गजलका पानाहरु -9 : (29-09-2012)- Download )- Download

NepaliTalim | 10:08:00 AM | 0 comments
GAZALKA PANAHARU : 9
कार्यक्रम : गजलका पानाहरु 

प्रस्तोता : गजल प्रेमी इन्द्रमान 
समय : हरेक शनिवार 

आज मिति 2069-असोज-13 तदनुसार 29-09-2012 का दिन गजलका विभिन्न पानाहरु पल्टाउन हाम्रो संसार रेडियोको प्रस्तुति कर्यक्रम गजलका पानाहरु लिएर कार्यक्रम प्रस्तोता गजल प्रेमी इन्द्रमान आत्मा औसिको रातमा आउनुभएको छ। आज कार्यक्रमको पहिलो बसाईमा तपाईहरुले फेसबुक पेजमा पोष्ट गर्नुभएको गजल बाचन हुनेछ । कार्यक्रम प्रति सल्लाह सुझाबहरु भए यसै कार्यक्रमको फेसबुक पेज Gazalka Panaharu मा प्रतिकृया पोष्ट गर्न सक्नुहुनेछ । कार्यक्रम उपलब्ध गरेर सहयोग गर्ने प्रस्तोता साथी लाई धेरै धेरै धन्यवाद । यो श्रीङ्खला देखी गजलका पानाहरु रेडियो हाम्रो संसार बाट प्रसारण हुनेछ । आउनुस् हामी पनि सुनौ यो कार्यक्रम
Listen and Download

Download : Click Here to Download 9

My Gazal in this episode
मान्छे सबै असल हुँदैन ।।
प्रेम हो भने छल हुँदैन ।।

यदि तिमीले पढ्दैनौं भने
मेरा शेरहरु गजल हुँदैन ।।

बुझ्नुपथ्र्यो तिम्ले पनि त
विनाकारण हलचल हुँदैन ।।

ढुङ्गे मुटु पनि पग्लिन्छ हेर
जब जून  सितल हुँदन ।।

सफलता तब धर्मराउँछ
उद्देश्य जब अटल हुँदैन ।।

दुनियाँले जे–जे भनुन् तर
"राम" प्रेममा पागल हुँदैन ।।
Copyright
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

Episode 5 : साहित्य सिर्जना 29-Sep-2012 - Download

NepaliTalim | 9:16:00 AM | 0 comments
EPISODE : FOUR -5
कार्यक्रम : “साहित्य सिर्जना 
रेडियो : रेडियो मलमला ८८.६mhz

प्रस्तोता : सुरज थापा मगर
समय : शनिबार बिहान ८.३० बजे देखि ९ बजे
फेसबुक : Facebook Page
Email : radiomalmala@gmail.com

       


साथीहरु नमस्कार ।
गीत, गजल, कविता, हाइकु, कथा, लघुकथा र सष्ट्रा परिचयको संगम कार्यक्रम “SAHITYA SIRJANA साहित्य सिर्जना” को Episode 5th श्रीङ्खला लिएर आज मिति 2069 असोज 13  गते तदनुसार 29 सेप्टेम्बर 2012 का दिन कार्यक्रम प्रस्तोता साथी सुरज थापा मगर प्राविधिक साथीको साथमा उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम अबदेखि हरेक हप्ताको शनिवार बिहान ८.३० बजे देखि ९ बजे सम्म मात्र रेडियो मलमला ८८.६ मेगाहर्जमा प्रसारण हुनेछ । यो कार्यक्रमको श्रीङ्खला उपलब्ध गरेर सहयोग गर्नुहुने साथी सुरज थापा मगरलाई धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download 5

Thank you,

Muktak Madhurima - (2069-06-11/27-09-2012) - Download

NepaliTalim | 11:23:00 AM | 0 comments
( मुक्तक मधुरिमा )
Program : Muktak Madhurima
Radio : Radio Chitwan 94.6mhz
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date : (2069-06-11/27-09-2012)

आज मिति 2069 असोज11  गते तदनुसार 27 Sep 2012 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।
Listen And Download
Download :Click Here to Download
Listen All Previous Episodes
२०६९-०६-११ गते बिहिबार तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ............
www.radiochitwan.com.np मार्फत प्रतक्ष तथा डाउनलोड गरेर पनि सुन्न सकिने .........

01-Krishna Paudyal
हार अनी जित कस्ले बनायो।
गर
्नु पर्ने रित कस्ले बनायो॥
कष्ट मात्रै र पनी उतै ध्यान।
यो माया र प्रित कस्ले बनायो॥
-कृष्ण पौड्याल बम्घा एक गुल्मी


02-Ashish Danai
गरिबलाई झुपडीकै बास नेपालमा
कसको गर्ने गरिबले आश नेपालमा
राजतन्त्र मेटिएर गणतन्त्र आयो तर
गरिबलाई कहिल्यै हुन्न खास नेपालमा
-आशीष दनाई
गाउसहर-२ दनाईगाउ, लमजुङ
listen and download muktak madhurima from www.ashishdanai.com.np


03-Mohan Bihani
पहिले सम्बन्ध सुमधुर बनायौ
इच्छा चाहना चकनाचुर बनायौ
बदनाम गरेउ मेरो यसरी तिमी कि
शहर छोड्न मजबुर बनायौ।।
copyright @ मोहन बिहानी,
भक्तिपुर-७ सर्लाही
मुक्तक मधुरिमाका अघिल्ला श्रीङ्खलाहरु सुन्न र डाउनलोड गर्नको लागि -http://mohanbihani.blogspot.com/


04-Nirdoshi Pokhrel
के देख्यौ र मलाई फसाउन खोजेकी।
सम्पति होला भनी माया बसाउन खोजेकी॥
चार माना मकै हुने खेत बारी छ मेरो।
पिरतिमा हेर मलाई डसाउन खोजेकी॥
lok bahadur pokhrel(nirdoshi)
benimanipur sardi.07 nawalprasi. Hall.mumbai


05-Raag Gazmer Raz
बिलौना धेरै भो चोटको
भूलिदेऊ ठाँउ त्यो खोटको
चल्दैन जिवन रोएर सधैं
फैलनु शीतलु झैं बोटको


06-Bishnu K Gautam
एउटा न एउटा कलाले बाँच्छ मान्छे
कि नाचेरै होस् या गलाले बाँच्छ मान्छे
सहर त निष्ठुरी हुन्छ, स्वार्थि हुन्छ
केहि नपाए गाउँमा अमलाले बाँच्छ मान्छे
बिष्णु गौतम
बाग्लुङ्ग,गल्कोट
हाल: बुटबल,रूपन्देहि


07-Amrit Shrestha
सधैं बस्ने ठाउ पनि बास हुँदैन
आफ्नै भन्नेको पनि आस हुँदैन
परिवर्तनसिल छ यो दुनियाँ सारा
थाहा छ ? समय सधैं एकैनास हुँदैन
(Amrit Shrestha pokhara 12 kaski)


08-Ram Sharan Shrestha
हतियार समाधान हैन ।।
रगत पिउने महान हैन ।।
बुद्धको मन्त्र जपेर हेर
शान्ति केवल उखान हैन ।।
राम शरण श्रेष्ठ
चिसापानी-6, रामेछाप
पुराना श्रीङ्खलाहरु चिसापानी नेपाल ब्लग
http://chisapaninepal.blogspot.com/search/label/Muktak%20Madhurima बाट सुन्न र डाउनलोड गर्न सकिन्छ ।


09-अर्जेल मायाको शागर अर्जेल
मनले चाहेजती वरदान पाउन शकीन !
तिम्रो मन मुटु भित्र छाउन शकीन
मेरा शबै खुसी दिन्छुभन्थे तिमीलाई नै
तर तिम्रो मनको मझेरी मा आउन शकीन


10-श्रीकान्त बराल कहेराज़
आऊ नेपाल बनाउने बेला भयो
बिकाशको मूल खनाउने बेला भयो
अब परदेशमा होइन, नेपाल मै बसेर
दशैँ तिहार मनाउने बेला भयो
कृष्ण मन्दिर चोक


11-Baral Suryamani
जान्छौ भने दिएको मुटु लिएर जाउ,
फाटेको मन यो तिमी सिएर जाउ।
आखिर जाने भयौ खुशि लाने भयौ,
मेरो आँखाको आँशुसबै पिएर जाउ।।


12-Rai Munkmen Ramesh मुक्तक
हो तेस्तै दुई चारको खाँचो छ.!
भुत्ते हैन लाग्ने धारको खाँचो छ..!!
छन बिग्नै नबुज्ने हरु त साथमा...!!!
तर मलाइ बुझ्ने समझ्दारको खाँचो छ.!!!!
राई"मुक्मेन"रमेश
हाल साउदी
धन्यवाद ....


13-Muna Sigdel
खुशीले साथ छोडे जस्तो भो जिन्दगी !
अनायासै यात्रा मोडे जस्तो भो जिन्दगी !!
ढकमक्क बगैचा फुलहरुको फुलबारी यो !
जरा संगै उखेलेर गोडे जस्तो भो जिन्दगी !!


14-निस्चल प्रेमी कान्छा
कोहि छन् दुबै,कतार म छु मुम्बइ शहरमा
बाध्यता हो मेरो पनी आको हैन रहरमा
सोचेजस्तो त कहाँ हुन्छ र प्रदेशमा
गलत हुन पुग्यो आज मैले गर्ने ठहरमा

निस्चल प्रेमी कान्छा
खर्ज्याङ 9 गुल्मी
हाल दृष्टि वाटिका साहित्य समाज मुम्बई भारत


15-Dipendra Chapagain
सम्झना डाँडापारी गइदिन्छ किन
आँखा पानी पानी भइदिन्छ किन
मुटु टुक्रा टुक्रा हूँदा पनि
लाखौं चोट सहिदिन्छ किन ।।
दिपेन्द्र चापागाँई, कपिलवस्तु, लुम्बिनी ।
हाल मुम्बई

16-Gobinda Acharya Maya
झुत्रे धरो गरिबको टालो फेर्ने कस्ले ?
खाली पेट रुँदै बस्दा भोको हेर्ने कस्ले ?
सस्था आयोग बन्छन जान्छन कति
देखाउने सबका दात भन्या टेर्ने कस्ले ?

-गोबिन्द आचार्य माया
बिरेन्द्रनगर -७,चितवन
हाल: साउदी अरब, अल खोबर


17-Bhola Dhital
मुक्तक लेखु भनेपनी बत्ती छैन यहाँ,,,,
उज्यालोको किरण त झन कत्ती छैन यहाँ,,,
कती बस्नु हामी यहाँ लोड्सेडिङको मार खपि,,,
नेताहरुलाई लाज सरम रत्ती छैन यहाँ,,,,
-भोला धिताल
डाछि-३ काठमान्डु


18-Saroj Dhital
रुदाँ रुदा मेरो देशको हाल के भयो?
सगरमाथा भाको देशको चाल के भयो?
विकाशमा सय बर्ष पछि पर्यो नेपाल..
भ्रष्टचारले कोपरेर ताल के भयो?
डाँछी 3 काठमाडौ


19-Bus Anta
तैले मलाई सिकैस् हिजो, आज गजल लेख्न थाले।
गजलकारको भिडमा आफ्नै तस्बिर मैले देख्न थाले।
धन्यवाद बाहेक के भनु, अरु कुनै शब्द छैन,
तैले गर्दा आजबाट मैले पैला टेक्न थाले।
basanta
chabahil 7 ktm


20-Nabaraj Kharel
जन्ति आई तिम्रो घर , भरेपछी रोए छु म।
रातो टिका फुल अक्षता , छरेपछी रोए छु म॥
केही कुरा गरिनौ है! विहे हुन लाग्दा पनी,
विस्वासमा तिम्ले घात, गरेपछी रोए छु म॥
वेहोशीभै भक्कानोमा, परेपछी रोए छु म॥
Danchhi 9 ktm
<गीत > तिम्रो त आज खुसीको पल यता छ मेरो आशु को पल ......निशा देशारको आबाज मा
संघार एल्बम बाट ..........

21-तिलक निस्कर्ष
दिन जल्यो रात जल्यो, मन पनि जल्यो प्रिया
छैनौ तिमि चौतारीको बर पिपल ढल्यो प्रिया
अस्ति भन्दा हिजो धेरै हिजो भन्दा आज गरि
मेरो मुटु तिम्रो यादमा गल्नु सम्म गल्यो प्रिया
रत्ननगर ७


22-Surya Chemjong
एउटा दाप!!दुई तरबार मिल्दैनन्
एकै साथ दुई!जीत–हार मिल्दैनन्
जति सुकै प्रयास नै,गरौँ हामी तर
कहिल्यै नदिका दुई–धार मिल्दैनन्


23-अविरल भण्डारी
धेरै माया भाको धनि तिम्रै तिम्रै रैछ प्रिय
एक्लै जिउछु भन्थे मनि तिम्रै तिम्रै रैछ प्रिय
जिन्दगीका हरपल हर क्षण सोच्नु मैले बेर्थ भयो
यो दुखीको जिबन , पनि तिम्रै तिम्रै रैछ प्रिय
कुमरोज ३ गबई



24-Thapa Kale Magar
सबै भन्दा प्यासी नजर भो।
जिन्दगी मरूभुमी शहर भो।
जिन्दगी सोचे नपुग्दो रहेछ।
जिन्दगी बाच्नै नसक्ने जहर भो।।
मनु थापा ठूलो ल्हूम्पेक एक गुल्मी हाल बिरानो शहर मुम्बई


25-Umesh Shrestha
जुन सहि छ उही बचन गर्नु होला । यदि बचन को लागि सक्षम छैन भने कमेन्ट दिनु होला ।
मुक्तक
तिमीले छाडीगयौ जब देखि
एक्लो एक्लो छु म तब देखि
एक्लै जिउने बानि परेछ मेरो
एक्लै जिउँछु म अब देखि
Copyright @ उमेश श्रेष्ठ
चिसापानी-४ रामेछाप
(गुम्सिएका मनको बहार )
www.meroconcept.blogspot.com


26-Dasuram Paudel
आँशुनै आँशुको, भेल रहेछ जीन्दगी!
फुत्कनलाई गाह्रो, जेल रहेछ जीन्दगी!!
थाहापाँए आज मैले, पीन्जडामा बन्द रैछु!
शँघर्स नै सँघर्सको, खेल रहेछ जीन्दगी!!
आँशु नै आँशुको, भेल रहाछ जीन्दगी!!!
Dasuram paudel
Dhatibang-5
arghakhanchi
hal- chandigard india


27-Mahesh Jung Thapa
मुटु भित्र लुकायर, राख्दा चट्पटायौ।
झिकि आँखामा सजाउँदा, किन छट्पटायौ।।
मन तन्कायर बाँधिराख्छु भन्दा तिम्लाई,
चरिलेझैँ पखेटा फिंजाई, किन फट्फटायौ।।।
महेश जंग थापा
कुशादेवी-4, काभ्रे
हाल, बसुन्धारा, काठमाण्डौ


28-गजल प्रेमी औसीकोरातमा इन्द्रमानआत्मा
आऊ अघी पछी आउछौ को'को मेरो
भरिन्न मायाले आत्माको डोको मेरो
भर्खर'त १७ जना संग लभ गरें मैले
जिन्दगीमा १०८ पुर्याउने धोको मेरो
hetauda makwanpur, halk- doha qatar

29-Lalu Gm
मन्दिरमा चढाउन, फुल झारेर आए।
पत्थरलाई खुःसी पार्न, फुललाई मारेर आए।।
मेटाउनलाई आको थिए, पाप आफ्नो यहाँ।
फुल टिपी फेरी आफै लाइ पाप पारेर आय
-लालु जि.एम
स्वर्गद्वारी प्युठान
हाल मलेसिया


30-Bibek Dulal मुक्तक
झुक्याएर माथि माथि गा छ
मेयर ,सभासद्,मंत्री पनि भा छ
आफ्नो लागी अकुत कमाए भइ हाल्यो
जनताको दुख उसलाई के था छ .
अस्तु :विवेक दुलाल क्षेत्री "दमक "
वास्तविक नाम :भानुभक्त दुलाल
स्थायी ठेगाना : दमक ,झापा
हाल : अबुधाबी ,यू ए इ .


31-Anupa Wasti
तिम्रो मेरो जिन्दगीको प्यार अधुरो..
विना सोचको हाम्रो घरबार अधुरो..
जिवनभरी एकअर्कालाई मायालेनै बाँधीराख्न,
तिम्रो काँधमा परेको त्यो भार अधुरो..

.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np
Download -
www.radiochitwan.com.np
www.facebook.com/radiochitwan
www.facebook.com/muktakmadhurima
http://chisapaninepal.blogspot.com/
http://mohanbihani.blogspot.com/
www.ashishdanai.com.np
www.facebook.com/piratikodori
धन्यबाद

कार्यक्रम डाउनलोड को ब्यबस्था मिलाउने साथीहरु .......
कृष्णहरि खड्का ,रेडियो चितवन ९४.६
लक्ष्मण सापकोटा ,रेडियो चितवन ९४.६
राम शरण श्रेष्ठ ,चिसापानी,६ , रामेछाप
मोहन बिहानी , भक्तिपुर ७ , सर्लाही
आशिष दनाई ,गाउँशहर-२ दनाईगाउँ, लमजुङ
ß-kash Neupane, डुमरवाना, बारा हाल UAE

गजल संगम (2069-06-10/26-09-2012 ) - Download

NepaliTalim | 5:34:00 PM | 0 comments
गजल संगम (Gazal Sangam)
मिति :   (2069-06-10/26-09-2012 )
रेडियो : ध्रुबतारा 89.8 मेगाहर्ज
बिधा : नेपाली गजल
प्रस्तोता : आर पि पोख्रेल
समय : हरेक बुधवार बेलुकी ९.१५ 
Phone : 056-526186
Website : News Chitwan
Facebook : Gazal Sangam

आज मिति 2069 असोज महिनाको 10 गते तदनुसार 26-Sep-2012 बुधबारका दिन सामुदायिक रेडियो ध्रुबतारा ८९.९ मेगाहर्ज बाट हरेक बुधबार बेलुका ९.१५ देखि १० बजेसम्म प्रसारन हुने रेडियो कार्यक्रम गजल संगम कार्यक्रम लिएर गजलमनका साथी प्रस्तोता आर पि पोख्रल र प्राविधिक मित्र श्यामको साथमा उपस्थित भएका छौं । 
गजल संगममा तपाईपनि सहभागिता जनाउन सक्नुहुन्छ जसको लागि फेसबुक पेज Gazal Sangam  गएर आफ्ना गजल पोष्ट गर्नुहोला त्यस्तै फोन गरेर पनि आफ्ना गजल बाचन गर्न सक्नुहुनेछ र  अनलाईन सुन्नको लागि News Chitwan वेबसाईट लग इन गर्नुहोला । आज गजल संगम पहिलो पल्ट लिएर आएको छु ब्लगमा । कार्यक्रम उपलब्ध गराएर सहयोग गर्नुहुने प्रस्तोता साथी आर पि पोख्रोल लाई हृदयदेखि धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download

Thank you.

गजल- पाएँभने पाउमै बास, जिउन सक्छु म

NepaliTalim | 4:34:00 PM | 0 comments
पाएँभने पाउमै बास, जिउन सक्छु म ।।
भै हजुरको दास, जिउन सक्छु म ।।

कहाँ गुड्छ र रथ, बिना दुई पाङ्ग्रा
पाए हजुरकै साथ, जिउन सक्छु म ।।

दुःख सुःख जेभएनी, संगै हिड्ने रहर
भोगेर अरुभन्दा खास, जिउन सक्छु म ।।

एक्लीनै छु म पनि, ठानी हजुरनै साहारा
बनाई मुटुकै पास, जिउन सक्छु म ।।

लेखिदिएँ मेरो, सबै सबै हजुरलाई
पाए मायाँ आभास, जिउन सक्छु म ।।
Composed Date
20th May 2010 Thrusday
6th Jestha 20667
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

कविता -रामेछापका सबै गा.वि.स.का नामहरुबाट बनेको कविता

NepaliTalim | 4:21:00 PM | 2comments


जाडो आयो घाम तापौला मन्थलीको रापमा
चैत्र लाग्दा लेक चढौला हाम्रै रामेछापमा ।

जुनारको वोटमा नाचौं ओख्रेनीमा गई
सुकाजोर, खिम्ती गई खाउँला दुध दही ।

अनारखेती गर्न थाल सुनारपानी सालु
दोरम्बा र डडुवाले फलाएछन् आलु ।

गुम्देल तिमी जल बाँड वनी अति बनी दानी
भुजी, प्रिती माया गाँस ठासे फलामखानी ।

कृष्णलाललाई जन्म दिने हाम्रै कठजोर
चिया वगान बनाउने बाम्ती, गुप्तेश्वर ।

नागदह, सैपु, गोठगाउँ अनि विजुलीकोट
नयाँ खेती गरी अव कमाउनु छ नोट ।

वेताली, नामाडी, रस्नालु अव वत्ति वाल
फुलासी,, गेलु, पुरानागाउँ गरिवलाई पाल ।

भलुवाजोर,भटौली, पकरवास फलाउ धान
खाँडादेवी तिमी बढाउ यो जिल्लाको मान ।

दिमीपोखरी, हिलेदेवी अर्को खनियापानी
माकादुम र राकाथुम यी आँखाका नानी ।

साँघुटार, देउराली, रामपुर, हिमगंगा
मझुवा नी अघि बढ मन पारेर चंगा ।

चनखु र चिसापानी हामी तिम्रै साथ
लखनपुर, टोकरपुर, गौश्वारा अघि बढाउ हात ।

पिङखुरी, चुचुरे, कुभुकास्थली, गोठपानी
अरु भन्दा कमी छैनौ अघि बढौं हामी ।

गुन्सी, फर्पु, वेथान, गागल अनि दुरागाउँ
सँगसँगै अघि बढ चलाएर नाउँ ।

बाँकी रह्यौ फेरी हामी तिल्पुङ, भीरपानी
सवैलाई सहयोग गर्छौं दयाका छौं खानी ।

तामाकोशी गाउँदै आईन संगित छ्योरोल्पा ताल
रामेछापका गहना हुन् गंगा, पुस्पलाल ।

जदौ ।

हिरालाल आचार्य ″अनारबाजे˝
सुनारपानी, रामेछाप
फोन ०४८ ५४००६९
मार्फत रविन शैलुङ
tbthapa.rabin@gmail.com
Source : http://ramechhapdistrict.com/?page_id=391

गजल-उदय भो तिम्रो, मेरो अन्त्य संगै

NepaliTalim | 4:05:00 PM | 0 comments
उदय भो तिम्रो, मेरो अन्त्य संगै ।।
बिजय भो तिम्रो, मेरो अन्त्य संगै ।।

लाग्थ्यो मायाँ मैले भन्दा, तिम्ले बढि गथ्यौ
प्रेममय भो तिम्रो , मेरो अन्त्य संगै ।।

जब हारें सर्बस्व, तिमी देखि सारा सबै
संचय भो तिम्रो, मेरो अन्त्य संगै ।।


भन्छन् जोडि माथिनै, बनेको हुन्छ रे
त्यहि तय भो तिम्रो, मेरो अन्त्य संगै ।।

ज्यानै हाँजिर थियो, त्यो भन्दा वढी लियौ
अनि अभय भो तिम्रो, मेरो अन्त्य संगै ।।
Composed Date :-
27th May 2010/2067/ Jestha 13
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

अचम्मको संसार - Episode 3 - Download

NepaliTalim | 11:48:00 PM | 0 comments
Episode : 3 (Achammaki Sansar)
अचम्मको संसार
मिति : 26-09-2012/10-06-2069
रेडियो :  रेडियो एकता 
समय : हरेक बुधवार १० बजे विहान
प्रस्तोता:  रविन कार्की

यो संसार अचम्मको छ चाहे तपाईं पत्याउनुश या नपत्याउनुश तपाईं पनी अचम्मकै हुनु हुन्छ हजुर संसार अचम्मको छ । आज मिति 10  असोज २०६९ तदनुसार 10 Sep 2012 बुधबार , आजदेखि शान्ति र सदभाबका लागि रेडियो एकता 92.4mhz को कार्यक्रम अचम्मको संसारको 2nd श्रीङ्खला लिएर कार्यक्रम प्रस्तोता रविन कार्की उपस्थित हुनुभएको छ । विश्वभरिका विभिन्न अचम्मका रोचक कुराहरुको जानकारीहरु यो कार्यक्रमको विशेषता रहनेछ ।
Listen and Download

Download : Click Here to Download 3
Thank you
 

BULBUL : EPISODE 161-(26-09-2012) Download

NepaliTalim | 10:40:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS
BULBUL EPISODE - 161

(26-Sep-2012/ 2069-06-10)
FB : Facebook Page
(आज गजल सम्वन्धि सिद्धान्तको कृष्णहरी वरालको पुस्तकबाट केहि सिद्धान्तका चर्चा सँगै तपाईहरुका गजलहरु  र सुमधुर सांगितिक गजल बिशेष  प्रस्तुति  रहनेछ ।)
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2069 असोज महिनाको 10 गते बुधवार तदनुसार 26 Sep-2012,  का दिन  एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी तथा प्राबिधिक सहयोगीका साथमा  बुलबुल प्रस्तोता अच्चुत घिमिरे उत्पादन सहयोगी दिनेश निरौलाका साथमा आज  बुलबुलको लिएर (BULBUL EPISODE - 161) लिएर उपस्थित हुनुभएको छ ।
बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।
आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।
बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । 
Listen and Download :
Listen All Previous Episodes

Thank you

भावना -जवाफ त्यहि हो, नसोध नसोध

NepaliTalim | 10:19:00 PM | 0 comments
साथीहरु गजल लेख्न खोज्दा खोज्दै भावना वनि यौटा गजल हुन नसकेका रचना आज तपाईहरु सामु राखेको छु ।

भावना
जवाफ त्यहि हो, नसोध नसोध ।।
अभाव त्यहि हो, नसोध नसोध ।।

हुँदैन हुँदैन, अहँ धोका हुँदैन
विस्वास त्यहि हो, नसोध नसोध ।।

भनेकै छु नि दोहोर्याई दोहोर्याई
माग त्यहि हो, नसोध नसोध ।।

झुकाई नजर, लजाई आएछौ
लाज त्यहि हो, नसोध नसोध ।।

टक्रयाई मुटुनै, परास्त पर्यौनी
हार त्यहि हो, नसोध नसोध ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger