Home » » 2 Songs by Rajan Pokhrel गीतकार राजन पोखरेलका २ दुर्इ गीतहरू (18-06-2016)

2 Songs by Rajan Pokhrel गीतकार राजन पोखरेलका २ दुर्इ गीतहरू (18-06-2016)

NepaliTalim | 9:29:00 PM | 0 comments
राजन पोखरेल 
१. गीत 
कुन फूल टिपि आजा भोलि सिउरिएर हिडछौ शिरमा
टोलाई बस्छौ एक्लै एक्लै छौ कि क्या हो पिरै पिरमा।।

बसन्त ले छोएपछी ओठमा लाली चढेपछी
यस्तै हुन्छ सायद सबलाई जवानी यो बढेपछी
मीठो मीठो सपना बोकि एनासगै लजाउछौ
आफ्नै स्वपनिल ससारलाई मनै भरी सजाउछौ।

फूलै जस्तो रैछ जीवन फूलेपछी झरी जाने
सपनिल सपना सबै अन्तै कतै सरि जाने।
रंग हुँदै फूलहरु देउतालाई चढाउनु 
जीवन एउटा फूलबारी हो त्यसैलाई बढाउनु।।
राजन पोखरेल 
राजकुन्ज
मोरङ

२. गीत 
मेरो जस्तो तिम्रो मन रैन रैछ सानू
चोखो माया भन्थे म त हैन रैछ सानू।।

बाद्यतामा पर्यौ कि त मलाई छोडेकी हौ 
सारा संसार आफ्नै मनले या त तोडेकी हौ
फूलै भनी माया दिए काडा पर्यो हात
जूनै पनि छुन्छु भन्थे पुरै परो रात।

मेरो संसार उनकोलागी भयो यता वारि 
बिधाताले उनलाई अब उता लग्यो तारी
उनी सगै हासी सधै दिप जलाउनु
मेरो याद आउने मनमा छुरी चलाउनु।।
राजन पोखरेल 

राजकुन्ज मोरङ
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger