राजन पोखरेल |
बिर्सु भन्छु तिम्रै रुपको याद झनै बडछ
सोर्ह्र सृगार गरि बस्छौ नशा त्यसै चडछ।।
मिर्मिरेको किरण हौ कि चम्की दिने लाली तिमी
कस्ले झार्यो यो धर्तिमा स्वर्ग कि त्यो माली तिमी
मन्द मन्द मुस्कान उनको खुस्किरहने हासो पनि
धन्य ईश्वर पठाएछौ मेरै लागि नासो पनि।
मधुर छ है स्वर उनको सङीतको धुन जस्तो
उनकै सामु फिक्का देख्छु आकाशको जून कस्तो
निलो निलो गगनमा उनकै रुप देख्छु म त
संसारले गुनगुनाउने उनकै गीत लेख्छु म त।।
राजन पोखरेल
राजकुन्ज,मोरङ
२. गीत
आगोले नि भन्दा धेरै किन यो मन जलेको छ
थाहा छैन यो दिल किन भित्र भित्रै गलेको छ।।
उनकै नाउँमा साह्रा खुशी संगालेर राखेको थे
मन्दिर गइ हजार हजार ईश्वर पनि भाकेको थे
उडाएर किन लग्यौ देखेका ती सपना दैब
सहेकै छु सबै मैले तिम्ले लेखेका ती लीला दैब।।
मेरो दिल झिकी दिन्छु तिमी खुशी हुने भए
जागा भइ आकाश हेर्छु जूनतारा छुने भए
न फुटाउनु मनको भेल बगि जाने खोला सरि
न टुटाउनु प्यासी मन खेल सम्झी जीवन भरी।।
राजन पोखरेल
राजकुन्ज,मोरङ
Note :
Copy Rights of Above Songs are reserved with Writer
0 comments:
Post a Comment