Home » , » मनोज गिरीका ५ मुक्तकहरू- 27 June 2014

मनोज गिरीका ५ मुक्तकहरू- 27 June 2014

NepaliTalim | 9:28:00 AM | 0 comments
मनोज गिरी
छापहिले ५ गुल्मी
हाल (बुटवल बहुमुखी क्याम्पस ) बुटवल ५ रुपन्देही

.
१. मुक्तक 
खोलीको तीर बगरमा घडेरी थ्यो खारेको छु
बसेको छु जेनतेन बांसको चिमले बारेको छु
खै के सुनाउ मनका ब्यथा हटेर ती जादैनन् रे
कस्ता छन् खै बाबा आमा नयां घरमा सारेको छु
मनोज गिरी
छापहिले ५ गुल्मी
२.मुक्तक
छोरा छोरी कतै डुल्दा रुन्छिन मेरी आमा
ढिला हुदा खेल्न भुल्दा रुन्छिन मेरी आमा
कस्ती होलीन मेरी आमा आफ्नै साथ राख्न खोज्छिन
हेर्छिन मेरो मुटु फुल्दा रुन्छिन मेरी आमा
मनोज गिरी
छापहिले ५ गुल्मी
३.मुक्तक
बस्छु भन्यौ दिन्न भन्न सकिन यो दिल
खिन्न भयौ संगै म आसु झार्यौ पिल पिल
कस्तो होला तिम्रो माया साथ रोज्यौ पहिले
हास्यौ तिमी रोए म अहिले भो झिलमिल
मनोज गिरी
छापहिले ५ गुल्मी

४.मुक्तक
नेपाल देश अब ढल्न बाकी छ
किरा परि परि गल्न बाकी छ
के गरुन त् जनताले ज्युदै मारेपछि
ज्युदो लास भाछ नेपाल जल्न बाकी छ
मनोज गिरी
छापहिले ५ गुल्मी
५.मुक्तक
बिना सित्ति माया जालमा पर्दिन म भनेको छु
उसकै कारण अकालमै मर्दिन म भनेको छु
कति तरे खोलि बगर कति जंघार तर्दै थिए
उसकै लागि कात्रो भित्र झर्दिन म भनेको छु
मनोज गिरी
छापहिले ५ गुल्मी

Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger