Home » , » मेरा २५ मुक्तकहरू (राम शरण श्रेष्ठ)_11-06-2014

मेरा २५ मुक्तकहरू (राम शरण श्रेष्ठ)_11-06-2014

NepaliTalim | 3:48:00 PM | 0 comments
१. मुक्तक
बसिरहेछु समाधी उस्को प्रेममा ।
जँदैछु आफै मरी उस्को प्रेममा ।
समयले यस्तो बनाईदिएछ मलाई
म हुँ हत्यारा प्रेमी उस्को प्रेममा ।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

२. मुक्तक
मुटु फिर्ता पनि गर्न सकिएन ।
उस्कै लागि भनि मर्न सकिएन ।
धोका मैले आफै दिई आएकोछु
सिउँदो थियो खाली भर्न सकिएन ।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

३. मुक्तक
केहि बिवादहरुमाथी छलफल गर्दैछु ।
प्रेमको एउटा समिकरण हल गर्दैछु ।
उस्को र मेरो यो कथा अन्त हुँदैन
दुबै तिरका आँखाहरु सजल गर्दैछु ।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप ।

४. मुक्तक
मुटुमा हस्ताक्षर गर्न मनाही छ
गुलाब बोकी नजिक सर्न मनाही छ
मलाई अचेल प्रेमको विस्वासै लाग्दैन
फूल भन्दै काँडाहरु छर्न मनाही छ ।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

५. मुक्तक
खै के मिलेन मिलेन हामी बिच ।
कुरा त बन्दै बनेन हामी बिच ।
इन्तजार अन्तिम सम्म गरेकै हो
तर प्रेम हुँदै भएन हामी बिच । 
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

६. मुक्तक
कसैले मिठो यादहरुको बतास भनेकाछन् ।
कसैले झन् मलाई खुब उदास भनेकाछन् ।
अरे तिमीले त बुझ्ने कोसिस गर्नु पर्थ्योनी
योधड्कनले तिमीनै अन्तिम तलास भनेकाछन् ।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

७. मुक्तक
प्रयोगसाला बनायौ यो मुटुलाई
टुक्राएर जलायौ यो मुटुलाई
प्रतिपादन केकेपो गर्नको लागि
परिक्षण गरायौ यो मुटुलाई
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

८. मुक्तक
तिमी भए पुग्छ जिन्दगीको लागि ।
मैले माया गरिँन सम्पतीको लागि ।
उस्ले यति कुरा नी बुझ्नै चाहेन 
मुटु चाहिन्छ ढुकढुकीको लागि ।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

९. मुक्तक
उस्को पनि यहि बाटो जबदेखी सवारी भयो । 
मुटु हराएको सुचना उता बाट जारी भयो । 
हल्लै हल्ला उस्को मेरो गाउँ भरि फैलिएछ 
बल्लपो हामी बिच सल्लाहको तयारी भयो । 
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

१०. मुक्तक
आधुनिकता सिकी सकेछन् ।
सम्झनेहरुले बिर्सी सकेछन् ।
मेरो नामोनिसान मेटाउन भनी
दुष्मनहरुसँग मिली सकेछन् ।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

११. मुक्तक
मेरो प्रेम पत्रको उत्तर आएको छ ।
उस्ले मर भनि जवाफ पठाएको छ ।
मैले उस्लाई भगवान मानिसकेपछी
मुटु र धड्कन बाट हटाएको छ ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

१२.मुक्तक
यसरी निर्दयी भई हमला कसरी गरर्यौ खै
मलाई मृत्युदण्डको फैसला कसरी गरर्यौ खै
म त तिम्रै थिएँ सात जन्म सम्मको लागि
प्रेममा यस्तो बदला कसरी गरयौ खै
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

१३.मुक्तक
बिस्वास त आफू भन्दा बढीनै गरेथे मैले
लाग्छ जानि जानि गल्ति गरियो आफैले
आज बल्ल थाहा भयो मान्छेको आचरण
जस्लाई शिरमा राखिन्छ शिर काट्छ उसैले ।
राम शरण श्रेष्ठ

चिसापानी ६, रामेछाप

१४.मुक्तक
हँसाउन गाह्रो रुवाउन सजिलो छ ।
बनाउन गाह्रो भत्काउन सजिलो छ । 
तिमीले यति कुरा किन बुझ्दै बुझेनौ 
मिलाउन गाह्रो छुटाउन सजिलो छ । 
राम शरण श्रेष्ठ 
चिसापानी ६, रामेछाप

१५.मुक्तक
बास्तबिक लागोथ्यो, नाटक रहेछ 
प्रेम गर्नुत साह्रैनै, घातक रहेछ । 
यो बियोगान्त प्रेम कहानीको 
आफै लेखक आफैं निर्देशक रहेछ ।
राम शरण श्रेष्ठ 
चिसापानी ६, रामेछाप

१६.मुक्तक
काँडा टेकी हिँडीराथेँ फूल विछ्याईदियौ 
मलाई पारी बोलाउन पूल बनाईदियौ 
तिमी पाएँ अब यो संसार जित्नलाई
आफैलाई मौसम अनुकुल गराईदिन्छु । 
राम शरण श्रेष्ठ 
चिसापानी ६, रामेछाप

१७.मुक्तक
मन मुटु जलाउँदैन प्रेमले
मन टाढा बनाउँदैन प्रेमले
एकपल्ट तिमी यता हेरीदेउ
हाम्रो यो दुरी घटाउँदैन प्रेमले
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

१८.मुक्तक
कलेजोलाई आराम मिल्छ तिम्लाई देखेपछी
मुटुलाई नी काम मिल्छ तिम्लाई देखेपछी 
भन्नेहरु यस्तो पनि भन्छन् आज भोली 
तिम्रो मेरो तमाम मिल्छ तिम्लाई देखेपछी 
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

१९.मुक्तक
आमा बा कै भर, परि कति राख्छौ
मन सधैं बन्द, गरि कति राख्छौ
अरे एक नजर, उठाएर यता हेर
सधैं टाढा मात्र, सरि कति राख्छौ
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

२०. मुक्तक
पहिला हल्का हल्का मुस्कान पठाएथ्यो
अनि उस्ले मलाई आफनो बनाएथ्यो
पूरै नाटक रैछ सब लिला देखाउनुमा
अन्तिममा बिबाहको निम्तो थमाएथ्यो
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

२१. मुक्तक
भर्खर भएथ्यो सुरुवात आफ्नो
फूलसँग भयो मुलाकात आफ्नो
त्यसपछी थाहा भो प्रेम गर्नलाई
धेरै पो सानो रैछ जात आफ्नो ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

२२. मुक्तक
प्रेममा तप कति गरियो गरियो 
उसैको जप कति गरियो गरियो 
यो प्रेम तपस्या पूरा गर्नु अगाडी 
निद्रा हडप कति गरियो गरियो 
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

२३. मुक्तक
प्राय परिस्थिती उल्टो आउँछ
यहाँ सोचेकै चिज कस्ले पाउँछ
समय आफ्नै गतिमा हिँडिदिएर
मान्छेहरुलाई दास बनाउँछ
राम शरण श्रेष्ठ

२४. मुक्तक
काँडाले घोच्नै खोजिरहन्छ ।।
छुराले रोप्नै खोजिरहन्छ ।।
बाँच्ने शक्तिसालिहरुनै हुन्
कालले टोक्नै खोजिरहन्छ ।।
राम शरण श्रेष्ठ
चिसापानी रामेछाप
2012-09-10

२५. मुक्तक 
कालो गए गोरो आउँछ, बेकारको चिन्ता किन ।।
खुट्टा भए जुक्ता पाउँछ, बेकारको चिन्ता किन ।।
मायाँ मात्र जीवन हैन, मात्र ठान्नु एउटा पाटो
दुख जान्छ खुसि छाउँछ, बेकारको चिन्ता किन ।।
 राम शरण श्रेष्ठ
चिसापानी रामेछाप
2012-09-10
  
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger