Muktak Mala मुक्तक माला -182 (13-11-2016/2073-07-28) : Download

NepaliTalim | 11:19:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार 
 (13-11-2016/2073-07-28)
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2073 कार्तिक 28 गते तदनुसार 13-Nov-2016 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download

Download : Click Here to Download

श्रृंखला 231 : वहकिने मन Bahakine Man (21-11-2016/2073-06-07): Download

NepaliTalim | 12:43:00 AM | 0 comments

Thaha Sanchar Network Presents 
बहकिने मन BAHAKINE MAN -231

DATE  21-11-2016/2073-06-07)
Time : 9.15pm Every Monday         
Presenter :  Mahabir Bishwakarma         
Facebook : Bahakine Man 
http://thahasanchar.com/

नमस्कार,

आज मिति 2073 मंसिर 06 तदनुसार 121-Nov-2016 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 231 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)
                            Download : Click Here to Download
Listen on YuouTube

गजल-समयका धारहरु बडो क्रुर हुन्छन् -राम शरण श्रेष्ठ (Ghazal by Ram Sharan Shrestha) -18-11-2016

NepaliTalim | 3:46:00 PM | 0 comments

समयका धारहरु बडो क्रुर हुन्छन् त्यहि रेटिन्छन् जो बेकसुर हुन्छन् .. दुःखीहरु लाई झन् दुःखनै थपिदिने भगवान पनि साह्रै निष्ठुर हुन्छन् .. पैसाको भोक मेटाउनको लागि मान्छे किन यति आँतुर हुन्छन् .. बिज्ञानले जतिनै प्रगती गरेपनी मृत्युको अगाडी सबै मजबुर हुन्छन् राम शरण श्रेष्ठ चिसापानी ६, रामेछाप ।
16-07-2015

श्रृंखला 230 : वहकिने मन Bahakine Man (14-11-2016/2073-07-29) : Download

NepaliTalim | 1:06:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN -230
Thaha Sanchar Network Presents 

DATE  (14-11-2016/2073-07-29)
Time : 9.15pm Every Monday         
Presenter :  Mahabir Bishwakarma         
Facebook : Bahakine Man 
http://thahasanchar.com/

नमस्कार,

आज मिति 2073 कार्तिक 29 तदनुसार 14-Nov-2016 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 230 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download: Click Here to Download
Listen on YouTube

अब तिमी लाई नै सम्झिएर रुनु छैन मलाई - दुर्गा मगर (Ghazal by Durga Magar) : 14-11-2016

NepaliTalim | 3:10:00 PM | 0 comments
अब तिमी लाई नै सम्झिएर रुनु छैन मलाई
हारी सके मैले जित तिम्रै भो सधै सधै लाई

उसै सङ्ग सधै भरी खुशी भएर बाच्नु तिमी
अरु त केही दिन सकेन दिन्छु केबल बधाई

म भित्र भित्रै खरानी भएर जलि रहेको छु
मलाई जलाउन तिमीले कोर्नु पर्दैन सलाई

सक्यौ भने मेरो लासमा फुलहरु चढाउनु
त्यो मलामी बनेर जानू तिमी मलाई जलाइ

तिम्रा यादहरु लाई सम्झिएर रुनु छैन मलाई
हारी सके मैले जित तिम्रै भो सधै सधै लाई
नाम दुर्गा मगर
ठेगाना धनबाङ १ सल्यान 

सुन्नेलार्इ सुनको मालाबाट उपन्यासकार धच गोतामेको उपन्यास "घामका पाइर्लाहरू" को पूरा बाचन Full Novel 'Ghamka Pailaharu" : Download

NepaliTalim | 10:15:00 PM | 0 comments

Program - Sunnelai Sunko Mala 
Time : Every Thrusday 9pm
Thaha Sanchar Network
www.thahasanchar.com
Narrattor - Pawan Raj Paudel
Novel - Ghamka Pailaharu
Writer - Dhacha Gotame
सुन्नेलार्इ सुनकाे माला
उपन्यास: घामका पाईलाहरु
लेखक: धच गोतामे
वाचक: पवनराज पौडेल 
(९९.४ थाहा सञ्चार नेटवर्क)

नमस्कार, 
अाज मिति २०७३ जेठ ५ तदनुसार 18-May-2016, थाहा सञ्चर नेटवर्कको  हरेक बिहिबार राति ९.१५ देखि सुरुहुने साहित्यिक उपन्यास बाचनको कार्यक्रम सुन्नेलाई सुनको मालाबाट बाचन भएको उपन्यासको पुरा पाठ लिएर उपस्थित भएका छौं ।
अाज साहित्यकार धच गाेतामेकाे उपन्यास घामका पार्इलाहरूको पूर्ण बाचन एकै ठाउँमा ल्याएकाे छु ।  उपन्यास घामका पाईलाहरु साहित्यकार धच गोतामेको सुन्दर रचनामध्ये एक हो। २०३५ सालमा लेखिएको यो उपन्यासले सोहि बर्ष मदन र साझा दुवै पुरस्कार जितेको थियो। बिरगञ्ज शहरको नाम नलिईकन; तर बिरगञ्जलाई नै पृष्ठभूमि बनाएर यो उपन्यास लेखिएको छ। पुरानो समयको सुवास र आञ्चलिक स्वादका लागि यो उपन्यास पढ्नैपर्छ वा सुन्नैपर्छ।

यो उपन्यास थाहा सञ्चार नेटवर्ककको 'सुन्नेलाई सुनको माला' कार्यक्रमका लागि रेकर्ड गराईएको हो। तपाँईका सल्लाह सुझाव र प्रतिक्रिया हाम्रा लागि अमूल्य हुनेछन्। यो उपन्यास पूरा उपलब्ध गराईदिनुहुने कार्यक्रम प्रस्तोता तथा बाचन पवनराज पौडेलज्यूप्रति हार्दिक आभार ब्यक्त गर्दछु । The Novel Ghamka Pailaharu written by Dhacha Gotame has brought here with the kind help of the program presenter from Thaha Sanchar Network - Mr. Pawan Raj Paudel. The Program Sunnelai Sunko Mala is weekly program from Thaha Sanchar Network where Popular books will be narrated. This episode is turn of Madan Prize Winner Novel-Ghamka Pailaharu" of Dhacha Gotame. You can give the feedback to phttps://www.facebook.com/sunkomala Let's Listen the Full Novel
Listen and Download (Right Click and Save As)-9.30 Hours Full Novel

Download : Click Here to Download Full Novel
Listen at YouTube

Muktak Mala मुक्तक माला -181 (06-11-2016/2073-07-21) : Download

NepaliTalim | 8:35:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार 
(06-11-2016/2073-07-21)
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2073 कार्तिक 21 गते तदनुसार 06-Nov-2016 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download

Download : Click Here to Download

श्रृंखला 229 : वहकिने मन Bahakine Man (07-11-2016/2073-07-22) : Download

NepaliTalim | 4:09:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN -229
Thaha Sanchar Network Presents 

DATE  (07-11-2016/2073-07-22) : 
Time : 9.15pm Every Monday         
Presenter :  Mahabir Bishwakarma         
Facebook : Bahakine Man 
http://thahasanchar.com/

नमस्कार,

आज मिति 2073 कार्तिक 22 तदनुसार 07-Nov-2016 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 229 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen on YouTube

गजलकार गणेश प्रसाद पौडेल " बहुरुपी "का ६ गजलहरू (6 Ghazals by Ganesh Prasad Paudel Bahurupi) -08-11-2016

NepaliTalim | 1:51:00 PM | 0 comments
१.गजल
गजल् चोरहरु गजलकार बने  ,
तिनैका पत्रिकामा समचार बने ।

जस्ले जिन्दगी पोखे मसी बनाएर ,
दुनियाँसामु तिनै निराधार बने ।

कठोर परिस्थितिमा फूल फुलेर ,
कोही खुकुरी कोही तरवार बने ।

जो सहजै तरिन्थे खोला खोल्साहरु ,
बढेर  महासागर अपार बने ।

थोरै थोरै गरि मिच्दै मन सिमाना ,
 शत्रुहरु  पनि खातिरदार बने ।

हिजो अस्ति नरम नौनी हातहरु ,
अचानक कसरी हतियार बने ।

जब मौलिकता मर्यो गाउँघरमा ,
सारङ्गी अनि मादल गितार  बने ।
गणेश प्रसाद पौडेल " बहुरुपी ",
स्याङ्जा , रापाकोट-७

२.गजल
आएन फर्केर बालापन मेरो ,
दाह्री जुँगा फुल्यो झनझन मेरो ।

सुनेर हाँस्छन् ति केटाकेटीहरु ,
जवानीको मीठो गनथन मेरो ।

प्राण नै त्यागेर लालायित हुन्छ ,
प्रेम सागरमा तनमन मेरो ।

मलाई नाङ्गो देख्थ्यो दुनियाँ अन्धो ,
उन्को मीठो सुवास् पहिरन मेरो ।

ध्यामग्न हन्थेँ उन्को मन् आँगनमा ,
उन्को शरीर् थियो तपोबन मेरो ।
गणेश प्रसाद पौडेल " बहुरुपी ",
स्याङ्जा , रापाकोट-७

३.गजल
सपनाको महल नयनभरि ,
देखियो हरपल नयनभरि ।

गाजलले छेक्यो दृश्यावलोकन ,
को थियो र असल नयनभरि ।

घुमिरहन्छिन् दिनरात यसरी ,
मायालु ति चंचल नयनभरि ।

मौसम झैं परिवर्तित सपना ,
नभएर  अटल नयनभरि ।

हिलो छिचोल्दै सुन्दरता पोखेर ,
फुले फूल कमल नयनभरि ।

उसले राखेर गयो मृत्युु पश्चात्
मीठा मीठा गजल नयनभरि ।
गणेश प्रसाद पौडेल " बहुरुपी "
स्याङ्जा रापाकोट-७

४.गजल
प्रकृतिले गर्यो बबालको संगत ,
माछापुच्छ्रे र फेवातालको संगत ।

बाघसँग तिम्रो जम्काभेट् हुनुपर्छ ,
अनि बल्ल बिर्सन्छौ स्यालको संगत ।

मृत्यु देखेर डराउने मनुष्यले ,
कहाँ गर्न सक्छ र कालको संगत ।

जिन्दगीको कथा बुझेन त्यो धनीले ,
गरेर सधैं धनमालको संगत ।

खाली र शुन्यतामा पनि केही पाएँ ,
जबदेखि गरेँ कंगालको संगत ।
गणेश प्रसाद पौडेल "बहुरुपी"
रापाकोट-७ स्याङ्जा

५.गजल
छवि बेचेर नाङ्गियो छविलाल ,
कहिले महान थियो छविलाल ?

रगतको पाइला टेकि सत्तामा ,
अँह ! भएन बलियो छविलाल ।

के टिक्ला र टिकेहरुको भरमा ,
अब पक्का लखेटियो छविलाल ।

जनभावना कुल्चेर हिंडिस तँ ,
अब राम्ररी चिनियो छविलाल ।

सिनोमा धोतीले किरा हालिदियो ,
हेर ! कसरी कुहियो छविलाल ।
गणेश प्रसाद पौडेल " बहुरुपी"
 स्याङ्जा रापाकोट-७

६.गजल
जिन्दगी यो दुखिरहेछ प्यार गरेदेखि ,
दिल दिन कसैलाई  हतार गरेदेखि ।

रित्तियो गोजी पसिना बेचेर भरिएको ,
कहिले गाउँ कहिले बजार गरेदेखि ।

सम्बन्धमा पनि हिसाबकिताब खोजियो ,
समयले नै सम्बन्धको व्यापार गरेदेखि ।

व्यापारी नै बनायो माया पिरतीले पनि  ,
मनले मनसँग कारोबार गरेदेखि ।

छल कपट गर्यो चाउरीएको छालाले ,
मायालुले नानाथरी श्रृङ्गार गरेदेखि ।

तर्किन्छे तरुनी तेलमा पानी तर्के जस्तै ,
बुढाले माया लाउने बिचार गरेदेखि ।

सडकमै रह्यो माया बटुवा झैँ बनेर ,
लैजाउ या छोडौँ मन दोधार गरेदेखि ।
 गणेश प्रसाद पौडेल "बहुरुपी"
स्याङ्जा रापाकोट-७

Note :
All Copyright Reserved with Writer

मुक्तककार सुमन हेमन्सु का ४ मुक्तकहरू (4 Muktaks by Suman Hemansu)

NepaliTalim | 9:21:00 PM | 0 comments
१.मुक्तक 
जब तिम्रो मुस्कान मेरा नयनमा पर्छ 
दिल ढकढक गर्छ जसरी घडीको सुइ सर्छ 
म कसरी भनु यि दुई हात कती फैलाउ 
ए प्यारी सुमन तिमीलाई एती धेरै मायागर्छ
Suman Hemansu 
Limerick City Ireland1

२.मुक्तक 
मेरै यादमा मेरी माया तारा गन्दै होलिन 
मलाई दिने सबै खुशी सारा गन्दै होलिन 
बिछोडको आगनीमा पिलपिल आसुँ झार्दै
आए पछी सुमन, घुम्ने फेवा र रारा गन्दै होलिन
Suman Hemansu 
Limerick City Ireland

३.मुक्तक 
तिम्रो र मेरो धढकनको शायद कदम मिलेन 
माया र पिरतिको कथा लेख्ने कलम मिलेन 
चोट एउटै थियो पिडा पनि त उस्तै उस्तै 
घाऊ बल्जिरह्यो शायद लगाउने मलम मिलेन
Suman Hemansu 
Limerick City Ireland

४.मुक्तक 
आशा छ पक्कै एक्दिन मेरो प्यार फर्किएर आउछ 
जसरी हरेक बर्खा नदीको धार बद्लिएर आउछ
हावा पनि त कैल पूर्व कैले पश्चिम अस्थिर बहन्छ 
दुई मुटु एक धडकन् हुनेछ जब बिचार पग्लिएर आउछ
Suman Hemansu 
Limerick City Ireland

Note;
Copyright Reserved with writer 

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger