Home » » गीतकार राजन पोखरेलका दुर्इ २ गीतहरू -06-06-2016

गीतकार राजन पोखरेलका दुर्इ २ गीतहरू -06-06-2016

NepaliTalim | 5:35:00 PM | 0 comments
१.गीत
घाम जूनको बिचमा राम्रो फुल्दा रै छन फूल हजार चोखो माया लाउनेहरले गर्दा रै छन भुल हजार ।। माया मीठो,मीठो हुन्छ टाढा टाढा हुँदा खेरी दुई मुटु एकै होला जब तिम्ले छुदा खेरी।। घाम जुनको नाता सरि चलिरहोस हाम्रो प्रीत मुना मदन जस्तै गुन्जोस युगौ युग हाम्रो गीत।। चोखो माया के हो भनी दुनियाँलाई देखाउनु छ कथा बनाई युगौ युग इतिहास लेखाउनु छ।। शुन्यतामा पनि एउटा नयाँ बस्ती बसाउ हामी पिइ साह्रा दुख पीडा दुनियाँलाई हसाउ हामी ।। राजन पोखरेल राज कुन्ज मोरङ

२. गीत
उनले जस्तो मैले माया लाको भए हुन्थियो होला सार्न पाए यो दिल त्यता बल्ल उनलाई छुन्थियो होला। खुकुरीलाई थाहा हुन्न कति दुख्छन घाउहरु आधी आउँदा छाल सगै कति डुब्छन नाउँहरु घाम छाया जस्तै जीवन ताराहरु झरिरहन्छन चोखो माया लाउने मदन सधैं यहाँ मरिरहन्छन उनले जस्तै मैले पनि यो मन सधैं फेर्न पाए धन्य हुन्थियो होला जीवन उनको खुशी हेर्न पाए भेट्ने भए उनलाई भन्दिनु है मेरो हाल तिम्रै लागी बिताउछ रे महिना अनि अझै साल।। राजन पोखरेल राजकुन्ज मोरङ
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger