Home » » गजलकार अरविन कुलुंगका ५ पाँच गजलहरू (5 Ghazals by Arbin Kulung)-28-06-2016

गजलकार अरविन कुलुंगका ५ पाँच गजलहरू (5 Ghazals by Arbin Kulung)-28-06-2016

NepaliTalim | 2:45:00 PM | 0 comments
गजलकार अरविन कुलुंगका ५ पाँच गजलहरू
१. गजल
हरेक मान्छेमा रहर हुन्छ !! 
त्यै रहर भित्र शहर हुन्छ !!

रहर र शहर खल्बलाउने !
अन्धो प्रेमको पहर हुन्छ !!

भित्र भित्रै  खोक्रो पारिदीने !
मायालुको याद जहर हुन्छ !!

जति पिउदै गयो उति नजिक !
झन  सम्झनाको  लहर हुन्छ !!

हल्का हुन्छरे मनको बोझहरू !
शुनाउ भन्छु आशुको नहर हुन्छ !!

हरेक मान्छेमा रहर हुन्छ ।।
त्यै  रहर भित्र शहर हुन्छ ।।
अरविन कुलुंग

२.गजल
सानो बालक के जवान भएको थियो एक मुस्कान प्राण लाग्यो ।।
जिवनका रहस्यमय पाटोहरू खुल्दै जादा मुस्कान बाण लाग्यो ।।

जिन्दगीको भाग दौडमा सुखको बिकास र दुःखको कटौती गर्दा गर्दै ।
उत्सवले बनाएका यादेहरु सबै, बेदनामा त्यो मुस्कान काण लाग्यो ।।

संसार बिश्वासमा र बिश्वास मायामा अडिएको हुन्छ यस्तै बुझियो ।
जहा म जिवन खोज्दै थिए, आन्तिम खोराक मुस्कान माण लाग्यो ।।

सानो बालक के जवान भएको थियो एक मुस्कान प्राण लाग्यो ।।
जिवनका रहस्यमय पाटोहरू खुल्दै जादा मुस्कान बाण लाग्यो ।।
अरविन कुलुंग

३.गजल
मलाई हत्याको दोष छ,  फुलको !!
किन टिप्नुपर्यो दोष छ,   हुलको !!

घास दाउरा छाप्प्रो हाल्नै पर्यो ! 
बन बिनासमा दोष छ,  मुलको !!

गाउँ घर तिर निकै फैलियो औलो ।
सुत्न लापरवाही दोष छ झुलको ।।

पारी स्कुल बजार पनि उतै पर्यो ।
जिम्मेदारी भएन दोष छ पुलको ।।

मन्दिर भन्दा भट्टीमा सत्य बोन्लिछ।
लरबराउदा पाईला दोष छ, सुलको !!

मन मिले पछी माया बस्दो रहेछ !
नाकै  काट्यो  दोष छ,  कुलको !!

मलाई हत्याको दोष छ,  फुलको !!
किन टिप्नुपर्यो दोष छ,   हुलको !!
अरविन कुलुंग

४. गजल
मैले पिउने र तिमीले पिउने पानी उस्तै छ ।।
हाम्रो थरको र तिम्रो थरको नानी उस्तै छ ।।

जन्मे पछी मर्नै पर्छ हामी सबै सबैले यहाँ ।
सुख र दुःख  घर घरको कहानी उस्तै छ ।।

ठुलो र सानो उचा र निचा बनाईन्छ किन ।
प्रकृतिमा हर जिबलाई  बिहानी उस्तै छ ।।

हामी आकृति हौ माया जीवन धोका मृत्यु ।
प्रेम रोजौ घात हैन सबको जिवनी उस्तै छ ।।

मैले पिउने र तिमीले पिउने पानी उस्तै छ ।।
हाम्रो थरको र तिम्रो थरको नानी उस्तै छ ।।
अरविन कुलुंग

५. गजल
जिउन एक साथ काफी छ ।।
मर्न  एक  घात  काफी  छ ।।

यो संसार साचै बिचित्रको छ।
सड्न  एक  बात काफी छ ।।

पारी जात र जिन्दगी उस्तै ।
झर्न  एक  रात  काफी  छ ।।

जिउन एक साथ काफी छ ।। 
मर्न  एक  घात  काफी  छ ।। 
अरविन कुलुंग

Note : Copyright reserved with Writer 
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger