Home » » प्रतियोगिताका लागि गजल आह्वान-17-06-2014

प्रतियोगिताका लागि गजल आह्वान-17-06-2014

NepaliTalim | 12:10:00 PM | 1comments

प्रतियोगिताका लागि गजल आह्वान
 आगामी १४९ औँ मोतीजयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली गजल मन्चले 'अन्तर्राष्ट्रिय नेपाली गजल प्रतियोगिता, २०७१' का लागि गजल आह्वान गरेको छ । महोत्सवमा प्रथम हुने स्रष्टाले ३०० युएस डलर र प्रमाणपत्र, दोस्रो हुनेले २०० युएस डलर र प्रमाणपत्र र तेस्रो हुनेले १०० युएस डलर र प्रमाणपत्र पाउने छन् ।

प्रतियोगिताका नियमहरू :–
१. प्रतियोगीले अन्तर्राष्ट्रिय नेपाली गजल मन्चको ई–मेलमा गजल पठाउन सक्नुहुने छ ।
२. गजलको शेर सङ्ख्या कम्तीमा ४ र बढीमा ७ शेर हुनुपर्ने छ । बढी शेरका गजल प्रतयोगितामा मान्य हुने छैन ।
३. कुनै पनि राजनैतिक पूर्वाग्रह तथा गाली गलौज, साम्प्रदायिक भावनालाई प्रोत्साहित गर्ने बिचारहरू र अश्लील शब्दको प्रयोग गरिएका गजल स्वतः अस्वीकृत हुने छन् ।
४. गजल लयमा हुनुपर्ने छ (लोकलय, समआक्षरिक लय वा शास्त्रीय बहर) ।
५. एकजना गजलकारले एउटा मात्र गजल पठाउन सक्ने छ र एउटै गजलकारका एकभन्दा बढी आएका गजल स्वतः बदर हुने छन् ।
६. गजल कान्तिपुर, प्रीति या युनिकोड फन्टमा मात्र पठाउनुपर्ने छ ।
७. गजल नितान्त नयाँ र मौलिक हुनुपर्ने छ र रचनासँगै आफ्नो छोटो परिचय, पासपोर्ट साइजको फोटो र सम्पर्क ठेगाना पनि पठाउनुपर्ने छ ।
८. प्रतियोगिताको लागि प्राप्त गजल कुनै पनि साहित्यिक संजालहरूमा सम्प्रेषण भएको वा पत्रपत्रिकामा पूर्व प्रकाशित भएको पाइएमा स्वत: अस्वीकृत गरिने छ ।
९. गजलमा अरू कसैको गजलको अंश या नक्कल गरिएको पाइएमा स्वत: अस्वीकृत हुने छ ।
१०. २०७१ साउन महिनाको १० गतेसम्ममा दिइएको ठेगानामा गजल पठाइसक्नुपर्ने छ ।
११. प्रतियोगिताको निणर्यमा कुनै पनि विवाद आए अन्तिम निर्णय संयोजकको रहने छ ।

गजल पठाउने ठेगाना :

anegama2012@gmail.com

संयोजक
घनेन्द्र ओझा
Share this article :

1 comments:

Anonymous said...

मैले यो इ-मेल अाइडी यहाँ search गर्दा भेटिन , अरु कुनै माध्याम छन कि गजल प्रतियोगिता को लागि गजल पठाउन सक्ने ?
बताइ दिनु भएको भए अाभारी हुने थिए । धन्यवाद !

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger