गजलकार अरविन कुलुंगका ५ पाँच गजलहरू (5 Ghazals by Arbin Kulung)-28-06-2016

NepaliTalim | 2:45:00 PM | 0 comments
गजलकार अरविन कुलुंगका ५ पाँच गजलहरू
१. गजल
हरेक मान्छेमा रहर हुन्छ !! 
त्यै रहर भित्र शहर हुन्छ !!

रहर र शहर खल्बलाउने !
अन्धो प्रेमको पहर हुन्छ !!

भित्र भित्रै  खोक्रो पारिदीने !
मायालुको याद जहर हुन्छ !!

जति पिउदै गयो उति नजिक !
झन  सम्झनाको  लहर हुन्छ !!

हल्का हुन्छरे मनको बोझहरू !
शुनाउ भन्छु आशुको नहर हुन्छ !!

हरेक मान्छेमा रहर हुन्छ ।।
त्यै  रहर भित्र शहर हुन्छ ।।
अरविन कुलुंग

२.गजल
सानो बालक के जवान भएको थियो एक मुस्कान प्राण लाग्यो ।।
जिवनका रहस्यमय पाटोहरू खुल्दै जादा मुस्कान बाण लाग्यो ।।

जिन्दगीको भाग दौडमा सुखको बिकास र दुःखको कटौती गर्दा गर्दै ।
उत्सवले बनाएका यादेहरु सबै, बेदनामा त्यो मुस्कान काण लाग्यो ।।

संसार बिश्वासमा र बिश्वास मायामा अडिएको हुन्छ यस्तै बुझियो ।
जहा म जिवन खोज्दै थिए, आन्तिम खोराक मुस्कान माण लाग्यो ।।

सानो बालक के जवान भएको थियो एक मुस्कान प्राण लाग्यो ।।
जिवनका रहस्यमय पाटोहरू खुल्दै जादा मुस्कान बाण लाग्यो ।।
अरविन कुलुंग

३.गजल
मलाई हत्याको दोष छ,  फुलको !!
किन टिप्नुपर्यो दोष छ,   हुलको !!

घास दाउरा छाप्प्रो हाल्नै पर्यो ! 
बन बिनासमा दोष छ,  मुलको !!

गाउँ घर तिर निकै फैलियो औलो ।
सुत्न लापरवाही दोष छ झुलको ।।

पारी स्कुल बजार पनि उतै पर्यो ।
जिम्मेदारी भएन दोष छ पुलको ।।

मन्दिर भन्दा भट्टीमा सत्य बोन्लिछ।
लरबराउदा पाईला दोष छ, सुलको !!

मन मिले पछी माया बस्दो रहेछ !
नाकै  काट्यो  दोष छ,  कुलको !!

मलाई हत्याको दोष छ,  फुलको !!
किन टिप्नुपर्यो दोष छ,   हुलको !!
अरविन कुलुंग

४. गजल
मैले पिउने र तिमीले पिउने पानी उस्तै छ ।।
हाम्रो थरको र तिम्रो थरको नानी उस्तै छ ।।

जन्मे पछी मर्नै पर्छ हामी सबै सबैले यहाँ ।
सुख र दुःख  घर घरको कहानी उस्तै छ ।।

ठुलो र सानो उचा र निचा बनाईन्छ किन ।
प्रकृतिमा हर जिबलाई  बिहानी उस्तै छ ।।

हामी आकृति हौ माया जीवन धोका मृत्यु ।
प्रेम रोजौ घात हैन सबको जिवनी उस्तै छ ।।

मैले पिउने र तिमीले पिउने पानी उस्तै छ ।।
हाम्रो थरको र तिम्रो थरको नानी उस्तै छ ।।
अरविन कुलुंग

५. गजल
जिउन एक साथ काफी छ ।।
मर्न  एक  घात  काफी  छ ।।

यो संसार साचै बिचित्रको छ।
सड्न  एक  बात काफी छ ।।

पारी जात र जिन्दगी उस्तै ।
झर्न  एक  रात  काफी  छ ।।

जिउन एक साथ काफी छ ।। 
मर्न  एक  घात  काफी  छ ।। 
अरविन कुलुंग

Note : Copyright reserved with Writer 

मुक्तककार उत्तर कुमार साहुका ९ नाैं मुकतकहरू (9 Muktaks by Uttar Kumar Sahu) -28-06-2016

NepaliTalim | 1:05:00 PM | 0 comments
उत्तर कुमार साहु
मुक्तककार उत्तर कुमार साहुका केही मुक्तकहरू  लिएर अाएका छाैं ।
१.मुक्तक
उसको मायाको सुन्दर घर हुदाहुदै पनि ।
बाच्ने आस मनमा अक्सर हुदाहुदै पनि ।
नियतिले ठगेपछी कस्को के नै लाग्छ र ,
मर्यो बाउ आफ्नै छोरा डक्टर हुदाहुदै पनि
उत्तर कुमार साहु

२..मुक्तक
म जुनिभरी उनकै पछि लाँए भने के गर्नुहुन्छ ?
अनि उ बाट चोखो माया लगाँए भने के गर्नुहुन्छ ?
तपाई हामीलाई एक हुन दिन्न भन्नुहुन्छ सधै ,
साच्चै तपाईकी छोरी भगाँए भने के गर्नुहुन्छ ?
उत्तर कुमार साहु

३.मुक्तक
यो तन हजुरलाई , यो मन हजुरलाई ।
लाउनेछैन कहिल्यै नमिठो वचन हजुरलाई ।
पहिले साथ दियर त हेर्नुहोस एकचोटी ,
अनि सुम्पिदिन्छु छु यो जीवन हजुरलाई ।
उत्तर कुमार साहु

४.मुक्तक
कत्तिका सपना सिसाजस्तै फुटेको देखेको छु ।
अनि कत्तीको प्रेम सम्बन्ध टुटेको देखेको छु ।
अरे तिमी हाम्रो माया अजम्बरी हुन्छ भन्छौ
मैले मुना–मदनको त माया छुटेको देखेको छु ।
उत्तर कुमार साहु

५.मुक्तक
पढेलेख्या केही कुरा जान्ने हुनु पर्यो ।
कुन राम्रो कुन नराम्रो छान्ने हुनु पर्यो ।
हो मलाई यस्तै जिवनसाथी चाहिएको
मैले भन्या हरेक कुरा मान्ने हुनु पर्यो ।
उत्तर कुमार साहु

६.मुक्तक
मेरो कारण तिम्रो घरमा बवाल भयो रे ।
अनि हाम्रो माया छुटाउने चाल भयो रे ।
छुटेपछि माया , टुटेपछि सम्बन्ध हाम्रो
तिम्रो आखामा आशुको ताल भयो रे ।
उत्तर कुमार साहु

७.मुक्तक
मेरो माया अन्तै सार्छु भन्छौ रे , साच्चै होला कि रु
मलाई घर न घाटको पार्छु भन्छौ रे , साच्चै होला कि रु
अरे आजभोली छुटेको छ सम्बन्ध थाहा हुदाहुदै पनि ,
उसलाई भुल्दे नत्र मार्छु भन्छौ रे , साच्चै होला कि ?
उत्तर कुमार साहु

८.मुक्तक
दुधको दुध बनाउनु छ, पानीको पानी बनाउनु छ ।
केहि अन्जानमै त केहि जानी जानी बनाउनु छ ।
जसले हाम्रो यो चोखो मायालाई छुटाउन खोज्छ
हो कसम त्यसलाई जलाएर खरानी बनाउनु छ ।
उत्तर कुमार साहु

९.मुक्तक
बन्दुक बनाउछु भन्छे ,उसले बम बनाउछु भन्छे ।
यता छोडि उता माया धमाधम बनाउछु भन्छे ।
यस्तै भनेर खुब धम्की दिन थालेकी छ अचेल ,
उसले अब म प्रतिको माया कम बनाउछु भन्छे ।
उत्तर कुमार साहु
कार्यक्रम प्रस्तोता मुक्तक डायरी ,
लोक लहरी र प्राविधीक
रेडियो राप्ती एफ.एम सल्यान

Note : Copyrights of Above All Muktak are reserved with Writer 

Antarmanko Srijana अन्तरमनको यात्रा (2016-06-24)

NepaliTalim | 12:00:00 PM | 0 comments


Program Antarmanko Srijana
Every Friday 01:15 PM to 2:00 PM
@ Radio Arpan 104.5 MHz

RJs
Sarmila Shrestha
Live@: www.radioarpan.com.np
Record: www.radioarpan.blogspot.com
Listen and Download 

Download : Click Here to Download

पाउमै पाए बास हजुरको 
भएर जिउँला दास हजुरको
यतिनै मेरो विन्ती सुनिदिनु
बनाईदिनस् खास हजुरको
राम शरण श्रेष्ठ

सुशील पराजुली सुशील बा का ८ अाठ मुक्तकहरू (8 Eight Muktaks by Sushil Parajuli 'Sushil Ba') - 28-06-2016

NepaliTalim | 12:25:00 AM | 0 comments
१.मुक्तक
राम जस्ता छन अनि रावण जस्ता छन
मेरो देशका रक्षक विभिषण जस्ता छन
सर्बसाधरण शकुनि र युदिस्ठिर बन्छन्
नेपाली भुमिमा यि उदाहरण जस्ता छन
सुशील पराजुली सुशील बा
कपिलवस्तु - ईमिलिया
मरुभूमि को छाती
दोहा कतार बाट
नोट - विभिषण लाई देश द्रोही भनिन्छ

२.मुक्तक
मन पठाउन पाए धड्कन पठाउन पाए
सुन्दर हुन्थ्यो जीवन फर्की तिमी आए
मुटु झिकी मुटुको ठाउँमा राखी दिन्थे,
साच्चै तिम्ले म सँग चोखो माया लाए
सुशील पराजुली सुशील बा
कपिलवस्तु- ईमिलिया
हाल- मरुभूमि को छाती
दोहा कतार बाट

३.मुक्तक
खुले'आम समयले सधैं पहिचान माग्छ मेरो
समाजले ईज्जत्,युद्धले बलिदान माग्छ मेरो
यि उल्झनहरु कसरी सुल्झाउनु जिन्दगिको,
जहाँ जहाँ जान्छु त्यहाँ सावधान माग्छ मेरो
सुशील पराजुली सुशील बा
कपिलवस्तु ईमिलिया
हाल- मरुभूमि को छाती
दोहा कतार बाट
२०७३/०२/३१ गते

४.मुक्तक
ज्ञान के हो एउटा ज्ञानिलाई सोधेँ हुन्छ
र जवानी के हो जवानिलाई सोधेँ हुन्छ
पाउनु हुनेछ उत्तर, अवस्य मेरो प्रश्नको,
बिछोडको पिडा सिरानिलाई सोधेँ हुन्छ
सुशील पराजुली सुशील बा
कपिलवस्तु - ईमिलिया
हाल-मरुभूमि को छाती
दोहा कतार बाट

५.मुक्तक
जिन्दगी संघर्ष होईन उपहार हो
सबैले बाच्न पाउने अधिकार हो
मत चिन्तित छु यो दुनियाँ देखेर,
दोषी मेरोअँखा हो कि निधार हो
सुशील पराजुली सुशील बा
कपिलवस्तु -ईमिलिया
हाल- मरुभूमि को छाती
दोहा कतार बाट

६.मुक्तक
मिल्छ भने मलाई प्यार पठाईदेउ
मेरी माया दोहा कतार पठाईदेउ
मकै भट्ट कोदो फापर गुन्द्रुक सँगै
अलिकति मुस्कान अचार पठाईदेउ
सुशील पराजुली सुशील बा
कपिलवस्तु -ईमिलिया
हाल-मरुभूमि को छाती
दोहा कतार बाट

७.मुक्तक
जिन्दगी न'वार देखिन्छ न'पार देखिन्छ
मान्छेको कस्तो कस्तो अनुहार देखिन्छ
जस्लाई म हेरी सक्दैन, सधैं घृणा लाग्छ
त्यसैको अनुहार किन बारम्बार देखिन्छ
सुशील पराजुली सुशील बा
कपिलवस्तु -ईमिलिया
हाल- मरुभूमि को छाती
दोहा कतार बाट

८.मुक्तक 
आज मिठो खाने हो राम्रो लगाउने हो
कस्लाई के थाहा भोलि कस्तो हुने हो
अजिब छ दुनियाँ जन्मे पछी मर्नै पर्छ
खुशी भै बाच्ने आशा लिई सधैं रुने हो
सुशील पराजुली सुशील बा
कपिलवस्तु -ईमिलिया
हाल- मरुभूमि को छाती
दोहा कतार बाट

Note : All Rights of above muktak are reserved with Writer 

सुशील पराजुली ( सुशील बा ) काे ५ पाँच गजलहरू (5 Ghazals by Sushil Parajuli 'Sushil Ba') -27-06-2016

NepaliTalim | 12:16:00 AM | 0 comments
१.गजल
आज भोलि जवान खुशी हुन्छ जवानी देखेर!! 
अनि जवानी खुशी हुन्छे उसको मदानी देखेर!!

चर्चितछन कोहि यो सामज अनि पर्दा पछाडी!!
पानी किनेर पिउने दही घोप्टाउने बानी देखेर!

यी जिन्दगीका सफरहरु कसरी पार लगाउनु,!!
डर लाग्छ मलाई चिता जलेको खरानी देखेर! 

कोही गुलाब बोकेर आए प्रेमको नाता जोड्न,!!
मैले कसरी अस्वीकार गर्नु उसको मनोमानी देखेर!

मैले ब्यापार गर्न सुरु गरे ठुलो मान्छे बन्न,!!
दुनियाँ छक्क पर्यो दस पैसाको लगानी देखेर!
सुशील पराजुली सुशील बा
कपिलवस्तु- ईमिलिया
मरुभूमि को छाती
दोहा कतार बाट
२२/०६/२०१६

१.गजल
हिजोको गाउँ बस्ती शहर भए आज!!
सँगै पढेका साथी डाक्टर भए आज!

हात नचलाए मुखमा माड अड्किन्छ,!!
गरीब दुखी जीवन कस्ट्कर भए आज!

मलाई लाग्छ भगवान,भगवान नभएर!!
चुपचाप बस्ने एक पत्थर भए आज!

देशको निम्ति केही गर्ने ईच्छा हुदाहुदै,!!
बाध्यताले मरुभूमि तिर सफर भए आज!

जिन्दगी सम्झेर पनि बडो दिगदार लाग्छ!!
अनि आँखा बर्सेर मेरा सागर भए आज !
सुशील पराजुली सुशील बा
कपिलवस्तु ईमिलिया
मरुभूमि को छाती
दोहा कतार बाट

३.गजल
जीवन संघर्ष रहेछ मेरो दुनियाँ अगाडी छ !!
म सुरक्षित छु भनौं भने खतरा अगाडी छ !

हिजोको मुर्दा आज जिउँदो हुन्छ खै कसरी,!!
चमत्कार हो कि मसान हो आँखा अगाडी छ !

खाए बल पाखुरामा अधिक आउछ भन्छन् !!
अब अल्छिले गर्छ प्रगति सूचना अगाडी छ !

मुटु नमाग ज्यान दिन तयार छु तिम्रो प्रेममा,!!
बिश्वास गर मेरो नमुना चखेवा अगाडी छ !

एक्लाएक्लै नधाउ पधेरिमा बिचार गर कान्छी,!!
दिल चोर्नलाई माहिर सुशील बा अगाडी छ !
सुशील पराजुली ( सुशील बा )
कपिलवस्तु २-ईमिलिया 
हाल- मरुभूमि को छाती
दोहा कतार बाट

४.गजल
मलाई एउटै कुराको पश्चाताप छ जिन्दगीमा !!
आखिर किन बारम्बार धोका हुन्छ पिरतिमा !

सोच्दै छु पिरतिको हावा कस्ले चलाए होला,!!
आँखा देख्नै छोडेछन मान्छे अचेल जवानिमा !

मुटुमा बसेर मुटु धोजा धोजा पारिदिए आज, !!
जसले भन्नेगर्थें राखेछु हजुरलाई ढुकढुकिमा !

बैगुनिलाई गुन लगाए आखिर छुरा हानी गयौं !! 
पर्दैन अब मलाई नपठाउ तिम्रो याद बाडुलिमा !

थियो त्यो जमाना सोह्र दुना आठ भन्ने गर्थे, !!
जति शिक्षित भए युवा त्यति पुग्छन खाडीमा !
सुशील पराजुली ( सुशील बा ) 
कपिलवस्तु २- ईमिलिया
हाल- मरुभूमि को छाती
दोहा कतार बा

५.गजल
केही गर्न खोज्छु खुट्टा तान्ने आफ्ना छन मेरा !!
ओठमा थोरै मुस्कान मनमा धेरै पीडा छन मेरा !

मैले भगवान पुज्न छोडी सके, तिमी के भन्छौं,?!!
कसम भगवान भन्दा माहान 'बा'आमा छन मेरा !

मलाई पुग्नुछ त्यो सगरमाथा को चुचुरो सम्म, !!
कसरी पुग्ने होला कठिन पैदल यात्रा छन मेरा !

जुटिरहे अनगिन्ती चोट घटेनन पुकार्नु कस्लाई?!!
यो मरुभूमिमा नत,भगवान, नत अल्ला छन मेरा !

कुनामा बसेर दुनामा खानेले अझै फुर्ति लाउछन!!
अध्यरोमा पनि टक टक देख्ने आँखा छन मेरा !
सुशील पराजुली ( सुशील बा )
कपिलवस्तु -२ ईमिलिया
हाल- मरुभूमि को छाती 
दोहा कतार बाट 

Note : Copyright of Above ghazals are reserved with Writer 

श्रृंखला 209 : वहकिने मन Bahakine Man (20-06-2016/2073-03-06) : Download

NepaliTalim | 11:33:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN -209
Thaha Sanchar Network Presents
DATE : (20-06-2016/2073-03-06)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Facebook : Bahakine Man 
http://thahasanchar.com/


नमस्कार,

आज मिति 2073 असार 06 तदनुसार 20-June-2016 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 209 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen on YouTube

2 Songs by Rajan Pokhrel गीतकार राजन पोखरेलका २ दुर्इ गीतहरू (18-06-2016)

NepaliTalim | 9:29:00 PM | 0 comments
राजन पोखरेल 
१. गीत 
कुन फूल टिपि आजा भोलि सिउरिएर हिडछौ शिरमा
टोलाई बस्छौ एक्लै एक्लै छौ कि क्या हो पिरै पिरमा।।

बसन्त ले छोएपछी ओठमा लाली चढेपछी
यस्तै हुन्छ सायद सबलाई जवानी यो बढेपछी
मीठो मीठो सपना बोकि एनासगै लजाउछौ
आफ्नै स्वपनिल ससारलाई मनै भरी सजाउछौ।

फूलै जस्तो रैछ जीवन फूलेपछी झरी जाने
सपनिल सपना सबै अन्तै कतै सरि जाने।
रंग हुँदै फूलहरु देउतालाई चढाउनु 
जीवन एउटा फूलबारी हो त्यसैलाई बढाउनु।।
राजन पोखरेल 
राजकुन्ज
मोरङ

२. गीत 
मेरो जस्तो तिम्रो मन रैन रैछ सानू
चोखो माया भन्थे म त हैन रैछ सानू।।

बाद्यतामा पर्यौ कि त मलाई छोडेकी हौ 
सारा संसार आफ्नै मनले या त तोडेकी हौ
फूलै भनी माया दिए काडा पर्यो हात
जूनै पनि छुन्छु भन्थे पुरै परो रात।

मेरो संसार उनकोलागी भयो यता वारि 
बिधाताले उनलाई अब उता लग्यो तारी
उनी सगै हासी सधै दिप जलाउनु
मेरो याद आउने मनमा छुरी चलाउनु।।
राजन पोखरेल 

राजकुन्ज मोरङ

Episode 28 : Muktak Diary मुक्तक डायरी (15-06-2016/2073-03-01) : Download

NepaliTalim | 2:43:00 PM | 0 comments
रेडियो राप्तीको प्रस्तुती 
मुक्तक विशेष कार्यक्रम 
हरेक : बुधवार बेलुका ९.१५ देखि
Every : Wednesday 9.15pm
(15-06-2016/2073-03-01) 


नमस्कार साथीहरु, 
आज मिति 2073 असार 01 गते तदनुसार 15-June-2016 का दिन   सामुदायीक रेडियो राप्ती एफ.एम.१०४.८ मेगाहर्ज सल्यान र प्रकृति एफ.एम. ९३.४ मेगाहर्ज दाङबाट एकैसाथ हरेक बुधबार राती ९ः१५ देखि ९ः५५ वजेसम्म प्रसारण हुने मुक्तक विशेष कार्यक्रम मुक्तक डायरी लिएर कार्यक्रम प्रस्तोता उपस्थित उत्तर कुमार साहु हुनुभएको छ । आजको यो कार्यक्रममा पनि तपाईहरुले पठाएका मुक्तकहरु वाचन भएका छन । सुनेर कस्तो लाग्छ प्रतिकृया खिनुहोला है त । कार्यक्रम सुनेर प्रतिकृया दिनुहुनेनै छ । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download
Listen at YoUTube

गजलको कार्यक्रम बुलबुल BULBUL 352 (15-06-2016/2073-03-01) : Download

NepaliTalim | 1:38:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
Nepali Ghazal Program 
गजलको कार्यक्रम बुलबुल 
BULBUL EPISODE - 352
Host : Achyut Ghimire Bulbul   
Date  : 15-06-2016/2073-03-01) 

नमस्कार,
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2073 असार 01 गते तदनुसार 
15-June-2016 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 352) लिएर उपस्थित हुनुभएको छ । 

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई । 

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
बिशेष सूचना 
२०७० असोज १३ (29-Sep-2013 गतेदेखि आइतबारिय नयाँ बुलबुल सुरुभएको थियो, त्यसपछि २०७० माघ १८ (01-Feb-2014) गतेदेखि शनिबार सारेर श्रृंखला १९ नयाँ बुलबुल प्रसारण हुँदै आएकोमा मिति २०७१ मंसिर २७ (13 Dec 2014) गते देखि नयाँ बुलबुलको श्रृंखला अन्त भएको छ । अब केवल हप्तामा बुधकार मात्र बुलबुल प्रसारण भइरहेको छ। विगतका नयाँ बुलबुल सुन्नको लागि -Click Here to Listen New Bulbul All (61) Episodes
Listen and Download (Right Click and save)

Listen at YouTube

श्रृंखला 208 : वहकिने मन Bahakine Man (13-06-2016/2073-02-31) : Download

NepaliTalim | 1:21:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN -208
Thaha Sanchar Network Presents
DATE : (13-06-2016/2073-02-31)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone: 01 4350831
Facebook : Bahakine Man 
http://thahasanchar.com/


नमस्कार,

आज मिति 2073 जेठ 31 तदनुसार 13-June-2016 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 208 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen at YouTube

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger