Showing posts with label सूचना र खवरहरु. Show all posts
Showing posts with label सूचना र खवरहरु. Show all posts

सूचना -संयुत्त गजल संग्रहको लागि गजल आह्वान (रोहित राना र दिप मिलन ) -02-06-2015

NepaliTalim | 2:47:00 PM | 0 comments
यति राम्रो कामको लागी हामी सबैले सहयोग गजल पठार्इ सहयोग गरौं
....
सूचना -संयुत्त गजल संग्रहको लागि गजल आह्वान
..............
नेपाली गजलले एक शताब्दी भन्दा लामो ईतिहास बोकेको कुरा हामी सबैलाई थाहा छ, यो बिचमा गजलले धेरै
उतार चढाव सफलता असफलता भोगी सकेको छ, गजलकै उत्थान र विकासका निम्ति हाम्रा कैयौ अग्रजहरुले दिलो ज्यानले अगाडि बढ्नु भयो र बढ्दै हुनुहुन्छ, यसै क्रम मा हामी नया गजल प्रेमीहरु गजलको ईतिहासमा एउटा पृथक धार सहित आउने कोसिस गरीरहेका छौ, मेरो जानकारीमा आए सम्म नेपाली गजल ईतिहासमा कहि कतै गजलकारलाई पारीश्रमिक दिएर गजल सँयुक्त गजल कृति आएको छैन त्यसैले हामी गजलको यो लहरमा एउटा सँयुक्त कृति प्रकाशन गर्दै छौ, जहाँ समेटीने गजलहरु हाम्रा का नभएर राम्राका हुनेछन ,र गजलकार सगँ गजल छापिए बापत कुनै शुल्क लिईने छैन ,बरु न्यून नै किन नहोस पारीश्रमिक स्रष्टाले पाउनेछन तसर्थ आदर्णीय गजल साधक गजलकारहरु आउनुहोस गजल विकासको यो कार्यमा मिलेर आगाडी बढौ, जस्को निम्ति केही सामान्य नियम बनाएका छौ, पूर्व सुचित नियमलाई हजुरहरुका सुझाव अनुरुप फेर बदल गरेका छौ हेर्नुहोस पढ्नुहोस उचित लागेमा सहकार्य गर्नको निम्ति हामी सदैव तयार छौ, र यसै स्टाटस मार्फत पुन: गजल सम्रेषणको निम्ति आव्हान गर्दछौ
सहभागी हुनका लागि यी सामान्य।नियम भित्र रहेर उपस्थिति भैदिनुहुन अनुरोध गर्दछौ,
१. गजल लय वा बहरमा हुनुपर्नेछ, "बहर प्राथामिकतामा पर्नेछ"
२.एकजना गजलकारले आठ ओटा गजल पठाउनु पर्नेछ जस्बाट छनौट भएका ५ गजल सङ्ग्रहमा समेटीनेछन,
३.गजल पूर्णतया आफ्नै। मौलिक हुनुपर्नेछ यदी अरु कसैको भएको पुष्टि भएमा उक्त गजल समावेश गरीने छैन,यदी सङ्ग्रह प्रकाशित पश्चात् रहस्य खुल्न आएमा जवाफदेही गजलकार स्वयँ हुनुपर्नेछ
४. गजल स्वदेश परदेशमा बस्ने जागिरे व्यापरी जो सुकैले पनि पठाउन सक्नुहुनेछ, "परीमार्जित नियम"
५. सङ्ग्रहको सर्वाधिकार गजलकारमा हुनेछ तर सँयोजन प्रकाशकको हुनेछ
६. गजल यूनिकोडा वा नेपालिमा हुनुपर्नेछ
७. गजल हामिले उपलब्ध गराएको ईमेल आई डी बाहेक अन्यत्र आएमा मान्य हुनेछैन
८. गजल पूर्ण तया सिद्धान्तमा हुनुपर्नेछ किनकी गजल छनौट गजल विज्ञबाट हुनेछ
९. गजल छनौट समितिको बारेमा गजल छनौट भए पछी मात्रै जानकारी गराउनेछौ र छनौट समितिलाई गजल नाम बिना उपलब्ध गराउनेछौ
१०. एकजनाको ५ गजल समेटीनेछ जम्मा जम्मी २० गजलकारका १०० गजल समेटीनेछन"परीमार्जित बुदाँ"
११. गजलकारले पारीश्रमिक वा हौसला स्वरूप एक गजल बराबर एक सय जम्मा जम्मी ५ गजल बरावर ५००/- पाउनेछन, "यो पारीश्रमिक अत्यन्तै न्यून हो" हामी पनि पूर्णतया व्यक्तिगत लगानी बाटै काम गरीरहेका छौ, यस्को मुख्य उद्देश्य भन्नू नै गजलमा नयाँ बाटो भित्र्याउनु हो
१२. गजल कम्तिमा ५ शेरको हुनुपर्नेछ
१३. गजल २०७२ असार मसान्त भित्र आईपुग्नुपर्नेछ, अन्यथा त्यसपछी आउने गजल छनौट प्रक्रीयामा सहभागी हुने छैनन,
गजल पठाउनका लागी
sahityesangam72@gmail.com

Producers :

दीप मिलन 
रुद्रपुर-२ पिपरिचापा 
हाल-दोहा कतार 

रोहित राना
बुटवल-१३,रुपन्देही 
३ 
सुमित्रा अधिकारी धिताल "Artimus Siru'
गोरखा नेपाल 
हाल- U S A
धन्यवाद।।
धन्यवाद।।
Source : Rohit Rana

राष्टब्यापी खुल्ला गजल प्रतियोगीता हुने सम्बन्धि सुचना

NepaliTalim | 11:09:00 AM | 0 comments

अछाम गजल महोत्सव 2071 को विनायकमा सम्पन्ऩ मुल समिति बैठकले यहि असोज 25 र 26 गते अछाममा पहिलो पटक हुन गैरहेको अछाम गजल महोत्सवमा राष्टब्यापी खुल्ला गजल प्रतियोगिता गर्ने निर्णय गरेको छ । प्रतियोगितामा भाग लिन चाहाने देश विदेशमा रहेका सम्पूर्ण ईच्छुक नेपाली गजलकारले आफ्ना एक गजल स्प्रष्ट नाम ठेगाना सहीत यहि असोज 5 गते भित्र मुल समितिलाई पेश गरिसक्नु पर्ने छ । प्रतियोगिताका लागि सिमराना, कैलालीमा रहेको विशुद्द परोपकारी सँस्था नरनन्दा परोपकार प्रतिष्ठानले पुरस्कार प्रायोजन गर्ने घोषणा गरेको ब्यहोरा सहर्ष जानकारी गराईन्छ ।
पुरस्कार
ने.रु. 10,001, 5,001 र 3,001 र प्रमाण पत्र प्रतियोगितामा क्रमश प्रथम, द्दितीय र तृतीय हुने गजललाई प्रदान गरिनेछ ।
गजल पठाउका लागी ईमेल : ushakiran.nepal@gmail.com

थप जानकारीका लागी
मो:9848476566, 9848550884, 9848476523

बृहत संयुक्त्त गजल संग्रह हैसियत र हैसियतमा गजलकार सुनिल स्पन्दनको प्रतिकृया

NepaliTalim | 10:46:00 AM | 0 comments
नमस्कार
हैसियत बृहत गजल संग्रहको बारेमा सायद धेरैले सुन्नुभएको होला । नेपाली गजल आकाशमा हालसम्मकै ठूलो कृति भनेर दाबि गरिएको यो कृति भाग एक र भाग दुई गरि दुई संस्करणमा बजारमा उपलब्ध छ । भाग एकमा ३६ र भाग दुईमा ३८ जना गजलकारहरुका २५।२५ गजलहरु समाबेश गरिएकाछन् भने यो कृती हाम्रो मझेरी साहित्य प्रतिष्ठान चितवनले प्रकाशन गरेको हो र यसका सम्पादक हुनुहुन्छ अग्रज गजलकार पुष्प अभिकारी अञ्जली । यो कृति यहि २०७१ असार १४ गते शनिवारका दिन चितवनमा भब्य समारोहका साथमा बरिष्ठ अग्रज गजलकार प्राज्ञ बुँद रानाले गर्नुभएको हो यक्त कार्यक्रममा भारतमा रहेर नेपाली गजलमा कलम निरन्तर  चलाउँदै आउनुभए गजलकार शेखर अस्तित्वलाई विशेष सम्मान प्रदान गरिएको थियो साथै चर्चित गजलकार गायक सुवास अगमले गायन प्रस्तुत गर्नुभएको थियो । सो कार्यक्रममा देशैभरिबाट अपस्थित हुनुभएका करिव १०० भन्दा बढि गजलकारहरुले आफ्नो रचना बाचन गर्नुभएको थियो । 
हैसियत बृहत गजल संग्रहमा निम्नानुसारका गजलकारहरुका गजलहरु समाबेश गरिएकाछन् ।
हैसियत १ मा सहसहभागी गजलकारहरू १.अञ्जान यात्री २.अजय पारस ३.स्पनदन खडका ४.गणेश स्मृति रोका ५.किरण कालीकोटे ६.भुपेन्द्र बि सी ७.केशव चापागाई ८.उर्मिला कोइराला ९.प्रकाशमणि खनाल १०.पुष्प अधिकारी अञ्जलि ११.दिप मिलन १२.इन्धन भनडारी १३.बिमला शर्मा १४.जे सागर १५.बाबु देवकोटा १६.आर.एस .बिद्रोही १७.रोहित राना १८.पवन घर्ती १९.बि एस पृथक २०.सौगात गजमेर २१.साबित्रा लुईटेल घिमिरे २२.रमेश भट्ट २३.सरस्वती लामिछाने २४.चन्द्रा बुढा २५.सहयोगी रविन २६.ग्यान तरामु २७.सुनिल स्पन्दन २८.रहस्य बिक्रम चिमोरिया २९.बिबश असफल ३०.कमल जलन ३१.टिकाराम सिहँ ३२.लछ्मण मिलन बिष्ट ३३.देव आवारा ३४.संङ्कल्प चन्द ठकुरी ३५.इश्वर पौडेल ३६.निश्चल प्रेमी कान्छा हैसियत २ मा सहभागी गजलकारहरूं  १.अनिता भन्डारी पौडेल २.सागर सिल्वाल ३.सुमित्राअधिकरी धिताल ४.दर्गा बनबासी ५.छवि चालिसे ६.कोमल प्रसाद भट्ट ७.रुपेश अनमोल ८.बिनोद पौडेल ९.कल्पना पौडेल जिग्यासु १०.भन्डारी दाई ११.बिकास कंडेल १३.गोविन्द भावुक १४.बिमलाअधिकारी देवकोटा १५.कुमार यात्री १६.जनक कडायत १७.राधा भट्टराई १८.कमल अर्याल १९.मानन्धर अभागी २०.राधिका कुइँकेल खनाल २१.अभिनाश थापा २२.निर्मला अर्याल २३.अञ्जान तिलक २४.अञ्जली भट्टराई २५.बज्रकुमार थुलुङ राई २६.रामचन्द्र बस्याल २७.लछ्मण तिवारी २८.धनगिरी फडेरा २९.मिनु रिजाल ३०.बसन्त अविरल प्रमोद ३१.प्रेम चापागाई ३२.युवराज सुबेदी ३३.इन्द्रसुर बेल्टारे ३४.झरीदान राई ३५.ग्यान प्रसाद अधिकारी अन्नत ३६.राजकुमारी खडका ३७.शुशिला पौडेल ३८.लोकराज अधिकारी सबै प्रिय गजलकारहरूलाई हार्दिक आभार एवं बधाई छ ।
================================================================
Sunil Spandan



भक्तपुरका गजलकार सुनिल स्पन्दन, गजल क्षेत्रमा विगत गजलका भर्खर भर्खर बहस चल्न थालेको उताढ चढाबको अवस्था २०५६/५७ करिव सालदेखी १५ वर्ष यता निरन्तर कलम चलाउनुहुँदै आउनुभएको छ उहाँ अब्बल गजल लेख्नुहुन्छ र यस क्षेत्रमा उहाँलाई भविस्यको चम्किला तारा मान्न सकिन्छ । । उहाँ आफैं हैसियतका एक गजलकार हुनुहुन्छ भने उहाँका लयमा, छन्दमा र वहरवद्ध गजलहरुको लागि सुनिल विशेष मानिन्छन् तर हैसियतमा भने उहाँका बहरवद्ध गजलहरु समावेश गरिएका रहेनछ । अब उहाँले हैसियतका  गजलकारहरुका गजल पढिसकेपछी दिनुभएको प्रतिकृया तल राखिएको छ ।


हाल सम्म प्राप्तभएका प्रतिकृयाहरु 
१. इन्धन डि.बि. भण्डारी
२. अजय पारष
३. अञ्जान यात्री

१.इन्धन डि.बी भण्डारी
१. हैसियत भाग १ मा समावेश हुनु भएका गजलकार इन्धन डि.बी भण्डारीको लागि मेरो प्रतिक्रिया
पहिले प्रेम प्रस्ताव राखिन्थ्यो, पत्र पठाएर
अहिले प्रेम प्रस्ताव राखिन्छ, बन्दुक देखाएर

माथिका यी गजलांश गजलकार इन्धन डि.बी भण्डारीका हुन् । हैसियत गजल सङ्ग्रहको विमोचन पश्चात चितवनबाट फर्किरहँदा माइक्रोमा हामी केही साथीहरूले हैसियतबाट केही गजलहरू पढ्यौ । हैसियतको पाना पल्टाउने क्रममा केहीका गजलले हाम्रा मनलाई आकर्षणमा पा¥यो । तीमध्येका एक हुन् इन्धन डि.बी भण्डारी । हामीले गजलका बारेमा चर्चा परिचर्चा गर्ने क्रममा अनलाइनमा भेटिने साथीहरू जो हैसियत बोकेर यात्रारत हुनुहुन्थ्यो उहाँहरुले पनि एक व्यक्तिको गजलको खुलेरै प्रशंसा गर्नुभयो जसको नाम थियो– इन्धन डि.बी भण्डारी । हैसियत भन्दा अगाडि मैले कहिले नसुनेको नाम र मेरो फेसबुकमा पनि साथीहरू माझ नभेटिएभएका गजलकार इन्धन डि.बी भण्डारी एक इश्र्या गर्न लायक प्रतिभा हुनुहुदोँ रहेछ उहाँका गजलहरू पढ्दै जाँदा थाहा पाएँ । केही दिन उहाँका गजलहरूमा डुबेँ ।
उहाँका गजलहरू पढ्दै जाने हो भने कहीँ कतै हाइ काट्नु पर्ने ठाउँ पाइँदैन । गजलमा सम्प्रेषण गरिएका विचार, चिन्तन र विषयहरूले २५ वटै गजललाई एकै बसाईमा सिध्याउन प्रेरित गर्दछ । गजल पढ्दै जाँदा —
कहीँ भावुक–
बाउ लाश बुझ्न लाइनमा उभिएका छन्
हातमा छोराको फोटो समाएर आँसु बगाएर (गजल नं.२३)
कहीँ उत्तेजना–
यार बन्धकी बसेर कति पो कमाउँछस् ?
र यो जिन्दगी बेचेर कति पो रमाउँछस् ? (गजल नं. ५)
भइन्छ भने,
कतै स्वैरकल्पना–
म अब यस्तो कला बनाउँदैछु
आँपको बोटमा सुन्तला बनाउँदैछु (गजल नं. १८)
कतै यथार्थ चित्रण–
कमै फर्के होलान् परदेशबाट जिन्दगी बनाएर
धेरै फर्केका छन् परदेशमै जिन्दगी गुमाएर (गजल नं. २३)
ले गजलमा पाठकलाई ध्यानाकर्षण गर्दछ । यहाँ म उहाँका सबै गजललाई साभार गरेर सक्ने अवस्थामा छैन । सबै गजलले मनलाई छोएको छ । एउटा शसक्त गजलकारको रुपमा इन्धन डि.बी भण्डारीलाई पढ्न पाएँ । उहाँको आफ्नै कृति ‘बिजारोपण’ पनि हात परोस्, पढ्न पाउँ ।
उहाँका गजलहरुमा काफिया चयन सही छ, रफिदले दिने मिठास पनि उत्तिकै छ । गजलको सिद्धान्तत हेर्ने हो भने अधिकांश गजलमा जसरी भावनाका लहरहरू बगेका छन् विश्रामको अवस्थामा गजलकार सबै जस्तो गजलमा चुक्नु भएको छ । सिद्धान्तका आधारमा रदिफ, काफिया, मतला, मक्ता, तख्खलुस आदि बुझिन्छ भने यति र गतिलाई पनि बुझ्नु आवश्यक छ । सिद्धान्तकै आधारमा बसेर पनि गजलमा नयाँ पन दिन सक्छौँ कि !
अन्तमा एक शेर
न म जन्मेको ठाउँ भेटिन्छ न गाउँ भेटिन्छ
मात्र यी आँखामा आँसुको तलाऊ भेटिन्छ
एउटा पाठकको हैसियतले मैले जे देखे त्यो पोखेँ । यो मेरो व्यक्तिगत प्रतिक्रिया हो । यसमा सहमति र विमती दुवै रहन सक्नेछन् । गजलकारलाई शुभकामना । अबको केही दिन गजलकार पवन घर्तीमगर, निर्मला अर्याल र सौगात गजमेरतिर फड्को मार्ने विचारमा छु ।
सुनिल स्पन्दन 
भक्तपुर

२.अजय पारस
हैसियत गजल संग्रह १ का दोश्रो नम्बरका गजलकार अजय पारसका लागि मेरो प्रतिक्रिया–
मलाई मन परेको गजलको शेर–
‘मुटु चल्छ, तिम्रै लागि, बन्द हुन्छ, तिम्रै लागि
परदेशी भै, टाढा हुँदा, यो मन रुन्छ, तिम्रै लागि’
यी मीठा शेरका गजल गो अजय पारसका गजलहरू आनन्दले पढेँ । समसामयिक, राजनीति, कुरिता, देशको जल्दोबल्दो समस्या र चेतनाका लागि कलम चलाउनु हुने पारसका गजलहरू मीठा छन् । उनका गजलहरूमा उनले चर्का नारा त उरालेका छैन तापनि गजलकारले भोगेका र अनुभव गरेका कुरालाई हजताका साथ गजलको संरचनाभित्र समावेश गरेका छन् । उनका गजलहरूमा काफिया र रदिफको सही समायोजन छ । तापनि एकाध ठाउँमा काफियामा झुक्किएको हो भन्ने भान हुन्छ ।
(गजल नं.१६
कहिल्यै नपाउने माया खोज्दै छु म
औँसीको रातमा जून खोज्दै छु म
प्रस्तुत मतलालाई हेर्दा काफिया दोहोरिएको पाइन्छ । यो जानाजान गजलकारले राख्नुभएको हो कि अथवा छपाईमा त्रुटी हो, गजलकारले बताउनु हुनेछ ।
त्यस्तै उनले गजलमा नया विषयको प्रयोग (गणितीय आधार) पनि गरेका छन्
वस्तु ठूलो होस वा सानो आयतनका लागि
पाइको मान बाइस अपन सात एउटै हुन्छ
भोकालाई सोध्नु ढिँडो र भात एउटै हुन्छ ......
समग्रमा उनका गजलहरुले पाठकलाई सन्तुष्टि दिन्छ । लेखनीको समीकरणलाई हेर्ने हो भने कतै कतै उनका गजलमा संरचनागत पक्षलाई कम ध्यान दिएको पनि देखिन्छ । कुनै एक शेरमा १६ अक्षरको प्रयोग गरेका छन् भने फेरि सोही गजलको मुन्तिरका शेरमा १८, १९, २१ सम्मका अक्षर प्रयोगले वाचनमा विश्रामको अवस्थामा तालमेल मिल्न सकेको छैन ।
ज्यादै शालिन तरिकाले विषय वस्तुलाई गजलमा प्रस्तुत गर्ने गजलकार अजय पारसको गजलका शेरहरुले मन छोयो र उनका गजल पढुन्जेल म आफै पनि अजय पारस भैरहेँ......धन्यवाद अजय शाह पारसज्यू मीठा मीठा गजलका लागि ।
सुनिल स्पन्दन 
भक्तपुर

३.अन्जान यात्री
हैसियत भाग १ का 1 नं श्रस्टा अन्जान यात्री
को २५ वटै गजलहरु पढें । सारै मीठो गजल लेख्नु हुने अन्जान यात्रीका गजलले मन छोयो । उहाका आधिकांश गजलहरु गैह्र मुसल्सल छन । मीठो बिम्व, विषयवस्तु र प्रस्तुतिले गर्दा उहाको गजल पढ्दा मन आनन्दित भैरह्यो भने १ नं गजल , ३ नं को गजल र १९ नं को गजलमा काफिया पत्ता लगाउन कापि र कलमको सहारा लिनु पर्ने भो तर त्येसो गरिन कारन आफू नेपाली भाषा मा पनि कम्जोर बिद्यार्थी परियो । अक्षर संरचनातिर लागिन, काफियामा येस्तो प्रयोग ठिक हो कि हैन म जान्दिन ।
गजल पढिरहदा धेरै जस्तो गजलहरु वाचनको दृस्टीले लेखियेको पाये । गजल गुनगुनाउन खोजें तर गजल गो ले प्रस्तुतिकरनमा ध्यान दिंदा येति र गतिको सहि ताल्मेल मिलाउन नसक्नाले त्यो सम्भव भयेन ।
समग्रमा गजलहरु अति हृदय स्पर्शी छन् ।पठनीय छन । गजल बिधालाइ पुरै नियम परिधिभित्र नबाधी स्वतन्त्र रुपमा उडाएका छन मित्र अन्जान यात्रीले । आगामी दिनमा अझ सशक्त गजल पढ्न पाइयोस, शुभकामना ।
म गजल सिक्ने र पढ्ने क्रममै छु । मेरो प्रतिकृयामा केही त्रुटि भएमा क्षमा माग्द्छु ।
मलाइ मन परेको उहाको एक शेर
आखामा सपना अनि जिन्दगी राखेर
आएकोछु घर जग्गा बन्धकी राखेर

४.सौगात गजमेर ‘मात्र’
हैसियत भाग १ का ३६ नं. श्रष्टा सौगात गजमेर ‘मात्र’ को लागि मेरो प्रतिक्रिया
कोही आउँछन् सताउँछन्, धेरै कुरा बताउँछन्
नीलो आकाश देखाउँछन्, जून जाँदा हटाउँछन्

यो प्यारको जादू नगर, यस्तै देख्या छु सर्वत्र
थोरै प्रेमील रमाउँछन्, प्राय आँसु खसाउँछन्

जा तँ नानी भन्दै मलाई हातमा फूल थमाएर
बुबा मनमा के सोच्छन् र मन्दिर देखाउँछन्

परदेशीले परिचय यस्तो दिन थाले अचेल
देशमै बस्नुपर्छ भन्छन् उतै ढाड सेकाउँछन्

निकै यर्थाथपरक र मीठो भाव बोकेका यी शेरहरू मित्र सौगात गजमेर ‘मात्र’ का हुन् । बालुवाडी– ८, झापा घर भई गजलको क्षेत्रमा सिर्जनशील यी गजलकार लेखनीको हिसाबले भर्खरै पाइला चाल्दै गरेको जस्तो लाग्छ । गजलको सामान्यतः सिद्धान्तलाई पालना गरी गजल लेख्नुहुने गजलकार सौगातको २५ वटा गजल पढेँ । विषयवस्तु र प्रस्तुतिकरणमा सन्तुलन नहुँदा उहाँका गजल पढिरहँदा धेरै ठाउँमा म आफै पनि गजलको भाव र लेखनीको अवस्थामा झुक्किएँ । गजलमा जसरी विषयवस्तुको जसरी उठान गरिएको छ तर लेखनीमा शिल्प पक्ष कमजोर हुँदा भन्न खोजिएको कुरा स्पष्ट छैन । गजलका शेरहरुमा जबर्जस्ती शब्दहरू कोचिएको भान हुन्छ, शायद शुरुवातका लेखाइ भएर पनि होला । 
जस्तै 
मेरो दिल साह्रै दुखाउनुभो हजुरले
थाहै नदिई व्यर्थै किन र के कसुरले
लाई
मेरो दिल साह्रै दुखाउनुभो हजुरले
पाएकोछु मैले सजाय के कसुरले 
गरेको भए अर्थको आधारमा मतला पूर्ण हुन्थ्यो कि ! गजलमा गजलको मतला आफैमा पूर्ण हुनुपर्छ भन्ने मान्यता छ । यस्ता कमजोरीहरू सौगातका गजलका मतलाहरूमा थेरै छन् । उनको 
गजलका सामान्यत संरचनालाई हेर्दा सौगात रदिफ र काफियामा पूर्णत सचेत छन् । अधिकांश गजलमा काफिया दोष छैन तर रदिफले दिने मज्जा र अर्थमा उनी अझै स्पष्ट तरिकाले अभिव्यक्ति दिन असमर्थ छन् । उनका गजल मुसलसल र ग्रैह मुसलसल दुवै थरीका छन् । सौगातले अझ शिल्प पक्षलाई जोड दिएर गजल साधनमा लाग्नुपर्ने देखिन्छ । उनी एक जागरुक गजल प्रतिभा हुन भन्ने ठम्याइका साथ आगामी दिनमा उनका रचनामा सुधार हुन भन्ने कामना गर्छु ।
पाठकका दृष्टिले केही तीतो कुरा राखेँ हुँला तर सौगातले यसलाई सकारात्मक रुपमा लिनु हुनेछ भन्ने आशा लिएको छु ।

सुनिल स्पन्दन 
भक्तपुर

Note :
प्रतिकृयाहरु क्रमस प्रकासन गरिनेछ 

प्रतियोगिताका लागि गजल आह्वान-17-06-2014

NepaliTalim | 12:10:00 PM | 1comments

प्रतियोगिताका लागि गजल आह्वान
 आगामी १४९ औँ मोतीजयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली गजल मन्चले 'अन्तर्राष्ट्रिय नेपाली गजल प्रतियोगिता, २०७१' का लागि गजल आह्वान गरेको छ । महोत्सवमा प्रथम हुने स्रष्टाले ३०० युएस डलर र प्रमाणपत्र, दोस्रो हुनेले २०० युएस डलर र प्रमाणपत्र र तेस्रो हुनेले १०० युएस डलर र प्रमाणपत्र पाउने छन् ।

प्रतियोगिताका नियमहरू :–
१. प्रतियोगीले अन्तर्राष्ट्रिय नेपाली गजल मन्चको ई–मेलमा गजल पठाउन सक्नुहुने छ ।
२. गजलको शेर सङ्ख्या कम्तीमा ४ र बढीमा ७ शेर हुनुपर्ने छ । बढी शेरका गजल प्रतयोगितामा मान्य हुने छैन ।
३. कुनै पनि राजनैतिक पूर्वाग्रह तथा गाली गलौज, साम्प्रदायिक भावनालाई प्रोत्साहित गर्ने बिचारहरू र अश्लील शब्दको प्रयोग गरिएका गजल स्वतः अस्वीकृत हुने छन् ।
४. गजल लयमा हुनुपर्ने छ (लोकलय, समआक्षरिक लय वा शास्त्रीय बहर) ।
५. एकजना गजलकारले एउटा मात्र गजल पठाउन सक्ने छ र एउटै गजलकारका एकभन्दा बढी आएका गजल स्वतः बदर हुने छन् ।
६. गजल कान्तिपुर, प्रीति या युनिकोड फन्टमा मात्र पठाउनुपर्ने छ ।
७. गजल नितान्त नयाँ र मौलिक हुनुपर्ने छ र रचनासँगै आफ्नो छोटो परिचय, पासपोर्ट साइजको फोटो र सम्पर्क ठेगाना पनि पठाउनुपर्ने छ ।
८. प्रतियोगिताको लागि प्राप्त गजल कुनै पनि साहित्यिक संजालहरूमा सम्प्रेषण भएको वा पत्रपत्रिकामा पूर्व प्रकाशित भएको पाइएमा स्वत: अस्वीकृत गरिने छ ।
९. गजलमा अरू कसैको गजलको अंश या नक्कल गरिएको पाइएमा स्वत: अस्वीकृत हुने छ ।
१०. २०७१ साउन महिनाको १० गतेसम्ममा दिइएको ठेगानामा गजल पठाइसक्नुपर्ने छ ।
११. प्रतियोगिताको निणर्यमा कुनै पनि विवाद आए अन्तिम निर्णय संयोजकको रहने छ ।

गजल पठाउने ठेगाना :

anegama2012@gmail.com

संयोजक
घनेन्द्र ओझा

निम्तो : जीवान खत्रीको "जीवान कसका लागि" विमोचन

NepaliTalim | 11:20:00 AM | 0 comments
 












मधुवन साहित्यिक प्रतिष्ठान नेपाल द्धारा गजलकार जीवन खत्रीको दोस्रो गजल संग्रह "जीवन कसका लागि" यहि मिति २०६९ चैत्र २४ गते तदनुसार ६ अप्रिल २०१३ शनिवारका का दिन बाल्मिकि क्याम्पसको हलमा ठिक दिउँसो २ बजे हुने हुँदा तपाईहरु सम्पूर्ण साहित्य प्रेमी मनहरुलाई विमोचन कार्यक्रममा उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गर्दछु । Source : Jiban Khatri

बाबु त्रिपाठीको गजल संग्रह बा पाँचौ संस्करण र सालिकहरूको देश दोस्रो संस्करण आउँदैछ

NepaliTalim | 11:10:00 AM | 0 comments
२०६९ चैत्र ३१ गते शनिबार :
(Source : Babu Tripathi)-बा पाचौँ संस्करणमा पहिलो, दोस्रो, तेस्रो, चौथो संस्करणका र १० वटा नयाँ गजल राखेको छु ।
-सालिकहरूको देश दोस्रो संस्करणमा पुराना केहीलाई हटाएर ७ वटा नयाँ कविता राखेको छु

विश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरेवियाको महाधिवेशन सम्पन्न

NepaliTalim | 10:17:00 AM | 0 comments
विश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरेवियाको महाधिवेशन सम्पन्न:
 (अध्यक्षमा कमल शाही निर्मल)

विश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरेवियाको महाधिवेशन यही मार्च २८ तारिखका दिन साउदी अरेवयाको राजधानी रियादमा सम्पन्न भएको छ । प्रत्यक्ष तथा अनलाइन मार्फत साहित्यप्रेमी मित्रहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घाटन शर्तमा बोल्दै संस्थाका निवर्तमान अध्यक्ष खगेन्द्र अधिकारी अमृतले विभिन्न कठिनाईहरु सामना गर्दै अगाडी बढ्ने क्रममा आजको यो अवस्था सम्म आइपुग्नु भनेको पनि ठूलो सफलता भएको बताउदै आगामी दिनहरुमा पनि नेपाली साहित्यको श्रीबृद्धिका लागी सबै नेपाली दाजुभाइ दिदीबहिनीहरु आ आफ्नो स्थानबाट हातमा हात र साथमा साथ मिलाउनु पर्ने कुरामा जोड दिनुभएको थियो ।
यस शाखाको उन्नती र प्रगतिका लागी आफुलाई सहयोग गर्ने सम्पूर्ण कार्यसमितिका सदस्यहरु साथिहरु, केन्द्रिय समिति र सल्लाहकार मित्रहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । प्रमुख सल्लाहकार तथा अन्तराष्टिय प्रतिनिधि सागर श्रेष्ठ ज्यू बाट प्राप्त भएको शुभकामनाका शब्दसंगै विश्व नेपाली साहित्य महासंघका केन्द्रिय अध्यक्ष डा. मधु माधुर्यले उठाउनु भएको शुभकामनाका शब्दहरु पढेर सुनाउनु भएको थियो । सचिव कमल शाही निर्मलले संस्थाको प्रगति विवरण प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा साहित्यकार मित्रहरुले आ आफ्ना साहित्यिक रचनाहरु बाचन समेत गर्नुभएको थियो ।

निवर्तमान उपाध्यक्ष सुर्यविक्रम याक्खाले सस्थाको निरन्तरताको लागी आफुले गर्नुपर्न हरेक कार्यहरु गर्न पछि नपर्ने कुरामा जोड दिदै साहित्यिक संस्था भित्र कुनै राजनीतिक गन्ध आउन नहुनेमा जोड दिनु भएको थियो ।
साउदी अरेविया जस्तो देशमा बसेर हामी भौगोलिक रुपमा एकै स्थानमा प्रत्यक्ष रुपमा उपस्थित हुन कठिन रहेपछि साहित्यको कुनै पनि विधामा कुनै पनि स्थानबाट बग्न सकेको खण्डमा व्यक्तिगत र सस्थागत रुपमा साहित्यको माहौल तातिदै जाने कुरामा जोड दिनुभएको थियो कार्यक्रमका वक्ता जैवी राईले । नेपाली साहित्यको विकास बिना नेपालको विकास सम्भव नभएको बताउनु हुन्छ डोरबहादुर कार्की ।
उक्त महाधिवेशमा भेला भएका साहित्यकारहरुले कमल शाही निर्मलको अध्यक्षतामा नौ जनाको नयाँ कार्य समितिको पनि चयन गरेको । जसको उपाध्यक्ष, महासचिव सचिव, अर्थसचिवमा क्रमशः राजेन्द्र महतो, जीवन थापा, कृष्ण बहादुर सतुंगे र शिवबहादुर थापा क्षेत्री चयन हुनु भएको छ । त्यसै गरी संस्थाको नयाँ कार्यसमितिको सदस्यहरुमा जैवी राई सुस्तरी, धर्मानन्द अधिकारी, दिलकुमार श्रेष्ठ एक्ले र कुमार श्रेष्ठ चयन हुनुभएको छ ।
भेलाले पाँच जनाको सल्लाहकार समिति समेत निर्माण गरेको छ । जसमा प्रमुख सल्लाहकार सागर श्रेष्ठ र सल्लाहकारहरुमा खगेन्द्र अधिकारी अमृत डोर बहादुर कार्की सूर्यविक्रम याक्खा अञ्जना अधिकारी रहनु भएको छ ।
आगामी दिनहरुमा सस्थाको अझै उन्नती र प्रगतिको साथै नयाँ नयाँ साहित्यिक कृतिहरु तथा साहित्यकर्मीहरुको निर्माण गर्दै अगाडी बढ्नमा सबैको सहयोग र रचनात्मक सुझावहरु पाइरहने विश्वास व्यक्त गर्दै नव अध्यक्ष कमल शाही निर्मलले कार्यक्रमको समापन गर्नु भएको थियो ।

खगेन्द्र अधिकारी अमृत
साउदी अरेवीया २८ मार्च २०१३

विश्वब्यापी गजल प्रतियोगिता

NepaliTalim | 4:28:00 PM | 0 comments
GAJAL plusmediaworld
 देश तथा परदेशमा रहेर नेपाली साहित्य सिर्जना र त्यसको प्रबर्धनमा जुट्नुभएका  तपाईं सम्पूर्ण साहित्यिक अनुरागीहरुको साहित्यिक सिर्जनाहरुलाई युगान्त बनाउने अभिप्रायलेwww.newsinnepali.com   द्वारा सन्चालन हुन लागेको विश्वाब्यापी गजल प्रतियोगितामा सहभागि भईदिनु हुन www.newsinnepali.com  सम्पूर्ण साहित्यिक मनहरुमा हार्दिक अनुरोध गर्दछ ।नेपाली साहित्य अन्तर्गतका हरेक बिधाहरु मध्ये गजल बिधा प्रतीको बढ्दो रुचीलाई मध्यनजर गर्दै यस बिधामा समर्पित साहित्यिक श्रष्टाहरुलाई गजल लेखनमा थप हौषला प्रदान गर्ने अभिप्रायले यस किसिमको प्रतियोगिता सन्चालन गरिन लागिएको हो । तपाईंहरुबाट प्राप्त भएका गजलहरु मध्ये उत्कृष्टताको आधारमा पहिलो, दोस्रो र तेस्रो स्थानमा पर्न सफल गजलहरुलाई क्रमस : १५,००० रुपैया, १०,०००  रुपैया  र ५,००० रुपैया नगद पुरस्कार स्वरुप प्रदान गरिने छ । यस किशिमको गजल प्रतियोगितालाई चरण बद्द रुपमा ६ चरण सम्म सन्चालन गरिने छ । प्रत्येक् चरणमा उत्कृष्टताका आधारमा क्रमिक रुपले  १० वटा गजलहरु लीइने छ । छैठौ चरण सम्म आईपुग्दा हामी सँग ६० वटा उत्कृष्ट गजलहरु हुनेछन । तिनै ६० वटा गजलहरुलाई समाबेश गर्दै  अन्तिममा एउटा गजल सङ्रह पुस्तक  प्रकासित्  गरिने छ । नेपाली साहित्यको जगेर्ना गर्ने साथै साहित्यिक श्रष्टाहरुलाई पुरस्क्रित गर्ने यो हाम्रो प्रयासलाई स्वैकार्दै  आफुले रचना गरेका गजलहरु हामीसम्म पुर्याई दिनुहुन फेरी पनि तपाईं समस्त साहित्यिक मनहरुमा हार्दिक अनुरोध गर्दछौ ।  गजल पठाउदा पालना गर्नुपर्ने नितिनियमहरु यसप्रकार छन ।
 १) गजल युनिकोडमा टाईप गरी पठाउनु पर्ने छ ।
 2) गजल कम्तिमा पनि ५ शेरको हुनुपर्ने छ ।
 ३) आज भन्दा अघी कही कतै प्रकासित् भईसकेको गजल  हुनु हुँदैन।
 ४) जुनसुकै लय मात्रामा लेख्न सकिने छ ।
 ५) कही कतैबाट अन्य श्रष्टाहरुको गजल साभार गरिएको पाईेएमा यस् प्रतियोगितामा स्थान दीइने छैन ।
 ६  नियमसंगत रुपमा लेखिएका गजलहरुलाई प्राथमिकता दीइने छ ।
 ७) गजल पठाउदा गजलको साथमा एक प्रती फोटो पनि सँगै पठाउनु पर्ने छ ।
 ८) गजल प्राप्त भईसक्नु पर्ने मिती नाघेर आएका गजलहरुलाई अर्को चरणमा समाबेश गरिने छ ।  
  द्रिष्टब्य :- यस प्रतियोगिताको उत्कृष्टता जाच गर्नका लागि निर्णयकका रुपमा   हामी सँग दुई माध्यम हुनेछन ।
 पहिलो निर्णायक - पहिलो निर्णायकका  रुपमा तपाईं सम्पूर्ण पाठकहरु पर्नु हुनेछ । तपाईंहरुले गर्नु भएका लाईक र प्रतिकृयाको आधारमा ५० प्रतिसत निर्णय हुनेछ । यसकालागी  www.newsinnepali.com लग अन गरी उक्त पेजको माथिलो भागमा रहेको  'बिश्वब्यापी गजल प्रतियोगिता' मा क्लिक गरी आफुलाई मन परेको गजललाई लाइक र प्रतिकृया दिन सक्नुहुनेछ ।
  दोस्रो निर्णायक- दोस्रो निर्णायकका रुपमा हामीले नेपाली साहित्य सँग सम्बन्धित ५ जना बिशेष श्रष्टाहरुलाई राख्ने छौ । उहाहरुले लाइक र प्रतिकृया बाट उत्कृष्टतामा परेका गजलहरुको स्तरियता र नियमसंगत छ या  छैनन जाँच  गरी अन्तिम रुप दिनुहुनेछ। यो निर्णय नै अन्तिम र मान्य निर्णय हुनेछ । 
गजल पठाउने ठेगाना:- 
(गजल पठाईसक्नु पर्ने अन्तिम मिती ३० नोभेम्बर २०१२ सम्म)
Source : http://www.newsinnepali.com/

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger