Home » , , » शार्दुलविक्रित छन्दमा गजलकार दीप मिलनको गजल गायन -यो आगो किन झोसियो घर भरी सारा खरानी भयो -09-06-2016

शार्दुलविक्रित छन्दमा गजलकार दीप मिलनको गजल गायन -यो आगो किन झोसियो घर भरी सारा खरानी भयो -09-06-2016

NepaliTalim | 6:55:00 PM | 0 comments
Deep Milan
शार्दुलविक्रित छन्दमा गजलकार दीप मिलनको गजल गायन
................
यो आगो किन झोसियो घर भरी सारा खरानी भयो। 
गर्दै छौ किन युद्ध यो मनपरी सारा खरानी भयो।।। 
-
सुस्ताको तन बेचियो विलिन भो पल्लो किनारातिर,
रुन्छिन् यी जननी अहो! धरधरी सारा खरानी भयो।।
-
मेरो सुन्दर देशको लुटिन गो सौन्दर्य लाली कला,
के आशा छ छरोस् ध्वजा फरफरी सारा खरानी भयो!!
-
राख्दै छौ किन द्वेष भेद मनमा डाँडा पखेरासित,
के नाता सब चर्कियो चरचरी सारा खरानी भयो।।
-
ए साथी बिधवा बन्यो रहर यो रित्तो छ पाखा पनि,
झर्दै छन् भल आँशुका झरझरी सारा खरानी भयो।।
दीप मिलन
रुद्रपुर रुपन्देही
हाल दोहा कतार
१३ जेष्ठ २०७३
Listen and Download (Right click and Save As)

Download : Click Here to Download
Listen at YouTube
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger