00 PM | 0 comments
Radio Program Sparsha 
Narrator : Parbat Sparsha  
Time : Every Thrusday 10.15pm
Email : pc.sparsha@gmail.com
Full Story -Timi Mero Love Guru
Writer - Bibek Acharya

साहित्यिक गद्यहरुको श्रब्य बाचन श्रृंखला
समय -  हरेक बिहिबार १०.१५ बजे राति
कथा - तिमी मेरो प्रेम गुरु 
कथाकार - बिबेक आचार्य

नमस्कार साथीहरू,
अाज मिति २०७४ असोज महिनाको १२ गते तदनुसार 28th September 2017 बिहिबार, रेडियो भिजन ९१.६ मेगाहर्जमा नेपाली उत्कृष्ट कथा, उपन्यास लगायतका गद्य साहित्यको श्रव्य प्रस्तुति साहित्यिक गद्यहरुको श्रब्य बाचन कार्यक्रम स्पर्श लिएर प्रस्ताेता तथा बाचक पर्बत स्पर्श उपस्थित हुनुभएको छ । याे कार्यक्रम हरेक हप्ताकाे बिहिबार बेलुकी १०.१५ देखी रडियो  भिजनमा प्रशारण हुन्छ । 

आज को अंकमा मा हामी साहित्यकार बिबेक आचार्यको कथा "तिमी मेरो लव गुरु" वाचन लिएर आउदैँ छौँ कृपया सुन्न नभुल्नु होला । तपाईंको मन मस्तिष्कलाई स्पर्श गर्दै हरेक बिहीवार १० बजेको भिजन न्युज अपडेट पछाडी रेडियो भिजन ९१.६ MHZ अनि www.radiovision.com.np मा पनि संसारभर एकै साथ कार्यक्रम "स्पर्श" सम्बन्धी कुनैपनि सुझाव, सल्लाह, प्रतिकि्रया वा गुनासो भएमा कार्यक्रम "स्पर्श" को ईमेल pc.sparsha@gmail.com मा पठाइदिनुहुन समस्त श्रोतावर्गमा मेरो हार्दिक अनुरोध छ । 
Listen and Download

Download : Click Here to Download

Subscribe Nepali Talim YouTube Channel : Click Here
Subscribe Chisapani Nepali YouTube Channel : Click Here 





How to Find Best Keywords Using Google Keyword Planner and Increase Your Website and Video Views and Earning (Complete Tutorial of Google Keyword Planner Tool in Nepali)-SEO Training

NepaliTalim | 12:46:00 PM | 0 comments

Google Keyword Planner (SEO) -How to Find Best Keywords using Google Keyword Planner in Nepali

SEO Training in Nepali

How to Find Best Keywords using Google Keyword Planner (Complete Tutorial of Google Keyword Planner Tool), How to increase youtube earning choosing correct keywords using keyword planner

गुगल किवर्ड प्लानरको प्रयोग बाट कसरी सबै भन्दा राम्रो धेरै सर्च हुने र धेरै विज्ञापन आउने किवर्डहरु पत्ता लगाउने र प्रयोग गरेर आफ्नो भिडियो मा धेरै भ्युज प्राप्त गर्ने आजको यस भिडियो बाट सिक्नेछौं। आज हामी गुगल किवर्ड प्लानर कसरी प्रयोग गर्ने र यसबाट प्राप्त किवर्ड लाई कसरी एक्सेल प्रयोग गरेर उत्तम किवर्ड छान्छौ पूरा तालिम आजको भिडियोमा रहनेछ ।

गुगल किवर्ड प्लानर बाट कसरी सबै भन्दा राम्रो धेरै सर्च हुने र धेरै विज्ञापन आउने किवर्डहरु पत्ता लगाउने र प्रयोग गरेर आफ्नो भिडियो मा धेरै भ्युज प्राप्त गर्ने सिक्नुहोस 

Training Video (Subscribe YouTube Chanel 






Thank you 

गजल- यो मुटु भित्र सायद शंकाको सहर हुन्छ (राम शरण श्रेष्ठ)

NepaliTalim | 10:12:00 AM | 0 comments
पाउनेहरु लाई सधैं गुमाउने डर हुन्छ
यो मुटु भित्र सायद शंकाको सहर हुन्छ
..
किन होला पल्लो घरकी एउटी केटीको
सधैं सधैं मेरै तर्फ छड्के नजर हुन्छ
..
मेरो चासो लिई हिड्ने मेरो प्यारो सत्रु
तिमी लाई पक्कै मेरो जितको खबर हुन्छ
..
छोडी जानेले बर्सौ अघि छोडेर गएपनी
कहिँ न कहिँ मुटुमा चोटको असर हुन्छ
..
मैले लाख कोशिस गरेँ आफ्नो बनाउन
हुँदैन हुँदैन उस्को सधैं यहि उत्तर हुन्छ
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप
18th Oct 2015

कवि अजित क्षेत्रीको कविता -प्रेम-एक अन्तहीन यात्रा (Poem by Ajit Chhetri -Prem Ek Antahin Yatra) -13-10-2017

NepaliTalim | 3:58:00 PM | 0 comments
प्रेम-एक अन्तहीन यात्रा
कबिता/क्षेत्री अजित

महिना दिनको
माइत बसाईं पछि
भेट्ने तिब्र चाहनामा
ऊ आई हुईकिँदै
दौडिँदै
एक सासमा बेगले
आँगन, र
आँगन हुँदै पिँडी
अनि भुइँतलाको
त्यो सानो कोठा
जहाँ म आतुर थिएँ
ऊ अर्थात्
मेरी पत्नीसँग आलिंगनको,
एउटा न्यानो अंगालोको
भुमरीमा
आफूलाई बिसर्जन गर्न ।

उ आई
चिसो प्रेमिल बतास आयो
सागरको लहर आयो
संघारमै
र त्यसमै म बगेँ
उसले हात दिई
समाई
काखमा राखी
उसैगरी
जसरी
काखमा राख्नु हुन्थ्यो
मलाई मेरी आमा

उ झुकी
बादल जस्तो घना कपाल
मेरो छातीमा बिसाई
ईनार जस्ता गहिरा आँखा
मेरो आँखामा जुधाई
म चितुवाको पञ्जामा परेको
मृग सरी आत्मसमर्पण गरें
लाग्दैथ्यो
उसले सिकार गरिसकि
र, अब खान्छे पनि
काँचै मलाई ।

सागरमा पानी बढ्दै थियो
लहर उठ्दै थियो
तुफान आउनु अगाडीको
समुन्द्री किनार जस्तो
हलचल र कम्पन थियो
ब्यग्र प्रतिक्षा थियो
उग्र चाहना थियो
मिठो मिलन थियो
उ ममा र म उमा
कैद थियौ बेकसुर
प्रेमको अन्तहीन जेलमा

छोरा टिभी हेर्दै थियो
हामी एक अर्कालाई बेर्दै थियौं,

लाग्दैथ्यो-
यो समयको सुई यहिँ रोकिदिऊँ
अनि बिताउँ एक युग
यही अवस्थामा
यही हालतमा ।

आँखा बन्द थिए
तर हामी यात्रामा थियौं
बिना पाइला
बिना बाटो
प्रेमको एक सुदुर यात्रामा ।

हामी सिमानामा थियौं
दुई ज्यानको
दुई मनको ।
तर निसंकोच उ हस्तक्षेप गर्दै थि
मेरो सिमाना माथी
मेरो अस्तित्व माथी
म खुसी र आन्दले लुटिँदै थिएँ
मिचिँदै थिएँ
सोंच्न सकिन-यो कस्तो खेल हो
न हार हुने न जीत ?

अनायसै उसले सोधी-
प्रिय तिमी कसलाई सबैभन्दा
बढ्दा प्रेम गर्छौ ?
मैले निशंकोच जवाफ दिएँ-आमा

प्रेमको यो महासागरमा
डब्नै लाग्दा पनि मैले
आमालाई भुल्न सकिन
मेरो पहिलो प्यार त्यो ।

हो म आमालाई
संसारमै सबैभन्दा बढि मायाँ गर्छु
प्रिय,तिमीमा पनि त म
आमाको एक अंश भेटाउँछु

अचानक छोरो आईपुग्छ
आफ्नी आमाको काखमा
र,लुटपुटिन्छ उसैगरी
जसरी लुटपुटिन्थेँ म
काखमा मेरी आमाको ।

प्रिय, तिमी
मेरो छोराको पहिलो प्रेम हौ
र,मेरो अन्तिम प्रेम
एक अन्तहीन प्रेमको जननी तिमी ।।

- युएई

Note :
Copyright of Above Poem reserved with Poet 

कवि अजित क्षेत्रीकाे कविता बुख्याँचाहरू (Poem Bukhyachaharu by Ajit Chhetri) - 11-10-2017

NepaliTalim | 11:07:00 AM | 0 comments
कविता - बुख्याँचाहरू
क्षेत्री अजित 
....
धेरै पहिले
हातमा मसाल र लाठी लिएर
अनिदो पहाडमा जम्मा भए
एक हुल बुख्याँचाहरू
र,त्यो बुढो घरमा हमला गरे
आगो लगाए
नारा लगाए
जिन्दाबाद
मुर्दाबाद
भिड जम्मा भयो
भिडमै मिसिएँ म पनि ।

बुख्याँचाहरू भन्दै थिए-
यो पुरानो सामन्ती महलमा
सेता माकुराले जालो लगाएको छ
यहि जीर्ण महलमा लुकेर
दुष्ट सेतो माकुराले
गाउँलेलाई सताएको छ
बाटो छेकेको छ
बाली बिगारेको छ
गाउँलेलाई डसेको छ

गाउँलेले आगो लगाए
सेता माकुराको जालोमा,
घर जल्यो- माकुरा जले
जीर्ण घर ढल्यो
सेता माकुराको साम्राज्य पनि ढल्यो ।

भिड रमायो
म पनि रमाएँ
गाउँलेले भने मुक्त भयौं
हामीले जित्यौं ।

समय बित्यो
गाउँबाट बुख्याँचा गायव भए
थाहा भयो
बुख्याँचाहरूले जलेको महलको
खण्डहरमा नयाँ महल बनाए
र, आँफूलाई सर्वश्रेष्ठ प्राणी
घोषित गरे ।

महलको सम्पन्नताले अहिले
बुख्याँचा मातेका छन्
एक आपसमै लडेका छन्
गिरेका छन्
गिराएका छन्
मरेका छन् मारेका छन्  ।

गाउँमा नयाँ आतँकको
जन्म भएको छ
सेतो माकुरो होइन
काला बुख्याँचाहरू
सेतो बर्को ओढेर
गाउँलेहरुलाई सताएका छन्
उसैगरी
जसरी हिँजो सेता माकुराले
गाउँलेलाई सताएका थिए ।

क्षेत्री अजित 
स्याङ्जा
हाल:युएई

Note :
Copyright of Above Poem reserved with Poet 

Muktak Mala मुक्तक माला -226 (2074-06-22/08-10-2017) : Download

NepaliTalim | 9:26:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष 
मुक्तक माला 
प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार 
(2074-06-22/08-10-2017)
Facebook Page 


नमस्कार साथीहरु, 
आज मिति 2074 असोज 22 गते तदनुसार 08-Oct-2017आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download

Download : Click Here to Download

Thank you 

Muktak Mala मुक्तक माला -225 (2074-06-15/01-10-2017) दशैं बिशेष : Download

NepaliTalim | 9:19:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष 
मुक्तक माला 
प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार 
(2074-06-15/01-10-2017) 
Facebook Page 


नमस्कार साथीहरु, 
आज मिति 2074 असोज 15 गते तदनुसार 01-Oct-2017आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download

Download : Click Here to Download

Muktak Mala मुक्तक माला -224 (24-09-2017/2074-06-08) : Download

NepaliTalim | 10:51:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष 
मुक्तक माला 
प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार 
(24-09-2017/2074-06-08)
Facebook Page 


नमस्कार साथीहरु, 
आज मिति 2074 असोज 08 गते तदनुसार 24-09-2017आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download

Download : Click Here to Download

Thanks

श्रुति शंबेगबाट अमर न्यौपानेको प्रसिद्ध उपन्यास 'सेतो धरती' (Audio Novel Seto Dharati by Amar Neupane from Shrutisambeg) : Download

NepaliTalim | 9:13:00 PM | 9comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति :  'सेतो धरती'
लेखक : अमर न्यौपाने
विधा : उपन्यास
रेडियो :उज्यालो ९० मेगाहर्ज


नमस्कार,

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ६५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति 2071 भाद्र १३ गते तदनुसार 29th August 2014 शुक्रबारका दिन उज्यालो ९० मेगाहर्जको प्रसिद्ध कार्यक्रम श्रुतिशंबगेमा २०६८ सालमा मदन पुरस्कार प्राप्त गर्न सफल कृति सोते धरती लिएर कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित हुनुभएको छ । 

नेपालमा सबैभन्द्रा प्रतिष्ठत साहित्यमा नोबेल पुरस्कार बराबर मानिने मदन पुरस्कार वि.सं. २०६८ मा अमर न्यौपानेको प्रसिद्ध उपन्यास सेतो धरतीलाई प्रदान गरिएको थियो ।  न्यौपानेले सात वर्षमा बिहे भएकी ताराको केही समयमा नै पतिको मृत्यु भएपछि उनले वृद्धवस्थासम्म भोग्नुपरेको जीवनको विभिन्न पाटा र उमेरलाई उनले बडो जीवन्त रुपमा उतारेका छन् । वि.सं. १९९० सालमा जन्मेकी ताराको विधवा जीवनले भोगेको कष्ट र पीडालाई एकपछि अर्को गर्दै उमेरसँगै जोडेर चित्रण गरेका छन् । तारासितै कैयन बाल विधुवाहरुको पनि मुटु हल्लिने कथा उपन्यासले समेटेको छ ।
(The Novel Seto Dharati written by Amar Neupane was Awarded by Madan Puraskar in 2068BS)
Listen and Download Seto Dharati (Right Click and Save to Download)
Episode 1 : (29-08-2014/2071-05-13)

Download : Click Here to Download Episode 1
Episode 2 : (05-09-2014/2071-05-20)

Download : Click Here to Download Episode 2
Episode 3 : (12-09-2014/2071-05-27)

Download : Click Here to Download Episode 3
Episode 4 : (19-09-2014/2071-06-03)

Download : Click Here to Download Episode 4
Episode 5 : (26-09-2014/2071-06-10)

Download: Click Here to Download Episode 5
Episode 6 : (03-10-2014/2071-06-17)

Download : Click Here to Download Episode 6
Episode 7 : (10-10-2014/2071-06-24)

Download : Click Here to Download Episode 7
Episode 8 : (17-10-2014/2071-06-31)

Download : Click Here to Download Episode 8
Episode 9 : (27-10-2014/2071-07-07)

Download : Click Here to Download Episode 9
Episode 10 : (31-10-2014/2071-07-14)

Download : Click Here to Download Episode 10
Episode 11 : (07-11-2014/2071-07-21)

Download : Click Here to Download Episode 11
Episode 12 : (14-11-2014/2071-07-28)

Download : Click Here to Download Episode 12
Episode 13 : (21-11-2014/2071-08-05)

Download : Click Here to Download Episode 13
Episode 14 : (28-11-2014/2071-08-12)

Download : Click Here to Download Episode 14
Episode 15 : (12-12-2014/2071-08-26)

Download : Click Here to Download Episode 15 
सोह्रौ श्रृंखला बाचन गर्दा सुरुमा १५ औ श्रृंखला भनिएपनि यो श्रृंखला १६ हो ।
Episode 16 : (16-12-2014/2071-09-01) (Repeated in 19-12-2014)

Download : Click Here to Download Episode 16
Episode 17 : (26-12-2014/2071-09-11)

Download : Click Here to Download Episode 17
Episode 18 : (02-01-2015/2071-09-18)

Download : Click Here to Download Episode 18
गत १९ श्रृंखला देखि बाचन गरिँदै आएको अमर न्यौपानेको अति चर्चित र मन पराईएको उपन्यास सेतो धरतिको आज अन्तिम श्रृंखला बचन हुनेछ ।
Episode 19 : (09-01-2015/2071-09-25)-Last Part

Download : Click Here to Download Episode 19-Last
सेतो धरती उपन्यास बाचन सकिएपछि उपन्यासका लेखक अमर न्यौपाने श्रुतिशंवेगमा अतितिको रुपमा कार्यक्रममा आउनु भएको छ अन्तवार्ता विशेषमा
Episode 20 : (16-01-2014/2071-10-02)-Interview with Amar Neupane

Download : Click Here to Download

FULL NOVEL LISTEN AT YOUTUBE
PART 1-10

PART 11-20


Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger