Home » , » उमेश आचार्यका ५ गजलहरु

उमेश आचार्यका ५ गजलहरु

NepaliTalim | 10:22:00 AM | 0 comments
1.गजल

स्नेह-प्रेम् मायाको घर,तिमी नभा' हुने थे'न
यो संसार यति सुन्दर,तिमि नभा' हुने थे'न

मुटु किन्न बेच्न मिल्ने,यो अजिब शहरमा
साँच्चै भन्छु जिउने रहर,तिमि नभा' हुने थे'न

जिवन खोज्दै हुन्थेँ होला,अभावमा रुन्थेँ होला
पिँडा सँग जुद्ने जाँगर,तिमी नभा' हुने थे'न
 
हाँसोको त कुरै छाडौँ,मिठो लाग्छ आँसु पनि
म मा यस्तो मिठो असर,तिमी नभा' हुने थे'न

तिमी छौ र भरोसा छ,मृत्युलाई जित्न सक्छु
हो आफैँमा आफ्नै भर ,तिमी नभा' हुने थे'न
उमेश आचार्य

2.गजल
हाँसो दिई आँसु लिई,ए मन् तैँले के पाउँछस्?
निष्ठुरीलाई माया गरी,तैँ भन् तैँले के पाउँछस्?

जस्लाई भुल्न चहान्छु म,उन्को निजि हुलाकी भै
उन्कै याद सामु ल्याई,पवन् तैँले के पाउँछस्?

मलाई ज्युदो लाश बनाई,खुसी लुट्ने तिनैलाई
सम्झी सम्झि तड्पिएर,धड्कन् तैँले के पाउँछस्?
 
खुसी अन्तै बसाँई सर्यो,जब बाँच्ने रहर मर्यो
अनि अनेक स्वप्ना साँची,नयन् तैँले के पाउँछस्?
उमेश आचार्य

3.गजल   
नसम्झाए हुन्छ मलाई बाँच्ने रहर छैन म मा
मारी आफ्नै दाजु-भाई बाँच्ने रहर छैन म मा

हात मुख जोडेकै छु,जे छु त्यस्मै रमाँउछु
अरु माथी आँखा लगाई बाँच्ने रहर छैन म मा

दु:ख सही आँसु पिई,मै बाँचौला तर सुन
अरुलाई दुखी बनाई बाँच्ने रहर छैन म मा

देशको साँचो बोक्नेहरु,आमालाई मुक्ती देउ
गोर्खाली हुँ शिर झुकाई बाँच्ने रहर छैन म मा

तिमीभन्दा फरक बिचार राख्नै गल्ति भन्छौ भने
सजाय पाँउ देश डुबाई बाँच्ने रहर छैन म मा
उमेश आचार्य

4.गजल                  
गाँउ शहर भा छन् बेहाल लौ न यो के अनर्थ भो
रुँदैछिन् रे आमा नेपाल लौ न यो के अनर्थ भो

सगरमाथा सिर भन्दै गर्ब गर्थ्यौँ तर आज
झुक्दै छ रे हम्रो हिमाल लौ न यो के अनर्थ भो

हुम्ला-जुम्ला अभावमा छट्पटाई मर्न लाग्दा
दिनै सुन्छु बन्द-हड्ताल लौ न यो के अनर्थ भो

विस्वास गरी देशको साँचो जस्लाई दियौँ तिनै हुन् रे
माटो किन्बेच गर्ने दलाल लौ न यो के अनर्थ भो
उमेश आचार्य

5.गजल             
काठमाँण्डौ बासिन्दाले स्यङ्जालीका दुख बुझुन्
सितल् निवाश बलुवाटार नेपालिका दुख बुझुन्

एक-आपसमा आफ्नोपन् को आभास दिँदै सधैभरी
झापा-मोरङ्ग सुन्सरीले कर्णालीका दुख बुझुन्

असार-स्रावण हिलो छ्याप्दै रोपाँइमा रमाउनेले
बाडी-पहिरो सँग जुद्ने हिमालीका  दुख बुझुन्

सत्ता भेटी जन्ता भुले ठिक् छ तर एउटा कुरा
तिन्ले हिँड्या उकालि-ओरालीका  दुख बुझुन्

गोली खान अघी बड्यौँ,केही हुने आश बोकी
भगवान छन् भने रित्ता थालीका  दुख बुझुन्
उमेश आचार्य
Winooski, भर्मोन्ट(Vermont)
यु एस ए
ujad_umesh@yahoo.com
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger