Home » » Muktak Madhurima (2069-12-22/04-04-2013) - Download

Muktak Madhurima (2069-12-22/04-04-2013) - Download

NepaliTalim | 9:48:00 AM | 0 comments
Muktak Madhurima      
Radio : Radio Chitwan 94.6mhz              
Time : Turusday 9.15pm    
Host : Ramu Acharya      
Date :  (2069-12-22/04-04-2013)

आज मिति 2069 चैत्र 22 गते तदनुसार 04-April-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।  
Listen and Download

Download :
Listen All Previous Episode


Thank you
२०६९-१२ -२२ गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष तथा डाउनलोड गरेर पनि सुन्न सकिने ......... तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ...................
01-साहित्यप्रेमी कपिल लामिछाने
कस्तो हुन्थ्यौ होला साच्चै देउता हुने भए !!
माया गर्ने मलाई कोहि एउटा हुने भए !! __________________
बिर्सिदिन्थे सारा दुनियालाई म ,,
सँगै जिउने सँगै मर्ने समझउता हुने भए !!
@साहित्यप्रेमि कपिल लामिछाने दाङ्, तुल्सीपुर@ हाल दोहा, कतार बाट..!!!

02-Jaya Bhabuk
सपनि मा वावु भन्दै वोलाउछिन रे मेरी अॉमा /
विपनि मा सम्झिएर टोलाउछिन रे मेरी ऑमा /
सॉच्चै घट्ना घट्या रै छ पर्देशी त्यो भुमि मॉ ,
चारै तिर मनका कुरा खोलाउछिन रे मेरी ऑमा/
जयराम वि .क. {जयॉ भॉवुक}
धधवार ७ बर्दिया
हाल मलेिसया जोहोर,,,,,


03-सुमन मुस्कान
यो बर्ष रातै बनाईदे उनैलाई
कती माया गर्छु जनाईदे उनैलाई ॥
खासै धेरै रङ्ग त थीएन म सग
भएको अबिर खनाईदे उनैलाई ॥
©सुमन मुस्कान बालकुमारी कलेज
नारायणगढ चितवन


04-आरके थापा मुक्तक
खस्रो पातको बोट हजुर , नहुर्केकै राम्रो ।
मै हुँ भन्दै घमन्डले , नफुर्केकै राम्रो । ।
दुश्मनले खुट्टा तानी , टेक्लान छाती माथि ,
अहमताले त्यो पाखुरी , नसुर्केकै राम्रो । । ।
-आरके थापा,बोच-दोलखा
हाल साउदी अरब


05-Ghayl Deepak Karki
सपना देखे को थिए कतै हराऐको रहे छु
बिऊजीए मात्र एतै कराएको रहे छु ॥
काहा छौ कस्ती छौ मेरो याद ऑऊछ ऑऊदैना,
तेस्तै बिसय लिएर डराऐको रहे छु॥
घाएल दिपक कार्कि
बनकटवा 9 समझना बजार लालपुर बाॅके
हाल इन्डिया गुजरात राजकोट

06-Madan Muskan Khatri <<< मुक्तक >>>
* स्वाभिमानि नेपालि हुँ कसैसंग डर्दैन !
नरोउ सानु यो युदूमा तिम्रो काले मदैँन !!
* भात पस्कदै गर !जितेरै आउने छु ~
ढुक्क हौ सिरको सिदुर पुछ्नु पदैन !!!
मदन मुस्कान खत्री
दाङ
now . study in india.

07-Raju Poudel
हजुर बा लाइ पिडालु कै गानो प्यारो लाग्छ
आफ्नै घरको आगनि र छानो प्यारो लाग्छ
चैत लाग्यो गर्मि बढयो त्यसैले पो हो कि
प्यारि भनछिन काकरा कै चानो प्यारो लाग्छ
-राजु पौडेल,
रूद्र्पुर रूपनदेहि,
दोहा कतार


08-कृष्ण अबिरल
ति बन अनि पाखाँ ,सँग मुलाकात गर्नुछ।
रोधिघरका भाकाँ ,सँग मुलाकात गर्नुछ॥
छिट्टै म आउदै छु प्रिय तिम्रो बस्तितिर।
तिम्रा गुलाबि आखाँ ,सँग मुलाकात गर्नुछ॥
© कृष्ण अबिरल
गितानगर-४ ,चितवन


09-निस्चल प्रेमी कान्छा
पराईको दिलमा तिमी खुलेर गयौ
अतीतका ति सपनालाई भुलेर गयौ
हुन्नरैछ सोचेजती रंगीन जिन्दगानी
जे जतीथ्यो मेरो दिलमा असुलेर गयौ ।
-निस्चल प्रेमी कान्छा
रेसुङ्गा साहित्य प्रतिष्ठान गुल्मी
हाल मुम्बई भारत


10-Bikalpa Babu
दबिएको श्वरहरु, बोल्ने छन् एकदिन
मन्दिरका पत्थरहरु,बोल्ने छन् एकदिन
तिम्रो अन्याय र अत्याचारको बिरुद्दमा
गाउँ बस्ती शहरहरु,बोल्ने छन् एकदिन
-बिकल्प बाबु
गितानगर-1,चितवन 


11-Artimus Siru
असत्य लाई अघि बढाई सत्य छुपाउँछौ !
साँचो कुरा मनमै सडाई सत्य छुपाउँछौ !!
सोधे भने मैले केही बोल्नै छाडी दिन्छौ !
धुरी माथि मलाई चढाई सत्य छुपाउँछौ !!
सुमित्रा अधिकारी "शिरु "
गोरखा


12-Dipendra Chapagain
तिम्रो मेरो सम्बन्ध टुटि गयो भने
अजम्बरी माया प्रेम छुटि गयो भने
निश्चित छ अन्त्य ‘विरता र गौरवको’
देशको अस्मिता दैवले लुटि गयो भने ।।
दिपेन्द्र चापागाँई, कपिलवस्तु, लुम्बिनी । हाल-मुम्बई


13-सनम गोले े
जस्लाई आफ्नो सम्झन्छु उसैबाटा धोखा हुन्छ ।
सुन्दर फुल झारिदिने हावाको त्यो झोका हुन्छ ।
सर्वस्व सम्झी मन मन्दिर मा सजाउदा कसैलाई
छिया छिया बनाईदिने बन्दुकको त्यो खोका हुन्छ ।
सनम गोले
दामन ,मकवानपुर
हाल मलेशिया


14-Shanti Adhikari मुक्तक
तिमी लड्न खोज्दा साथ दिएकै त हुँ ।
दु: ख पिडा पाउदा आँशु पिएकै त हुँ ।
जिन्दगीमा भर मन्ने हुन्न कसैको ।
हरपल छट्पटिमा जिएकै त हुँ ।।
शान्ति अधिकारी
बाके


15-Anuragi Binod Gaire
लाचार यो जिन्दगि जीउनु अझै कति।
बलेसिको आशुँभेल पिउनु अझै कति।
झुत्रा झुत्रा भएको छ मन फाटेर मेरो,
सान्त्वनाको सियोले सिउनु अझै कति।
-अनुरागि बिनोद
हाल क्षितिजको देशबाट

गीत >अँधेरी जस्तै जुन बिनाको, पन्धेरी जस्तै पानि बिनाको, तिमि नभय मेरो जिन्दगानी आँखा जस्तै
नानि बिनाको ............अन्जु पन्त को आवाजमा .....


16-Bk Khagendra Nepali
अझै नि नेपालको कथा उस्तै छ
शोषित पिडित जन्ताको व्यथा उस्तैछ
कसले भन्छ देशलाइ नया नेपाल भनेर
अझै नि गरीब ठग्ने व्यवस्था उस्तैछ
-खगेन्द्र वि क लेखफर्सा सुर्खेत
हाल
भावनगर गुजरात भारत


17-Baral Suryamani
चाहेर पनि सक्दिन होला मेरो लक्ष भेटाउन।
तिम्रो मायाले लागेको छातीको दाग मेटाउन।।
तेसै तेसै नचाहेरै टाढा भयौँ आज हामी।
दोष सबै तिम्लाई दिई सक्दिन घाँटी रेटाउन।


18-अन्जान श्रेष्ठ अभागी मुक्तक~~~~~~
तिम्रै पछि बसी कपाल तानेको बिर्स्यौ क्यारे ।।
सगै आँखा झुत्दा सरले हानेको बिर्स्यौ क्यारे ।।
संगै बस्ने गर्थ्यौँ हामी दुई एउटै बेन्चमा ।।
तिम्ले मलाई संगै बस्दा जानको बिर्स्यौ क्यारे ।।
अन्जान श्रेष्ठ अभागी
कान्छीबजार स्याङजा

19-Gyanendra Sharma
ख्याल नठान खास हो जीन्दगी!
जिउन नजाने लास हो जीन्दगी!
डाक्छ अवसरले चारैतिरबाट ,
फेल हुन्न सँधै पास हो जीन्दगी !!
©ज्ञानेन्द्र शर्मा अवीरल
सर्कुवा-2 बाग्लुङ


20-Rai Munkmen Ramesh मुक्तक
यहाँ हैन मुटु त्यहा छिया परेछ
मसिना को भात मा बिया परेछ
जवानि मा रुपको घमंड गर्दै बसेऊ
बुढी भैछौ ओठमा कठै खिया परेछ
राई"मुक्मेन"रमेश
हाल साउदी
धन्यवाद


21-Dahal Nirash Vai
सपनिमा देखे रगँले भिजेको उनको चोलि ।।।।।।
कसरि खेलिन होला एक्लै हिजो होलि।।।।।
सम्झनामा बित्दै छ दिन रात अाज याहाँ।।।।
एक चोटि सुन्दापनि अान्नद अाउछ उनको बोलि।।।।।
निरास भाई हाल दोहा कतार,,

22-कवि लिम्वू
जातको कुरा गर्छ्यौ तिमी अछुतो नि थिईन म त
प्यालाभरी बीष राख्यौ अमृत भनी पिईन म त
जान्छौ तिमी अर्कैसंग निम्तो बाँडी हिड्छौ मलाई
आसमा बसे आउछौ की सुपारी पनि लिईन म त ।
साहित्य अनुरागी ! कवि लिम्वू~[ आवरा पागल ] पाँचथर थर्पू-५
हाल: जापान


23-Mohan Bihani मुक्तक
************************
फगत यो जीवन भार भए पछी
करेन्ट बिनाको तार भए पछी ।
बाँच्नुको अर्थ छैन यो जुनीमा
जता तेतै लम्पसार भएपछि।
मोहन बिहानी
भक्तिपुर सात सर्लाही
http://mohanbihani.blogspot.com/2013/03/2069-12-1528-03-2013download.html
मोहन बिहानीको ब्लग: मुक्तक मधुरिमा (2069-12-15/28-03-2013)Download
mohanbihani.blogspot.com

24-तिलक निस्कर्ष
त्यो काहा थियो मेरो म त रित्तो थिय
आफै भित्र खालि खालि अस्तित्वो थिय
तिमीले सोच्यौ यो चट्टान सरि छ,
तर म खडाइ बारको सानो भित्तो थिय
रत्ननगर ७ चितवन

25-श्रीकान्त कहेराज़
चुनाबको माहोल नबन्दै तुहिदैछ आज
भ्रसठ नेता को बिचार कुहिदैछ आज
एउटा टुंगो लाग्नु पर्छ नत्र काहा हुन्छ
सारा नेपालीको आँसु चुहिदैछ आज
कृष्ण मन्दिर चोक

.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np
Download -
www.radiochitwan.com.np
www.facebook.com/radiochitwan
www.facebook.com/muktakmadhurima
http://chisapaninepal.blogspot.com/
http://mohanbihani.blogspot.com/
www.ashishdanai.com.np
www.muktakmadhurima.blogspot.com
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger