Home » , » तोरण राईका ५ गजलहरू

तोरण राईका ५ गजलहरू

NepaliTalim | 10:59:00 AM | 0 comments
1. गजल
दिल रुठ्यो भने गजल लेख्ने
सिर्सक उठ्यो भने गजल लेख्ने

हुन्छ की हुन्न हिन्ताबोध सधैं
साहस जुट्यो भने गजल लेख्ने

काफिया नै कम, सेरहरू कहाँ
शब्दभन्डार फुट्यो भने गजल लेख्ने

सम्बन्धमा खाटो अनी यसै रचना
नाता टुट्यो भने गजल लेख्ने

चित्त नबुझाइ सर्जक माथी गलत
श्रीजना लुट्यो भने गजल लेख्ने
 

२. गजल
माया गर्छु भनेको, के ढुकढुक गर्छौ
हुन्छ या हुन्न भन के झुकझुक गर्छौ

हास्न बोल्न छाड्यौ प्रस्ताब गरे यता    
बधाइ अरु नै भए के सुकसुक गर्छौ 

ऐस्वोर्या त होइनौ नी सबै पछि परोस
म मिले ठिकै छ नी के थुकथुक गर्छौ 

जिन्दगी सूखले होइन शान्तिले कट्छ
सन्तुस्टी रोजेको छौ के लुकलुक गर्छौ

तिथी तय भो तोरनको विवाह पक्का
रित हो पराइघर जानु के हुकहुक गर्छौ 
 
३. गजल
झिलिमिली शहर छ बेकामे
धारा प्रभाह रहर छ बेकामे

मृत्‍युको मुखमा बिरामी
हेराऊ बैधानी कहर छ बेकामे

लास उठाउने जन धौ धौ
बिदेशतिर लहर छ बेकामे

मन्दिर बाहिरै सुचिकार्नी दी
सामाजको ठहर छ बेकामे

बग्छ यसै कोशी भारततिर
इनरुवा सुख्खा नहर छ बेकामे

४. गजल
भर्स्टचारी भा नोट दिन्थे त्यो पनि होइनौ 
ढुङ्गे मुटु भा चोट दिन्थे त्यो पनि होइनौ

कुरा चै गर्छौ मिठो मिठो हो,हुन्छ भनि
नेता जी भा भोट दिन्थे त्यो पनि होइनौ

निर्णय नै बन्नु पर्छ तिम्ले गर्ने सबै कुरा 
न्यायधिस भा कोट दिन्थे त्यो पनि होइनौ

सबै सहन्छु तिम्रो सौन्दर्य नै मत्लब भो
महसुस भा खोट दिन्थे त्यो पनि होइनौ

थाहा छ तिमी सँग जीवन फुल्दैन फल्दैन
गोड्मेल भा बोट दिन्थे त्यो पनि होइनौ

५. गजल
मान्छे उही नाउ परिवर्तन भएछ
स्थान उही गाऊ परिवर्तन भएछ

साग काउली मुली उस्तै बिहिबारे
मुल्य बढेर भाउ परिवर्तन भएछ

कटाइ सके थ्यो पाच पहिले नै
भेन्टीको फेरि माउ परिवर्तन भएछ

खेद्नु पर्छ पाखा पढेर के काम
मेरोझै अरुको बाउ परिवर्तन भएछ

असामी अझैनी जेथो तान्दो रैछ
हाम्रै सिन्दुरी ठाउ परिवर्तन भएछ
नाम - तोरण राई
ठेगाना - चक्चकी-७ झापा,नेपल ( हाल दोहा,कतार )
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger