Home » , » राजु चालिसे "बिछोड" का ५ गजलहरू

राजु चालिसे "बिछोड" का ५ गजलहरू

NepaliTalim | 5:41:00 PM | 0 comments
1.गजल

धोका खाएँ उसैबाट ,जस्लाई  माया  गरे  धेरै ।
 कुरी बसें बाटो हरु ,......बनाउँछु भनी मेरै ।।

विश्वाश गरें भर परें ,यही हो मेरो जिबन भनी ।
सपना रैछन मेरा रहर, छिन् भर मै गयो  खेरै ।।

ऊ त खुशी होली शायद ,मायाँ गर्ने अरु  नै छ ।
समाप्त होस् मेरो जिबन ,उस्कै याद मा तड्पिएरै ।।

बुझाउन सक्दिन यो मन ,छैन आधार बुज्ने पनि ।
छोडि जाने निस्ठुरी लाई,.....बसेको छु सम्झेरै ।।

मरी गयँ भने पनि ,...गर्छु मायाँ सधैं भरी ।
 यो आत्मा मा बस्नु तिमी ,सधैं भरी धड्केरै ।।

राजु चालिसे :बिछोड"
हाल::दुबइ.......


2.गजल
हत्या हिंसा बढ्दै छ यो, शहर कस्तो अनौठो ।
काटमार मै ब्यस्त मान्छे,रहर कस्तो अनौठो ।।

आफ्नै दिदी बैनी अब, सुरक्षित छैनन् यहाँ ।
मान्छे भित्र फैलिएको , जहर कस्तो अनौठो ।। 

बलत्कार त हिजो भन्दा , आज धेरै बढ्दै छ  ।
निर्दयी भै गर्छ मान्छे , प्रहर कस्तो अनौठो ।।

हिजो मात्र होइन यहाँ,आज भोली पर्सी पनि ।
 बिग्रिदैछ मान्छे झन झन्,लहर कस्तो अनौठो ।।

हाथ जोडी आँशु झार्दै,जिबनको भिक माग्दा पनि ।
बाध्यता मै शोषण हुन्छन,कहर कस्तो अनौठो ।     

सुनी दिने कस्ले यहाँ,जान्छ की इज्जत भनी ।
पिडा मन मै साँच्नु पर्ने, डर कस्तो अनौठो ।।

राजु चालिसे "बिछोड"        
कपिलवस्तु भलवाड ८, हाल::दुबइ 

3.गजल
दुई आँखा बन्द हुन्छ तिम्रो सम्झना मा ।
हाँस्दा हाँस्दै मन रुन्छ तिम्रो सम्झना मा ।। 

यो मुटुमा तिम्रै मायाँ बोकी हिड्ने गर्छु ।
मनले धेरै सपना बुन्छ तिम्रै सम्झना मा ।। 

दुरी टाढा भएपनी घुम्छौ मेरै वरी परी ।
 मेरै दिलले बोली सुन्छ तिम्रै सम्झना मा ।।

तिम्लाई खुशी बनाउन रुन्न भन्छु तर पनि ।
 झरी आशु मुख धुन्छ तिम्रै सम्झना मा ।।

मायालु त्यो बोली सधैं पाईरहुँ तिमी बाट ।    
झर्कियौ भने मुटु छुन्छ तिम्रै सम्झना मा ।।  

राजु चालिसे "बिछोड"
कपिलवस्तु  भलवाड ८ भर्तापुर 
हाल::दुबइ  

4.गजल
आफ्नो मुटु आफै देखी छुट्दा धेरै रोएँ ।
 दैबले नि मेरो खुशी लुट्दा धेरै रोएँ ।। 

मन भित्र सजिएका  मिठा सपना हरु ।
 चक्नाचुर भई सिसा सरी फुट्दा धेरै रोएँ ।।

सँगै जुनी काट्ने भनी खाको कसमहरु ।
बिचबाटोमा आई आज टुट्दा धेरै रोएँ ।। 

जिन्दगीले खुशी लुटी आँशु  मात्र दीई ।
 एक्लो पारी आज मलाई कुट्दा धेरै रोएँ ।। 

अनायासै निर्दोस मेरो यो  जिबन मा । 
बिछोड को तुफानले  चुट्दा धेरै रोएँ ।।  
राजु चालिसे "बिछोड"    
कपिलवस्तु,भलवाड ८    
हाल:: दुबइ 

5.गजल
पराई को सिन्दुर, हालेर गयौ ।
 यो मेरो जीबन् ,गालेर गयौ ।।

सम्हाल भनी, दियँ   यो मुटु ।
 छीया छिया पारी, फालेर गयौ ।।

तिम्रै हुँ भनी खाकी थियौ कसम ।
 आर्कैलाई मन मा पालेर गयौ ।।

 गर्छु नि मायाँ, सधैं लाई भन्दै ।
 फाटेको..  मुटु, टालेर गयौ ।।

खरानी जस्तै, भएँ म आज ।
 जिउँदो यो लास, बालेर गयौ ।। 

राजु चालिसे "बिछोड"कपिलवस्तु
हाल : दुबइ 

Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger