Home » » सुशील पराजुली सुशील बा का ८ अाठ मुक्तकहरू (8 Eight Muktaks by Sushil Parajuli 'Sushil Ba') - 28-06-2016

सुशील पराजुली सुशील बा का ८ अाठ मुक्तकहरू (8 Eight Muktaks by Sushil Parajuli 'Sushil Ba') - 28-06-2016

NepaliTalim | 12:25:00 AM | 0 comments
१.मुक्तक
राम जस्ता छन अनि रावण जस्ता छन
मेरो देशका रक्षक विभिषण जस्ता छन
सर्बसाधरण शकुनि र युदिस्ठिर बन्छन्
नेपाली भुमिमा यि उदाहरण जस्ता छन
सुशील पराजुली सुशील बा
कपिलवस्तु - ईमिलिया
मरुभूमि को छाती
दोहा कतार बाट
नोट - विभिषण लाई देश द्रोही भनिन्छ

२.मुक्तक
मन पठाउन पाए धड्कन पठाउन पाए
सुन्दर हुन्थ्यो जीवन फर्की तिमी आए
मुटु झिकी मुटुको ठाउँमा राखी दिन्थे,
साच्चै तिम्ले म सँग चोखो माया लाए
सुशील पराजुली सुशील बा
कपिलवस्तु- ईमिलिया
हाल- मरुभूमि को छाती
दोहा कतार बाट

३.मुक्तक
खुले'आम समयले सधैं पहिचान माग्छ मेरो
समाजले ईज्जत्,युद्धले बलिदान माग्छ मेरो
यि उल्झनहरु कसरी सुल्झाउनु जिन्दगिको,
जहाँ जहाँ जान्छु त्यहाँ सावधान माग्छ मेरो
सुशील पराजुली सुशील बा
कपिलवस्तु ईमिलिया
हाल- मरुभूमि को छाती
दोहा कतार बाट
२०७३/०२/३१ गते

४.मुक्तक
ज्ञान के हो एउटा ज्ञानिलाई सोधेँ हुन्छ
र जवानी के हो जवानिलाई सोधेँ हुन्छ
पाउनु हुनेछ उत्तर, अवस्य मेरो प्रश्नको,
बिछोडको पिडा सिरानिलाई सोधेँ हुन्छ
सुशील पराजुली सुशील बा
कपिलवस्तु - ईमिलिया
हाल-मरुभूमि को छाती
दोहा कतार बाट

५.मुक्तक
जिन्दगी संघर्ष होईन उपहार हो
सबैले बाच्न पाउने अधिकार हो
मत चिन्तित छु यो दुनियाँ देखेर,
दोषी मेरोअँखा हो कि निधार हो
सुशील पराजुली सुशील बा
कपिलवस्तु -ईमिलिया
हाल- मरुभूमि को छाती
दोहा कतार बाट

६.मुक्तक
मिल्छ भने मलाई प्यार पठाईदेउ
मेरी माया दोहा कतार पठाईदेउ
मकै भट्ट कोदो फापर गुन्द्रुक सँगै
अलिकति मुस्कान अचार पठाईदेउ
सुशील पराजुली सुशील बा
कपिलवस्तु -ईमिलिया
हाल-मरुभूमि को छाती
दोहा कतार बाट

७.मुक्तक
जिन्दगी न'वार देखिन्छ न'पार देखिन्छ
मान्छेको कस्तो कस्तो अनुहार देखिन्छ
जस्लाई म हेरी सक्दैन, सधैं घृणा लाग्छ
त्यसैको अनुहार किन बारम्बार देखिन्छ
सुशील पराजुली सुशील बा
कपिलवस्तु -ईमिलिया
हाल- मरुभूमि को छाती
दोहा कतार बाट

८.मुक्तक 
आज मिठो खाने हो राम्रो लगाउने हो
कस्लाई के थाहा भोलि कस्तो हुने हो
अजिब छ दुनियाँ जन्मे पछी मर्नै पर्छ
खुशी भै बाच्ने आशा लिई सधैं रुने हो
सुशील पराजुली सुशील बा
कपिलवस्तु -ईमिलिया
हाल- मरुभूमि को छाती
दोहा कतार बाट

Note : All Rights of above muktak are reserved with Writer 
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger