Home » » गजल : सौगात पुरै धर्ती आकास तिमीलाई (स्वर : राम शरण श्रेष्ठ)

गजल : सौगात पुरै धर्ती आकास तिमीलाई (स्वर : राम शरण श्रेष्ठ)

NepaliTalim | 1:24:00 PM | 0 comments
रचना : जीवन श्रेष्ठ
स्वर र संगित : राम शरण श्रेष्ठ
मधुवन साहित्यिक प्रतिस्ठानको शनिवारीय सुन्ने सुनाउने श्रृंखलामा पहिलोपल्ट चिनजान भएको गजलकार जीवन श्रेष्ठ A Jeevan Shrestha भाईले मलाई यौटा गजल गाउनको लागि अनुरोध गर्नुभएको थियो । उहाँको गजल खुबै राम्रो लाग्यो र मैले प्रयास गरेको छु कस्तो लाग्यो प्रतिकृयाको अपेक्षा राख्दछु । 
=====================
गजल : सौगात पुरै धर्ती आकास तिमीलाई
रचना : जीवन श्रेष्ठ
स्वर र संगित : राम शरण श्रेष्ठ
===========
गजल (जिविका छन्द)
सौगात पुरा धर्ती आकाश तिमीलाई
त्यो जून र ताराको प्रकाश तिमीलाई ।

ऐया नभनी हाँस्दै टेक्दै छु म काँडामा
रङ्गीन बगैँचाको आभाष तिमीलाई ।

माया अब मान्छेको भन्दा मदिराको छ
रक्सी पिउँदै भुल्ने प्रयास तिमीलाई ।

बिर्सेर सबै बाचा टाढा हुन खोज्दैछ्यौ
मेरो मनमा उस्तै विश्वास तिमीलाई ।

हारेर बिजेताको माला पहिरीएछौ
प्रेमी र पराईको स्याबास तिमीलाई ।

जीवन श्रेष्ठ
VIDEO:
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger