Home » » विश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरेवियाको महाधिवेशन सम्पन्न

विश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरेवियाको महाधिवेशन सम्पन्न

NepaliTalim | 10:17:00 AM | 0 comments
विश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरेवियाको महाधिवेशन सम्पन्न:
 (अध्यक्षमा कमल शाही निर्मल)

विश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरेवियाको महाधिवेशन यही मार्च २८ तारिखका दिन साउदी अरेवयाको राजधानी रियादमा सम्पन्न भएको छ । प्रत्यक्ष तथा अनलाइन मार्फत साहित्यप्रेमी मित्रहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घाटन शर्तमा बोल्दै संस्थाका निवर्तमान अध्यक्ष खगेन्द्र अधिकारी अमृतले विभिन्न कठिनाईहरु सामना गर्दै अगाडी बढ्ने क्रममा आजको यो अवस्था सम्म आइपुग्नु भनेको पनि ठूलो सफलता भएको बताउदै आगामी दिनहरुमा पनि नेपाली साहित्यको श्रीबृद्धिका लागी सबै नेपाली दाजुभाइ दिदीबहिनीहरु आ आफ्नो स्थानबाट हातमा हात र साथमा साथ मिलाउनु पर्ने कुरामा जोड दिनुभएको थियो ।
यस शाखाको उन्नती र प्रगतिका लागी आफुलाई सहयोग गर्ने सम्पूर्ण कार्यसमितिका सदस्यहरु साथिहरु, केन्द्रिय समिति र सल्लाहकार मित्रहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । प्रमुख सल्लाहकार तथा अन्तराष्टिय प्रतिनिधि सागर श्रेष्ठ ज्यू बाट प्राप्त भएको शुभकामनाका शब्दसंगै विश्व नेपाली साहित्य महासंघका केन्द्रिय अध्यक्ष डा. मधु माधुर्यले उठाउनु भएको शुभकामनाका शब्दहरु पढेर सुनाउनु भएको थियो । सचिव कमल शाही निर्मलले संस्थाको प्रगति विवरण प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा साहित्यकार मित्रहरुले आ आफ्ना साहित्यिक रचनाहरु बाचन समेत गर्नुभएको थियो ।

निवर्तमान उपाध्यक्ष सुर्यविक्रम याक्खाले सस्थाको निरन्तरताको लागी आफुले गर्नुपर्न हरेक कार्यहरु गर्न पछि नपर्ने कुरामा जोड दिदै साहित्यिक संस्था भित्र कुनै राजनीतिक गन्ध आउन नहुनेमा जोड दिनु भएको थियो ।
साउदी अरेविया जस्तो देशमा बसेर हामी भौगोलिक रुपमा एकै स्थानमा प्रत्यक्ष रुपमा उपस्थित हुन कठिन रहेपछि साहित्यको कुनै पनि विधामा कुनै पनि स्थानबाट बग्न सकेको खण्डमा व्यक्तिगत र सस्थागत रुपमा साहित्यको माहौल तातिदै जाने कुरामा जोड दिनुभएको थियो कार्यक्रमका वक्ता जैवी राईले । नेपाली साहित्यको विकास बिना नेपालको विकास सम्भव नभएको बताउनु हुन्छ डोरबहादुर कार्की ।
उक्त महाधिवेशमा भेला भएका साहित्यकारहरुले कमल शाही निर्मलको अध्यक्षतामा नौ जनाको नयाँ कार्य समितिको पनि चयन गरेको । जसको उपाध्यक्ष, महासचिव सचिव, अर्थसचिवमा क्रमशः राजेन्द्र महतो, जीवन थापा, कृष्ण बहादुर सतुंगे र शिवबहादुर थापा क्षेत्री चयन हुनु भएको छ । त्यसै गरी संस्थाको नयाँ कार्यसमितिको सदस्यहरुमा जैवी राई सुस्तरी, धर्मानन्द अधिकारी, दिलकुमार श्रेष्ठ एक्ले र कुमार श्रेष्ठ चयन हुनुभएको छ ।
भेलाले पाँच जनाको सल्लाहकार समिति समेत निर्माण गरेको छ । जसमा प्रमुख सल्लाहकार सागर श्रेष्ठ र सल्लाहकारहरुमा खगेन्द्र अधिकारी अमृत डोर बहादुर कार्की सूर्यविक्रम याक्खा अञ्जना अधिकारी रहनु भएको छ ।
आगामी दिनहरुमा सस्थाको अझै उन्नती र प्रगतिको साथै नयाँ नयाँ साहित्यिक कृतिहरु तथा साहित्यकर्मीहरुको निर्माण गर्दै अगाडी बढ्नमा सबैको सहयोग र रचनात्मक सुझावहरु पाइरहने विश्वास व्यक्त गर्दै नव अध्यक्ष कमल शाही निर्मलले कार्यक्रमको समापन गर्नु भएको थियो ।

खगेन्द्र अधिकारी अमृत
साउदी अरेवीया २८ मार्च २०१३
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger