Home » » शिशिर नेपालीको गजल-पुर्णिमा झै मेरि मायालु जून किन चाहियो -09-06-2016

शिशिर नेपालीको गजल-पुर्णिमा झै मेरि मायालु जून किन चाहियो -09-06-2016

NepaliTalim | 4:07:00 PM | 0 comments
शिशिर नेपाली
पुर्णिमा झै मेरि मायालु जून किन चाहियो ! 
बोली त्यसै मधुर छ धुन किन चाहियो !!

हिमाल हास्यो बिहानिको रातो लालिमा !
हिरा जस्तै दन्त लहर सुन किन चाहियो !!

बाह्रमास फुलेको छ उनको मुहारमा !
झर्ने फूल फुलाउने मनसुन किन चाहियो !!

मदिरा हो कि दोषी उनको हेराइ होला ?
नजरको बन्दी भएँ कानुन किन चाहियो !!

धड्कन चल्न छोड्छ होला उनी नहुदा !
नसानसामा उनी डुल्छिन् खुन किन चाहियो
शिशिर नेपाली

बेनी, नेपाल
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger