कृष्ण अबिरल |
मैले तिम्रो गजलको भाब बुझिन
गजल प्रति तिम्रो लगाब बुझिन ॥
तिमि त साहित्य नरुचाउने मान्छे
त्यो तिम्रो गजलको किताब बुझिन ॥
आजभोलि उसैसंग देख्छु तिमिलाई
उस प्रतिको तिम्रो ,झुकाब बुझिन ॥
तिमि पनि मायाँमा परेको छौ र ?
हातमा त्यो रातो, गुलाब बुझिन ॥
एकैचोटिमै रित्यायौँ बोतल तिमिले
पानि हो कि त्यो, सराब बुझिन ॥
कृष्ण अबिरल
गितानगर-४,देबनग र..
चितवन..
गजल----(२)
उ मुस्कुराउछे, मलाई देखेपछि
नजिक आउछे, मलाई देखेपछि॥
आउ बस्न मेरै, काखमा भन्छु म
मोरि सर्माउछे, मलाई देखेपछि॥
म उनकै रुपमा, मस्त भाको बेला
थोरै लजाउछे, मलाई देखेपछि॥
असिमित प्रेम छल्किन्छ उनको अघि
लाजले डराउछे, मलाई देखेपछि॥
म उनकै नजरमा हराएको बेला
शिर झुकाउछे , मलाई देखेपछि॥
कृष्ण अबिरल
गितानगर-४,देबनग र..
चितवन..
गजल----(३)
बर्षौ पछि भेटदा पनि,प्यार उस्तै छ।
उनको मायाँ लाग्दो ,अनुहार उस्तै छ॥
कस्ति भई होलि ,सोचिरहन्थे सधै।
पहिले झै रुप रंग, आकार उस्तै छ॥
संगै हुदा जिस्किएर,रमाईलो गर्थि उ।
अहिले पनि बानि,ब्यबहार उस्तै छ॥
सधै भरि असल काम गर्नुपर्छ भन्छे।
सादा जिबन उच्च ,बिचार उस्तै छ॥
धेरै पछि आज नजर जुध्यो उनिसंग।
गाँजलु ति नजरको , प्रहार उस्तै छ॥
कृष्ण अबिरल
गितानगर-४,देबनग र..
चितवन..
गजल----(४)
जब सँगित मा मिठो सुर हुन्छ।
मलाई आनन्द भरपुर हुन्छ॥
तिमि आउछौ मदहोसि चालमा।
झन महेफिल सुमधुर हुन्छ॥
सबै कुरा भुलि अँगालिन्छौ तिमि।
तिम्रो साथ मलाई मन्जुर हुन्छ॥
मलाई छोडि जाने कुरै नगर।
तिम्रो आबश्यकता जरुर हुन्छ॥
एक्कासि म बिउझन्छु निद्राबाट।
सपना सबै चकनाचुर हुन्छ॥
कृष्ण अबिरल
गितानगर-४,देबनग र..
चितवन..
गजल----(५)
धर्ति सम्झन्छु अनि गगन सम्झन्छु।
एक्लै हुदाँ उनको, चुम्बन सम्झन्छु॥
कति छिट्टै हल्लकै बढेकि हिजो आज।
फक्रिएको उनको, यौवन सम्झन्छु॥
आज पनि पुराना यादहरु आउछन।
सँगै खेलि हुर्केको, बचपन सम्झन्छु॥
कहिले काँहि टाढा हुदाँ नआत्तिनु।
कहाँ बिर्सन्छु र, झनझन सम्झन्छु॥
हाम्रो प्रेम उदाहरण हुनुपर्छ भन्छे।
'मुना' सम्झन्छु , 'मदन' सम्झन्छु॥
कृष्ण अबिरल
(B.P. Simkhada)
गितानगर-४,देबनग र..
चितवन..
0 comments:
Post a Comment