Home » » सुशील पराजुली ( सुशील बा ) काे ५ पाँच गजलहरू (5 Ghazals by Sushil Parajuli 'Sushil Ba') -27-06-2016

सुशील पराजुली ( सुशील बा ) काे ५ पाँच गजलहरू (5 Ghazals by Sushil Parajuli 'Sushil Ba') -27-06-2016

NepaliTalim | 12:16:00 AM | 0 comments
१.गजल
आज भोलि जवान खुशी हुन्छ जवानी देखेर!! 
अनि जवानी खुशी हुन्छे उसको मदानी देखेर!!

चर्चितछन कोहि यो सामज अनि पर्दा पछाडी!!
पानी किनेर पिउने दही घोप्टाउने बानी देखेर!

यी जिन्दगीका सफरहरु कसरी पार लगाउनु,!!
डर लाग्छ मलाई चिता जलेको खरानी देखेर! 

कोही गुलाब बोकेर आए प्रेमको नाता जोड्न,!!
मैले कसरी अस्वीकार गर्नु उसको मनोमानी देखेर!

मैले ब्यापार गर्न सुरु गरे ठुलो मान्छे बन्न,!!
दुनियाँ छक्क पर्यो दस पैसाको लगानी देखेर!
सुशील पराजुली सुशील बा
कपिलवस्तु- ईमिलिया
मरुभूमि को छाती
दोहा कतार बाट
२२/०६/२०१६

१.गजल
हिजोको गाउँ बस्ती शहर भए आज!!
सँगै पढेका साथी डाक्टर भए आज!

हात नचलाए मुखमा माड अड्किन्छ,!!
गरीब दुखी जीवन कस्ट्कर भए आज!

मलाई लाग्छ भगवान,भगवान नभएर!!
चुपचाप बस्ने एक पत्थर भए आज!

देशको निम्ति केही गर्ने ईच्छा हुदाहुदै,!!
बाध्यताले मरुभूमि तिर सफर भए आज!

जिन्दगी सम्झेर पनि बडो दिगदार लाग्छ!!
अनि आँखा बर्सेर मेरा सागर भए आज !
सुशील पराजुली सुशील बा
कपिलवस्तु ईमिलिया
मरुभूमि को छाती
दोहा कतार बाट

३.गजल
जीवन संघर्ष रहेछ मेरो दुनियाँ अगाडी छ !!
म सुरक्षित छु भनौं भने खतरा अगाडी छ !

हिजोको मुर्दा आज जिउँदो हुन्छ खै कसरी,!!
चमत्कार हो कि मसान हो आँखा अगाडी छ !

खाए बल पाखुरामा अधिक आउछ भन्छन् !!
अब अल्छिले गर्छ प्रगति सूचना अगाडी छ !

मुटु नमाग ज्यान दिन तयार छु तिम्रो प्रेममा,!!
बिश्वास गर मेरो नमुना चखेवा अगाडी छ !

एक्लाएक्लै नधाउ पधेरिमा बिचार गर कान्छी,!!
दिल चोर्नलाई माहिर सुशील बा अगाडी छ !
सुशील पराजुली ( सुशील बा )
कपिलवस्तु २-ईमिलिया 
हाल- मरुभूमि को छाती
दोहा कतार बाट

४.गजल
मलाई एउटै कुराको पश्चाताप छ जिन्दगीमा !!
आखिर किन बारम्बार धोका हुन्छ पिरतिमा !

सोच्दै छु पिरतिको हावा कस्ले चलाए होला,!!
आँखा देख्नै छोडेछन मान्छे अचेल जवानिमा !

मुटुमा बसेर मुटु धोजा धोजा पारिदिए आज, !!
जसले भन्नेगर्थें राखेछु हजुरलाई ढुकढुकिमा !

बैगुनिलाई गुन लगाए आखिर छुरा हानी गयौं !! 
पर्दैन अब मलाई नपठाउ तिम्रो याद बाडुलिमा !

थियो त्यो जमाना सोह्र दुना आठ भन्ने गर्थे, !!
जति शिक्षित भए युवा त्यति पुग्छन खाडीमा !
सुशील पराजुली ( सुशील बा ) 
कपिलवस्तु २- ईमिलिया
हाल- मरुभूमि को छाती
दोहा कतार बा

५.गजल
केही गर्न खोज्छु खुट्टा तान्ने आफ्ना छन मेरा !!
ओठमा थोरै मुस्कान मनमा धेरै पीडा छन मेरा !

मैले भगवान पुज्न छोडी सके, तिमी के भन्छौं,?!!
कसम भगवान भन्दा माहान 'बा'आमा छन मेरा !

मलाई पुग्नुछ त्यो सगरमाथा को चुचुरो सम्म, !!
कसरी पुग्ने होला कठिन पैदल यात्रा छन मेरा !

जुटिरहे अनगिन्ती चोट घटेनन पुकार्नु कस्लाई?!!
यो मरुभूमिमा नत,भगवान, नत अल्ला छन मेरा !

कुनामा बसेर दुनामा खानेले अझै फुर्ति लाउछन!!
अध्यरोमा पनि टक टक देख्ने आँखा छन मेरा !
सुशील पराजुली ( सुशील बा )
कपिलवस्तु -२ ईमिलिया
हाल- मरुभूमि को छाती 
दोहा कतार बाट 

Note : Copyright of Above ghazals are reserved with Writer 
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger