Episode : 66 (यो साँझ यो सुबाश-02-04-2013) - Download

NepaliTalim | 11:40:00 AM | 0 comments
EISODE 65 - YO SANJH YO SUBASH  
(02-04-2013 / 2069-12-120) 
प्रस्तोता : प्रदिप गिरि     
कार्यक्रम : यो साँझ यो सुबाश   
Website : http://ransimedia.com      
Facebook : YSYS Facebook Page 
Phone :  9808826116

आज मिति 2069 साल चैत्र महिनाको 20 गते तदनुसार   02-April-2013 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको  Episode-66 औ विशेष श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (Ransi Media) को साथमा  उपस्थित भएका छौं । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ ।
रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल, प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत ११ वोटा एफ.एम.हरु लगायत देशै भरि 23 रेडियो स्टेशनहरुमा कार्यक्रम यो साँझ यो सुवास प्रशारण हुने प्रसारण हुने गर्दछ ।

साथसाथै आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि Application "Nepali Fm" मा हाम्रा सम्पूर्ण श्रीङ्खलाहरु सुन्न सक्नु हुनेछ । कार्यक्रमका सम्पूर्ण श्रीङ्खलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रदिप गिरि र उत्पान सहयोगी रन्सि मेडियाका रन्सी गिरिलाई हृदयदेखीनै धेरै धेरै धन्यवाद दिन चाहन्छु   

Listen and Download

Download : Click Here to Download Episode 66
Listen All Previous Episodes:


Thank you

शब्द शरोबर : (01-04-2013/2069-12-19) - Download

NepaliTalim | 11:01:00 AM | 0 comments
SHABDA SHAROBAR 
Host : Bimal Marmik 
Time : Tuesday 9.15pm  
Date : (01-04-2013/2069-12-19) 
Fm: Radio Manaslu 103.9mhz 
shabda.sarobar@gmail.com



 नमस्कार साथीहरु
आज मिति 2069 चैत्र 19 तदनुसार 01-April-2013 सोमबार, हरेक सोमबार राति ९.१५ देखि  10 बजे सम्म सम्मुनत समाजका लागी समाबेशी आवाज सामुदायिक रेडियो रेडियो मनासलु १०३.९ मेघाहर्जमा सोमबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रम शब्द शरोबरमा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीको साथमा म संचालक बिमल मार्मिक उपस्थित भएको छु। तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना गजल, मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । कार्यक्रम उपलब्ध गराइदिनुहुने प्रस्तोता साथी बिमल मार्मिक ज्यूलाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download
 
यो श्रृंखलामा बाचन भएको मेरो गजल
.................
जिन्दगी मेरो, निराधार जस्तै ।।
मृत्युले गर्दैछ, बहिस्कार जस्तै ।।

नाटक रहेछ, दुइचार दिनको
कहाँ छ र प्यार, प्यार जस्तै ।।

छूरा भन्दा बढी, हुन्छ धारिलो
फूलको प्रहार, तरवार जस्तै ।।

बितेपछी समय, सम्झेर आयौ
जसरी आउँछ, सरकार जस्तै ।।

मान्छेको आचरण, मैले बुझिँन
सबै नै लाग्छन्, गद्धार जस्तै ।।

तिमी नहुँदा, मेरो संसारमा
जितहरु लाग्दैछ, हार जस्तै ।।

सबैलाई सम्झिँए, आपदको बेला
कोहिपनि लागेनन, यार जस्तै ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
http://chisapaninepal.blogspot.com/

गजल संसार - 32 : (25-03-2013/2069-12-12) - Download

NepaliTalim | 1:32:00 PM | 0 comments
रेडियो हाम्रो संसार डट नेटको        
गजलहरुको  साहित्यिक   
कार्यक्रम :  गजल संसार  
Date: (25-03-2013/2069-12-12) 
Host : Shanti Pakhrin
Source : Website

 
आज  मिति 2069 चैत्र 12 तदनुसार 25-March-2013 का दिन , मन भित्रका कुरा आवाजका झन्कार साथसाथै तपाईहरुका विभिन्न गजलहरु तथा सुमधुग सांगितीक गीत गजलहरु लिएर गजल संसारको श्रृङ्खला Gazal Sansar Episode 32 लिएर नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ  रेडियो   हाम्रो संसार अनलाईन रेडियो मार्फत विश्वभरि आजको श्रीङ्खला लिएर उपस्थित  हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौं
Listen And Download


Download : Click Here to Download Episode 32

Thank you

गजल संसार - 31 : (18-03-2013/2069-12-04) - Download

NepaliTalim | 11:57:00 AM | 0 comments
रेडियो हाम्रो संसार डट नेटको        
गजलहरुको  साहित्यिक   
कार्यक्रम :  गजल संसार
Date:  (18-03-2013/2069-12-04) 
Host : Shanti Pakhrin
Source : Website

 
आज  मिति 2069 चैत्र04 तदनुसार 18-March-2013 का दिन , मन भित्रका कुरा आवाजका झन्कार साथसाथै तपाईहरुका विभिन्न गजलहरु तथा सुमधुग सांगितीक गीत गजलहरु लिएर गजल संसारको श्रृङ्खला Gazal Sansar Episode 31 लिएर नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ  रेडियो   हाम्रो संसार अनलाईन रेडियो मार्फत विश्वभरि आजको श्रीङ्खला लिएर उपस्थित  हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौं
Listen And Download


Download : Click Here to Download Episode 31

Thank you

निम्तो : जीवान खत्रीको "जीवान कसका लागि" विमोचन

NepaliTalim | 11:20:00 AM | 0 comments
 












मधुवन साहित्यिक प्रतिष्ठान नेपाल द्धारा गजलकार जीवन खत्रीको दोस्रो गजल संग्रह "जीवन कसका लागि" यहि मिति २०६९ चैत्र २४ गते तदनुसार ६ अप्रिल २०१३ शनिवारका का दिन बाल्मिकि क्याम्पसको हलमा ठिक दिउँसो २ बजे हुने हुँदा तपाईहरु सम्पूर्ण साहित्य प्रेमी मनहरुलाई विमोचन कार्यक्रममा उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गर्दछु । Source : Jiban Khatri

बाबु त्रिपाठीको गजल संग्रह बा पाँचौ संस्करण र सालिकहरूको देश दोस्रो संस्करण आउँदैछ

NepaliTalim | 11:10:00 AM | 0 comments
२०६९ चैत्र ३१ गते शनिबार :
(Source : Babu Tripathi)-बा पाचौँ संस्करणमा पहिलो, दोस्रो, तेस्रो, चौथो संस्करणका र १० वटा नयाँ गजल राखेको छु ।
-सालिकहरूको देश दोस्रो संस्करणमा पुराना केहीलाई हटाएर ७ वटा नयाँ कविता राखेको छु

उमेश आचार्यका ५ गजलहरु

NepaliTalim | 10:22:00 AM | 0 comments
1.गजल

स्नेह-प्रेम् मायाको घर,तिमी नभा' हुने थे'न
यो संसार यति सुन्दर,तिमि नभा' हुने थे'न

मुटु किन्न बेच्न मिल्ने,यो अजिब शहरमा
साँच्चै भन्छु जिउने रहर,तिमि नभा' हुने थे'न

जिवन खोज्दै हुन्थेँ होला,अभावमा रुन्थेँ होला
पिँडा सँग जुद्ने जाँगर,तिमी नभा' हुने थे'न
 
हाँसोको त कुरै छाडौँ,मिठो लाग्छ आँसु पनि
म मा यस्तो मिठो असर,तिमी नभा' हुने थे'न

तिमी छौ र भरोसा छ,मृत्युलाई जित्न सक्छु
हो आफैँमा आफ्नै भर ,तिमी नभा' हुने थे'न
उमेश आचार्य

2.गजल
हाँसो दिई आँसु लिई,ए मन् तैँले के पाउँछस्?
निष्ठुरीलाई माया गरी,तैँ भन् तैँले के पाउँछस्?

जस्लाई भुल्न चहान्छु म,उन्को निजि हुलाकी भै
उन्कै याद सामु ल्याई,पवन् तैँले के पाउँछस्?

मलाई ज्युदो लाश बनाई,खुसी लुट्ने तिनैलाई
सम्झी सम्झि तड्पिएर,धड्कन् तैँले के पाउँछस्?
 
खुसी अन्तै बसाँई सर्यो,जब बाँच्ने रहर मर्यो
अनि अनेक स्वप्ना साँची,नयन् तैँले के पाउँछस्?
उमेश आचार्य

3.गजल   
नसम्झाए हुन्छ मलाई बाँच्ने रहर छैन म मा
मारी आफ्नै दाजु-भाई बाँच्ने रहर छैन म मा

हात मुख जोडेकै छु,जे छु त्यस्मै रमाँउछु
अरु माथी आँखा लगाई बाँच्ने रहर छैन म मा

दु:ख सही आँसु पिई,मै बाँचौला तर सुन
अरुलाई दुखी बनाई बाँच्ने रहर छैन म मा

देशको साँचो बोक्नेहरु,आमालाई मुक्ती देउ
गोर्खाली हुँ शिर झुकाई बाँच्ने रहर छैन म मा

तिमीभन्दा फरक बिचार राख्नै गल्ति भन्छौ भने
सजाय पाँउ देश डुबाई बाँच्ने रहर छैन म मा
उमेश आचार्य

4.गजल                  
गाँउ शहर भा छन् बेहाल लौ न यो के अनर्थ भो
रुँदैछिन् रे आमा नेपाल लौ न यो के अनर्थ भो

सगरमाथा सिर भन्दै गर्ब गर्थ्यौँ तर आज
झुक्दै छ रे हम्रो हिमाल लौ न यो के अनर्थ भो

हुम्ला-जुम्ला अभावमा छट्पटाई मर्न लाग्दा
दिनै सुन्छु बन्द-हड्ताल लौ न यो के अनर्थ भो

विस्वास गरी देशको साँचो जस्लाई दियौँ तिनै हुन् रे
माटो किन्बेच गर्ने दलाल लौ न यो के अनर्थ भो
उमेश आचार्य

5.गजल             
काठमाँण्डौ बासिन्दाले स्यङ्जालीका दुख बुझुन्
सितल् निवाश बलुवाटार नेपालिका दुख बुझुन्

एक-आपसमा आफ्नोपन् को आभास दिँदै सधैभरी
झापा-मोरङ्ग सुन्सरीले कर्णालीका दुख बुझुन्

असार-स्रावण हिलो छ्याप्दै रोपाँइमा रमाउनेले
बाडी-पहिरो सँग जुद्ने हिमालीका  दुख बुझुन्

सत्ता भेटी जन्ता भुले ठिक् छ तर एउटा कुरा
तिन्ले हिँड्या उकालि-ओरालीका  दुख बुझुन्

गोली खान अघी बड्यौँ,केही हुने आश बोकी
भगवान छन् भने रित्ता थालीका  दुख बुझुन्
उमेश आचार्य
Winooski, भर्मोन्ट(Vermont)
यु एस ए
ujad_umesh@yahoo.com

विश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरेवियाको महाधिवेशन सम्पन्न

NepaliTalim | 10:17:00 AM | 0 comments
विश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरेवियाको महाधिवेशन सम्पन्न:
 (अध्यक्षमा कमल शाही निर्मल)

विश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरेवियाको महाधिवेशन यही मार्च २८ तारिखका दिन साउदी अरेवयाको राजधानी रियादमा सम्पन्न भएको छ । प्रत्यक्ष तथा अनलाइन मार्फत साहित्यप्रेमी मित्रहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घाटन शर्तमा बोल्दै संस्थाका निवर्तमान अध्यक्ष खगेन्द्र अधिकारी अमृतले विभिन्न कठिनाईहरु सामना गर्दै अगाडी बढ्ने क्रममा आजको यो अवस्था सम्म आइपुग्नु भनेको पनि ठूलो सफलता भएको बताउदै आगामी दिनहरुमा पनि नेपाली साहित्यको श्रीबृद्धिका लागी सबै नेपाली दाजुभाइ दिदीबहिनीहरु आ आफ्नो स्थानबाट हातमा हात र साथमा साथ मिलाउनु पर्ने कुरामा जोड दिनुभएको थियो ।
यस शाखाको उन्नती र प्रगतिका लागी आफुलाई सहयोग गर्ने सम्पूर्ण कार्यसमितिका सदस्यहरु साथिहरु, केन्द्रिय समिति र सल्लाहकार मित्रहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । प्रमुख सल्लाहकार तथा अन्तराष्टिय प्रतिनिधि सागर श्रेष्ठ ज्यू बाट प्राप्त भएको शुभकामनाका शब्दसंगै विश्व नेपाली साहित्य महासंघका केन्द्रिय अध्यक्ष डा. मधु माधुर्यले उठाउनु भएको शुभकामनाका शब्दहरु पढेर सुनाउनु भएको थियो । सचिव कमल शाही निर्मलले संस्थाको प्रगति विवरण प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा साहित्यकार मित्रहरुले आ आफ्ना साहित्यिक रचनाहरु बाचन समेत गर्नुभएको थियो ।

निवर्तमान उपाध्यक्ष सुर्यविक्रम याक्खाले सस्थाको निरन्तरताको लागी आफुले गर्नुपर्न हरेक कार्यहरु गर्न पछि नपर्ने कुरामा जोड दिदै साहित्यिक संस्था भित्र कुनै राजनीतिक गन्ध आउन नहुनेमा जोड दिनु भएको थियो ।
साउदी अरेविया जस्तो देशमा बसेर हामी भौगोलिक रुपमा एकै स्थानमा प्रत्यक्ष रुपमा उपस्थित हुन कठिन रहेपछि साहित्यको कुनै पनि विधामा कुनै पनि स्थानबाट बग्न सकेको खण्डमा व्यक्तिगत र सस्थागत रुपमा साहित्यको माहौल तातिदै जाने कुरामा जोड दिनुभएको थियो कार्यक्रमका वक्ता जैवी राईले । नेपाली साहित्यको विकास बिना नेपालको विकास सम्भव नभएको बताउनु हुन्छ डोरबहादुर कार्की ।
उक्त महाधिवेशमा भेला भएका साहित्यकारहरुले कमल शाही निर्मलको अध्यक्षतामा नौ जनाको नयाँ कार्य समितिको पनि चयन गरेको । जसको उपाध्यक्ष, महासचिव सचिव, अर्थसचिवमा क्रमशः राजेन्द्र महतो, जीवन थापा, कृष्ण बहादुर सतुंगे र शिवबहादुर थापा क्षेत्री चयन हुनु भएको छ । त्यसै गरी संस्थाको नयाँ कार्यसमितिको सदस्यहरुमा जैवी राई सुस्तरी, धर्मानन्द अधिकारी, दिलकुमार श्रेष्ठ एक्ले र कुमार श्रेष्ठ चयन हुनुभएको छ ।
भेलाले पाँच जनाको सल्लाहकार समिति समेत निर्माण गरेको छ । जसमा प्रमुख सल्लाहकार सागर श्रेष्ठ र सल्लाहकारहरुमा खगेन्द्र अधिकारी अमृत डोर बहादुर कार्की सूर्यविक्रम याक्खा अञ्जना अधिकारी रहनु भएको छ ।
आगामी दिनहरुमा सस्थाको अझै उन्नती र प्रगतिको साथै नयाँ नयाँ साहित्यिक कृतिहरु तथा साहित्यकर्मीहरुको निर्माण गर्दै अगाडी बढ्नमा सबैको सहयोग र रचनात्मक सुझावहरु पाइरहने विश्वास व्यक्त गर्दै नव अध्यक्ष कमल शाही निर्मलले कार्यक्रमको समापन गर्नु भएको थियो ।

खगेन्द्र अधिकारी अमृत
साउदी अरेवीया २८ मार्च २०१३

शंकर सिम्खडा "आखेटक"का ९ गजलहरू

NepaliTalim | 10:12:00 AM | 0 comments
१.गजल 
जीवनको पहिलो पत्र, तिम्रै नाउँमा लेखेँ मैले
रातो गुलाव दिन्छुँ भनि, तिम्रो बाटो छेकेँ मैले

मन भित्र जता ततै, तिमी नै भैदिदा
हजारौँको भिडमा पनि, तिमी मात्रै देखेँ मैले

दिन रात पागल सरि, माँयाकै याद आइदिँदा
कयौँ रात तिमी सम्झि, शिरानीलाई चेपेँ मैले

गाह्रो रहेछ भित्र भित्रै,माँयालाई लुकाइ राख्न
पारि शुभ दिन प्रेम दीवशको, आँगनीमा टेकेँ मैले

लुकाउनु हुन्न अरे, हजूरबाले भन्थे माँया
मन मुटु दह्रो पार्दै, आज तिमीलाई भेटेँ मैँले

२.गजल
यसपाली उपहार, छ भिन्न तिमीलाई
गुलाब रातो, म दिन्न तिमीलाई

जीवन सँगै, अब हामी जीउन
आउनेछु सिन्दूर, लिई किन्न तिमीलाई

निधार माथिको, त्यो खाली सिउदोमा
दिनेछु कोरी, रातो चिन्न तिमीलाई

खानेछु कसम, प्रेम दिवस भाकी
पार्नेछैन गाह्रो, जीवन हिन्न तिमीलाई

गर्नेछु माया, अन्तिम स्वाश सम्म
बनाउने छैन मायामा खिन्न तिमीलाई

३.गजल
गौतम बुद्ध जन्म भूमि संसारमा मान छ
सगरमाथा उच्च शिर मेरो देशको शान छ

कयौँ जाति भाषा धर्म, संस्कृति नि आफ्नै भाको
सयौँ थुङगा फूलका हामी जस्को राष्ट्र गान छ

सगरमाथा शिर देखि तराईको फाँट सम्म
प्रकृतिको हराभरा सुन्दर देशमा वरदान छ

सबै सँग भाइचारा शान्तिको त्यो बिगुल फुक्ने
विश्वमा नै अलग झन्डा देशको पहिचान छ

कसै सँग नझुकेको स्वतन्त्र यो नेपालको
नेपाली हु स्वाभिमानि ,संसार ले नै जान छ

४.गजल
तिहारको अन्तिम टिका, यो दिदी को लाउन बाबु
अर्को साल त बाँच्दिन रे यही साल आउन बाबु

परिवार सबै जम्मा नभएको धेरै भयो
यो तिहारमा जम्मा भई घरमा खुसी छाउन बाबु

कयौँ तिहार तँ उता म यता रुदै बित्यो
सप्तरङगी टिका लाउने धोको फुकाउन बाबु

जुन दिन तँ मुग्लान पसिस ,छैन म माइत गाकी
इच्छा थियो अन्तिम भैलो माइतीघर गाउन बाबु

धेरै भयो यो दिदी ले तेरो मुख नदेखेकी
मर्ने बेला तेरो मुख हेरि मर्न पाउन बाबु

५.गजल
छुटी पाए यो दसैँमा, घर फर्की आउँला सानु
जमरा र रातो टिका, निधार भरि लाउँला सानु

पाउनु पर्ने केहि पैसा, साहुले यदि दियो भने
चुहिने त्यो छानो फेरि, आर्को छानो छाउँला सानु

सालौँ साल छुटिएका साथी सङ्गी, भेला भई रमाउदै
लिंगे पिङग . रोटे पिङग ,खेल्न संगै जाउँल सानु

नाता गोता सबै सित, आशिर्बाद र टिका थाप्दै
माथि पूर्णिमाको मेला भर्न ,लेक सम्म धाउँला सानु

सुख दु:ख हासिँ खुशी रमाउदै , विदा गरि दसैँलाई
फेरी तिहार सबै मिली, देउसी भैलो गाउँला सानु

६.गजल
अध्यादेश मै देशको काम सरकारले गर्दै गए
देश अफ्घान बन्छ नेता आ-आफुमा लर्दै गए

संविधान र संसद नभई देशमा सङ्कट छाको बेला
मिल्न छाडि एक- अर्कामा रिस राग भर्दै गए

राजनीति सिकार भई देशमा बजेट नआइदिदा
देश विकासका सबै काम सधैँ पछि पर्दै गए

भ्रष्टाचारी ठहर भई देशको शत्रु जेल पर्दा
बचाउन त्यही नेता सडक भरी कार्यकर्ता छर्दै गए

राजनीति अस्तिरताले देशमा ठुलो बढी आको बेला
सबै मिली तर्न छोडी एक्ला -एक्लै तर्दै गए

७.गजल
जवानिले पुर्ण प्रवेश ,तिमि भित्र पाको देख्छु !
आज भोलि चोलि तिम्रा, उचालिदैँ गाको देख्छु !!

बात पनि त्यस्तै गर्छौँ ,काउकुति नै लाग्ने गरि
ओठ पनि वैंशले तिम्रो, रसिलो भाको देख्छु !

हाँसो तिम्रो झनै यस्तो, नशालु ति आँखा पनि
लठारीदै सपनि मा, तिमि सितै, माया लाको देख्छु !

कस्तो मिठो बास्ना तिम्रो, शरीर सबै जलाउने
त्यसैले त वरिपरि,भमराको छाको देख्छु !

माटो भित्र लुकि लुकि, पाकेको त्यो खनायो लाई
खोतलेर चाख्न तिमि ,लठी खोज्दै आको देख्छु !

८.गजल
तिम्रो मरो सम्बन्धमा जल्ने यहाँ धेरै छन्
छुटाउन हाम्रो साथ,चल्ने यहाँ धेरै छन्

हाम्रो बारे जता ततै ,गलत व्यख्या गर्दै यहाँ
नाना भाति भनि हाम्लाई ,छल्ने यहाँ धेरै छन्

हामि बिचको विश्वास रुपि ,निभाउन खोज्दै दियो
सब को सामु राम्रो बनि , बल्ने यहाँ धेरै छन्

मेरो कुरा तिमिलाई अनि,तिम्रो  कुरा मलाई लगाई
हाम्रो बारे खराब कुरा , मल्ने यहाँ धेरै छन्

भेटमा भने हामि सित असल हात बढाउदै
भित्र भित्र हाम्रो खिलाफ , फल्ने यहाँ धेरै छन्

९.गजल
नेताहरू सब्को यहाँ, गरि खाने ठाम भयो
संविधान त नेपालमा,कुन चरीको नाम भयो

दुई वर्ष भित्र मानै ,संविधान दिन्छौ भन्ने हरु
सालौ साल पुक्दा मात्रै, सरकार फेर्ने काम भयो

सानो देश धेरै पाटि, सभासदै छ सय एक
संविधानको धारा भन्दा, सभासद्कै लाम भयो

संविधान सबै पाटि, आफ्नै अनुरुप खोज्दा कोर्न
आफ्नो आफ्नो स्वार्थ राख्दै, कयौँ सभा जाम भयो

मै गोरुको बार्है टक्का, भन्दै नेता अघि बढ्दा
नेपालीको सारा सपना, पुष माघ को घाम भयो

शंकर सिम्खडा "आखेटक"
सिमारा_७ औराहा(बारा)नेपाल


साहित्य सिर्जना - 28 : (30-03-2013/2069-12-17) -Download

NepaliTalim | 9:50:00 AM | 0 comments
EPISODE : 28
Date : (30-03-2013/2069-12-17)
कार्यक्रम : “साहित्य सिर्जना      रेडियो : रेडियो मलमला ८८.६mhz      
प्रस्तोता : सुरज थापा मगर   
समय : शनिबार बिहान ८.३० बजे देखि ९ बजे  
फेसबुक : Facebook   

साथीहरु नमस्कार ।
आज मिति 2069 चैत्र 17 गते तदनुसार 30-03-2013 का दिनपनि गीत, गजल, कविता, हाइकु, कथा, लघुकथा र सष्ट्रा परिचयको संगम कार्यक्रम “SAHITYA SIRJANA" "साहित्य सिर्जना” को Episode 28 श्रीङ्खला लिएर कार्यक्रम प्रस्तोता साथी सुरज थापा मगर प्राविधिक साथीको साथमा उपस्थित हुनुभएको छ । यो कार्यक्रम अबदेखि हरेक हप्ताको शनिवार बिहान ८.३० बजे देखि ९ बजे सम्म मात्र रेडियो मलमला ८८.६ मेगाहर्जमा प्रसारण हुनेछ ।  यो कार्यक्रमको श्रीङ्खला उपलब्ध गरेर सहयोग गर्नुहुने साथी सुरज थापा मगरलाई धेरै धेरै धन्यवाद ।     
Listen And Download

Download : Click Here to Download Episode 28

Thank you

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger