Episode : 122 (यो साँझ यो सुबाश-02-12-2014) - Download

NepaliTalim | 11:17:00 AM | 0 comments
YO SANJH YO SUBASH    
(02-12-2014 /2071-08-16)  
प्रस्तोता : प्रदिप गिरि    
कार्यक्रम : यो साँझ यो सुबाश     
Email : hajurkopatra@gmail.com     
Website : http://ransimedia.com     
Facebook : YSYS Facebook Page


आज मिति 2071 मंसिर 16 गते तदनुसार 02-Dec-2014 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको Episode-122 औ श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु  प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (RansiMedia) को साथमा उपस्थित भएका छौं । 

रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल  भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र  विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल,प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । साथ आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि आइ-फोन/ एन्रोइड/ विनडोज फोन : 
√ Nepali Audio Book
√ Nepali FM
√ My Nepal
नेपालका रेडियोहरु:
1. रेडियो एक्सप्रेस, नेपालगंज (सोमबार ९ बजे)
2. रेडीयो ईन्द्रेणी, दाड० (बुधबार ८ बजे)
3. खस्यौली एफ एम, बुटवल (बुधबार ९ बजे)
4. रेडीयो रेसुड०गा, गुल्मी (बिहिबार ९ बजे)
5. रेडीयो फिक्कल, ईलाम (शुक्रबार ९ बजे)
6. रेडीयो बुद्ध आवाज, कपिलवस्तु (सोमबार साँझ ६:३० बजे)
7. रेडियो तरंग, पोखरा (बिहिबार ९:१५ बजे )
8. रेडियो तुलसीपुर्, दाङ (बिहिबार ९:१५ बजे )
9. रेडियो कोहलपुर, बाके (शनिबार ९:१५ बजे )
10.रेडियो जलजला, रोल्पा (शुक्रबार ९:१५ बजे )
11.रेडियो पालुङ्ग, मकवानपुर (बुधबार ) 
12. सामुदायिक रेडियो वालिङ्ग, स्याङ्गजा (मंगलबार ) 
13. रेडियो हाम्रो मालिका, कैलाली (मंगलबार)
14. रेडियो त्रिबेणी, चितवन (शनिबार) 
15.गुराँस एफ एम ज्१०७.५ राती बुधबार ९.१५
16.कपिलबस्तुको रेडियो परिवर्तन ८९ मेगाहर्ज
17.कन्चनपुरको रेडियो पहिचान १०५.३ मेगाहर्ज
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

Episode : 121 (यो साँझ यो सुबाश-25-11-2014) - Download

NepaliTalim | 11:14:00 AM | 0 comments
YO SANJH YO SUBASH    
(25-11-2014 /2071-08-09)  
प्रस्तोता : प्रदिप गिरि    
कार्यक्रम : यो साँझ यो सुबाश     
Email : hajurkopatra@gmail.com     
Website : http://ransimedia.com     
Facebook : YSYS Facebook Page


आज मिति 2071 मंसिर 09 गते तदनुसार 25-November-2014 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको Episode-121 औ श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु  प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (RansiMedia) को साथमा उपस्थित भएका छौं । 

रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल  भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र  विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल,प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । साथ आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि आइ-फोन/ एन्रोइड/ विनडोज फोन : 
√ Nepali Audio Book
√ Nepali FM
√ My Nepal
नेपालका रेडियोहरु:
1. रेडियो एक्सप्रेस, नेपालगंज (सोमबार ९ बजे)
2. रेडीयो ईन्द्रेणी, दाड० (बुधबार ८ बजे)
3. खस्यौली एफ एम, बुटवल (बुधबार ९ बजे)
4. रेडीयो रेसुड०गा, गुल्मी (बिहिबार ९ बजे)
5. रेडीयो फिक्कल, ईलाम (शुक्रबार ९ बजे)
6. रेडीयो बुद्ध आवाज, कपिलवस्तु (सोमबार साँझ ६:३० बजे)
7. रेडियो तरंग, पोखरा (बिहिबार ९:१५ बजे )
8. रेडियो तुलसीपुर्, दाङ (बिहिबार ९:१५ बजे )
9. रेडियो कोहलपुर, बाके (शनिबार ९:१५ बजे )
10.रेडियो जलजला, रोल्पा (शुक्रबार ९:१५ बजे )
11.रेडियो पालुङ्ग, मकवानपुर (बुधबार ) 
12. सामुदायिक रेडियो वालिङ्ग, स्याङ्गजा (मंगलबार ) 
13. रेडियो हाम्रो मालिका, कैलाली (मंगलबार)
14. रेडियो त्रिबेणी, चितवन (शनिबार) 
15.गुराँस एफ एम ज्१०७.५ राती बुधबार ९.१५
16.कपिलबस्तुको रेडियो परिवर्तन ८९ मेगाहर्ज
17.कन्चनपुरको रेडियो पहिचान १०५.३ मेगाहर्ज
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

श्रुति शंबेगबाट राजन मुकारुङको उपन्यास "दमिनी भीर" : Download

NepaliTalim | 2:26:00 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति :"दमिनी भीर" 
लेखक : राजन मुकारुङ
विधा : उपन्यास
रेडियो :उज्यालो ९० मेगाहर्ज
बाचक :अच्युत घिमिरे


२०६९ वर्ष भरि प्रकाशित कृतिहरुमध्ये बाट राजन मुकारुङको चर्चित उपन्यास दमिनी भीरलाई सर्बोकृष्ट कृतिलाई प्रदान गरिने मदन पुरस्कार प्रदान गरिएको थियो । 

नमस्कार,
उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ५४ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति २०७० असोज १८ गते तदनुसार ०४ अक्टोबर २०१३ शुक्रबारका मदन पुरस्कारप्राप्त कृती राजन मुकारुङको चर्चित उपन्यास दमिनी भीर लिएर कार्यक्रम प्रस्तोता उपस्थित हुनुभएको छ । दमिनी भीरमा मुकारुङले संक्रमणकालीन नेपाली समाजको बस्तुगत अवस्था, मनोबिज्ञान र व्यवहारलाई नौलो शैलीमा प्रस्तुत गर्नु भएको छ । मदन पुरस्कार गुठीका अनुसार सिमान्तीकृत नेपाली जनजीवनको जीवन्त चित्रण गरी आख्यान साहित्यमा विशिष्ट योगदान पुर्‍याए वापत दमिनी भीर’ शीर्षकको उपन्याका लागि राजन मुकारुङलाई प्रदान गर्ने निर्णय गरियो’ गूठीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
अबदेखीका केही हप्ताको शुक्रबार निरन्तर यो उपन्यास बाचन हुनेछ । सल्लाह सुझाबको लागि तपाई श्रुति शंबेगमा shrutisambeg@unn.com.np मेल पठाउन सक्नुहुन्छ । यो उपन्यासको श्रोत रेडियो उज्यालो ९० मेगाहर्जको वेबसाईट उज्यालो अनलाईन डट कम http://ujyaaloonline.com/ हो । (Listen and Download Damini Veer written by Rajan Mukarang from Shrutisambeg)
Listen and Download
Episode 1 :(04-10-2013/2070-06-18)

Episode 2 :(11-10-2013/2070-06-25)

Download :Click Here to Download Episode 2
Episode 3 :(18-10-2013/2070-07-01)

Download :Click Here to Download Episode 3
Episode 4:(25-10-2013/2070-07-08)

Download :Click Here to Download Episode 4
Episode 5:(01-11-2013/2070-07-14)

Download :Click Here to Download Episode 5
Episode 6:(08-11-2013/2070-07-22)

Download :Click Here to Download Episode 6
Episode 7:(15-11-2013/29-07-2070)

Download :Click Here to Download Episode 7
Episode 8 :(29-11-2013/2070-08-14)

Download :Click Here to Download Episode 8
Episode 9:(06-12-2013/2070-08-21)

Download :Click Here to Download Episode 9
Episode 10 :(13-12-2013/2070-08-28)

Download :Click Here to Download Episode 10
Episode 11 :(20-12-2013/2070-09-05)

Download :Click Here to Dpwnload Episode 11
Episode 12:(27-12-2013/2070-09-12)

Download :Click Here to Download Episode 12
Episode 13 :(03-01-2014/2070-09-19)

Download : Click Here to Download Episode 13
Episode 14 : (10-01-2014/2070-09-26)-Last

Download : Click Here to Download Episode 14



खोजमूलक जीवनीहरूको संग्रह 'काँडाघारीका फूलहरू' : Download

NepaliTalim | 2:24:00 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति :"काँडाघारीका फूलहरू" 
लेखक :हर्क खडायत 
विधा :जीवनीहरूको संग्रह 
रेडियो :उज्यालो ९० मेगाहर्ज
बाचक :अच्युत घिमिरे
स्रोत :उज्यालो ९० मेगाहर्ज

नमस्कार,
उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ५४ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति २०७० श्रावण २५ तदनुसार ०९ अगस्ट २०१३ शुक्रवारका, आजदेखी रेडियो उज्याले नेटवर्कमा रहेका ५४ एफ एम स्टेशनहरुबाट एकै पल्ट आजदेखी केही हप्ता खोजमूलक जीवनीहरुको संग्रह काँडाघारीका फूलहरु बाचन हुनेछ । रामदेव पाण्डेद्वारा लिखित विभिन्न देशका चौध जना फरक क्षमता भएका अपाङ्ग व्यक्तिहरुको जीवनमा आधारित कृति काँडाघारीका फूलहरु’ हो त्यसमध्ये साहित्यकार पारिजात, लेखक झमक घिमिरे,  शिक्षा दिने गुरु कृष्णप्रसाद पौड्याल, एक खुट्टाले नृत्य प्रस्तुत गर्ने रश्मी खरेल, मीना पौडेल र सुधा चन्द्रन गरी छ नेपाली  छन् । त्यसैगरी जर्मनीका लुड्विग भ्यान बिथोभेन, फ्रान्सका लुइ ब्रेल, अमेरिकाका जेसिका कक्स, अष्टे लियाका निक भुजिसिक, हेलेन केलर, विल्मा रुडोल्फ र स्टेफन विलियम हकिङको जीवनीलाई पुस्तकमा समेटिएको छ ।

ऐरावती प्रकाशन प्रालिले बजारमा ल्याएको हो भने उक्त कृतिको राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी, नेकपा (एमाले) प्रचार विभाग प्रमुख प्रदीप ज्ञवाली, साहित्यकार डा. रामप्रसाद ज्ञवाली र पुस्तकका तीन पात्रहरु मीना पौड्याल, रश्मी खरेल र कृष्ण पौडयालले संयुक्त रुपमा सार्वजनिक गर्नुभएको थियो ।
Listen and Download Kadagharika Phoolharu 
आज पहिलो श्रृंखलामा हेलन केलरको जीवनी बाचन हुनेछ ।
Episode 1 :(09-08-2013/2070-04-25)
आज हामी दोस्रो श्रृंखलामा नेपालकी रश्मी खरेलकी जीवनी बाचन हुनेछ ।
Episode 2 :(16-08-2013/2070-04-32)

Download :Click Here to Download Epiosde 2

आज तेस्रो श्रृंखलामा कृष्ण प्रसाद पौडेलको जीवनी बाचन हुनेछ ।
Episode 3 :(23-08-2013/2070-05-07)

Download :Click Here to Download Episode 3

रेडियो नेपालको गजल गंगा (2071-07-25/11-11-2014) : Download

NepaliTalim | 1:40:00 PM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा 
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
Facebook : Facebook Page  

Web : Radio Nepal 
Date :(2071-07-25/11-11-2014)


नमस्ते साथीहरु,

आज मिति  2071 कार्तिक 25 तदनुसार 11-Nov-2014 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।
Listen and Download

Download : Click Here to Download

Muktak Madhurima (2071-08-04/20-11-2014) - Download

NepaliTalim | 10:58:00 AM | 0 comments
Radio : Radio Arpan 104.5 
Time : Thrusday 9.15pm
Host : Ramu Acharya

Date :  (2071-08-04/20-11-2014)


आज मिति 2071 मंसिर 04 गते तदनुसार 20-Nov 2014 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो अर्पण १०४.५ मेगाहर्जबाट बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download

विवश एस.बि चौलागाईंका १५ पन्ध्र मुक्तकहरू (21-Nov-2014)

NepaliTalim | 10:01:00 AM | 0 comments

१.मुक्तक एक
नब बर्ष नेपालीको घर आगन मा डुल्न सकोस ।
दु:ख कष्ट अशान्ति ले बर्षैभरी भुल्न सकोस ।
बिहानिको किरण सगै मिठो मुस्कान दिई ।
आशाको फुलहरु गुलाफ झै फुल्न सकोस ।
२०६०-०१-०१
विवश एस.बि चौलागाईं
हेटैंडा-५ हाल बनेपा-१०

२.मुक्तक दुई
दुई दिन मात्र बग्ने बर्षादको भेल हो जीवन ।
एक्लो एक्लो हैन दुई आत्माको मेल हो जीवन।
कहिले जित त कैले हार भईनै रहन्छ।
प्रतिस्पर्धात्मक रमाइलो खेल हो जीवन।
विवश एस.बि चौलागाईं
हेटैंडा-५ हाल बनेपा-१०


३.मुक्तक तीन
भिरको बाटो हिड्नु पर्छ डोर्याउने हात चाहियो।
एक्लो जिबन अन्धकार छ एउटा साथ चाहियो।
दुई दिन मात्र वास्ना दिने गुलाफ को फुल हैन।
जिन्दगीको यात्रा भरी सम्झाउने बात चाहियो।
२०६८-०७-१७
विवश एस.बि चौलागाईं
हेटैंडा-५ हाल बनेपा-१०

४.मुक्तक चार
ट्याप्प टाँस्ने जिन्दगी लाई खोटो चाहियो।
समय लाई सुहाउँदो भोटो चाहियो।
छुट्टीएर तिमि पर पर भएपनी ।
सम्झना लाई मेटाउन फोटो चाहियो ।
२०६८-०७-२०
विवश एस.बि चौलागाईं
हेटैंडा-५ हाल बनेपा-१०

५.मुक्तक पाँच
सेतो कागज अनि कलम मेरो साथी ।
मुटु माझ घाउ लाग्दा मलम मेरो साथी।
शहर छ्दा काम आनि पढाइ मै बेस्त।
गाउँमा सगै बस्ने सलाम मेरो साथी ।
२०६९-०७-२०
विवश एस.बि चौलागाईं
हेटैंडा-५ हाल बनेपा-१०

६.मुक्तक छ
तलको पाइट तलै झर्न थाल्यो।
माथिको टिसर्ट माथी सर्न थाल्यो।
हातमा एउटा मोबाइल बोक्दैमा।
फोनबाटै पनि लभ पर्न थाल्यो।
२०६९-११-०२
विवश एस.बि चौलागाईं
हेटैंडा-५ हाल बनेपा-१०

७.मुक्तक मुक्तक
सात एता आउन भनी मलाई बोलाएउर आँए।
मन मुटुका बाचाकसम खोलाएउर आएँ।
भोलिका ती योजनामा रमाउदै थिए ।
मै तिर हेर्दाहेर्दै टोलाएउ र आएँ।
२०६९-११-०२

८.मुक्तक आठ
तिम्रो दिलमा बसेर रमाउन आउला।
अनगिन्ती माया कमाउन आउला।
नबोलाइ आयो भनी रिसानी त हुन्न।
मुटुमा बसेर सगरमाथा समाउन आउला।
२०६९-११-०२
विवश एस.बि चौलागाईं
हेटैंडा-५ हाल बनेपा-१०

९.मुक्तक नौ
बाटो पुरै जाम थियो ।
विध्यार्थिको लाम थियो ।
हल्लै हल्ला को बीचमा ।
विवश को नै नाम थियो ।
२०६९-११-०१
विवश एस.बि चौलागाईं
हेटैंडा-५ हाल बनेपा-१०

१०.मुक्तक दस
तिम्रो दिलको बगैचा फुलेछि आउँला।
पुर्व मेची माहाकाली डुलेपछि आउँला।
ललाई फकाई जिन्दगीमा तिमिले दिएको।
बाचा कसम धोका जति सबै भुलेपछि आउँला।
२०६९-१२-२४
विवश एस.बि चौलागाईं
हेटैंडा-५ हाल बनेपा-१०

११.मुक्तक एघार
इतिहासको पाना पल्टाई नाम खोज्दै छु।
काहाँ बन्छ भबिस्य ठाम खोज्दै छु।
प्रबिधिले विश्व लाई सानो बानाई दियो।
गूगल बाट आज म काम खोज्दै छु।
२०७०-०२-०१
विवश एस.बि चौलागाईं
हेटैंडा-५ हाल बनेपा-१०

१२.मुक्तक बाह्र
फर्किन्नछिन्न कि एउटा आश बाँकी छ।
घिटि -घिटि मुटु भित्र सास बाँकी छ।
मर्न त मेरा लागी पहिलेनै मरेकी हो।
उठाउन लाई बदलामा लास बाँकी छ।
२०७०-०२-०२
विवश एस.बि चौलागाईं
हेटैंडा-५ हाल बनेपा-१०

१३.मुक्तक तेह्र
समयले रुवायो मलाई।
खोक्रो परि चुवायो मलाई।
नानाभाँती कुराले फकाउँदै।
अमृतभनी विष खुवायो मलाई।
२०७०-०२-०५
विवश एस.बि चौलागाईं
हेटैंडा-५ हाल बनेपा-१०

१४.मुक्तक चौध
पठाउछु पत्र भन्दै कोर्दै होलिन मेरि आमा।
छोरो भन्दै अङ्गालोमा बेर्दै होलिन मेरि आमा।
आमको नजर देखि छोरो टाढा भइ सक्यो ।
आउँछ छोरो भन्दै बाटो हेर्दै होलिन मेरि आमा।
२०७०-०२-१५
विवश एस.बि चौलागाईं
हेटैंडा-५ हाल बनेपा-१०

१५.मुक्तक पन्ध्र
काटिन्छ जिन्दगी भने धार हुनु पर्छ।
जीवन जिउन पनि त आधार हुनु पर्छ।
ख्याल ख्यालमै समुन्द्र किन पस्नु।
पसेपछि पुरै भाग वारपार हुनु पर्छ।
२०७१-०७-१५
विवश एस.बि चौलागाईं
हेटैंडा-५ हाल बनेपा-१०

Note :
All Copyright Reserved of Above Muktak belogs to Writer 

गजल बिम्ब (2071-08-04/20-11-2014) गजल पत्रिका उषा किरण विशेष : Download

NepaliTalim | 10:00:00 PM | 0 comments
रेडीयो बाग्मतीको प्रस्तुती 
कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी 
मिति : (2071-08-04/20-11-2014)  
Email : gajalbimba@gmail.com

नमस्कार साथीहरु,

आज मिति 2071 मंसिर 04 गते तदनुसार 20th Nov-2014 बिहिबार, रेडियो बाग्मती १०७.४ मेगाहर्ज तथा आधा दर्जन रेडियोहरुबाट गजल विशेष कार्यक्रम  गजल बिम्ब लिएर प्रस्तोता रोहित साहि अनुरागी उपस्थित हुनुभएको छ । हरेक बिहिबार बेलुका ९.१५ बजे गजल विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने गर्दछ ।  कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक रोहित शाही "अनुरागी" ज्यूलार्इ धेरै धेरै धन्यवाद । गजल बिम्ब निम्नानुसार एफ एम हरूबाट प्रसारण हुन्छन् ।
१. रेडियो बागमती एफ एम १०७.४ मेघाहर्ज , काठमान्डौ मा बिहिबार राति ९:१५-१०:०० बजे
२. रेडियो बागेश्वरी एम एम ९४.६ मेघाहर्ज , नेपालगंज बाँके मा बुधबार राति ९:१५-१०:०० बजे
३. रेडियो भेरी आवाज ९५.६ मेघाहर्ज ,नेपालगंज बाँके मा बिहिबार राति ९:१५-१०:०० बजे
४ . हाम्रो मालिका एफ एम ९९ मेघाहर्ज , लम्की कैलाली मा बिहिबार रति ९:१५ -१०:०० बजे
५ . काइट्स एफ एम ९१.८ मेघाहर्ज ,टिकापुर कैलाली मा बिहिबार रति ९:१५ -१०:०० बजे
६ . रेडियो सोसाइटि एफ एम ८९ मेघाहर्ज ,मंगैलसेन अछाम मा मंगलबार बिहान ८:१५-९:०० बजे
७.अनलाइन रेडियो छहारी (www.radiochhahari.com) काठमान्डौ मा बिहिबार राति ८:३०-९:१५ बजे सम्म र अन्य खाली समयमा
८.अनलाइन रेडियो अक्सिजन (www.onlineradiooxygen.com) काठमान्डौ मा बिहिबार साँझ ५:००-६:०० बजे सम्म र अन्य खाली समयमा
९. सुनौलो एफ एम १०५.६ मेगाहर्ज, मसुरिया कैलाली
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

BULBUL 272 (19-11-2014/2071-08-03) : Download

NepaliTalim | 11:27:00 AM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
BULBUL EPISODE - 272
Date :(19-11-2014/2071-08-03) 

आजको बुधवारीय बुलबुल हो  


शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2071 मंसिर 03 गते तदनुसार 19-NOV-2014 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 272) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
खुसीको खबर तथा सूचना
आइतवार १३ असोज २०७० देखी बुलबल उज्यालो ९० मेगाहर्जबाट हप्ताको २ दिन हरेक आइतवार र बुधवार सोहि समय रातको ९.१५ देखी १० वजेसम्म फरक फरक श्रृंखला प्रशसारण भइरहेको छ । निरन्तर चलिरहेको आइतवारिक बुलबुल १८ श्रृंखला पस्चात सदाकै समयमा आइतवारबाट सनिबार बज्नेछ । धन्यवाद । 
Listen and Download (Right Click and save)

Download : Click Here to Download

बी. पी. न्यौपाने “दिपेश” का ३ तिन गजलहरू (20-NOV-2014)

NepaliTalim | 11:06:00 AM | 0 comments
बी. पी. न्यौपाने “दिपेश”
१. गजल
पलासको फूलाई याहाँ लालिगुँरास भनिएको छ
मूर्ख मान्छेहरुलाई पनि साधुराम गनिएको छ ।।

नातावाद र चाकडीवाद फस्टाउदै छ दिन दिनै
भष्ट्रचारी दलालहरुलाई नै नेता मानिएको छ ।।

मानव अधिकार रे ! खै कहाँ छ मानव अधिकार ?
दिनदहाडै सर्वसाधारणलाई गोली हानिएको छ ।।

विज्ञहरुले मौका नपाएर परदेशीनु पर्याछ
राजनीतिमा समेत दादागीरीलाई छानिएको छ ।।

सबै दल मिलेर देश निर्माणमा जट्नुको सट्टा
आआफै लुछाचुडी गरी देशको जरा खनिएको छ ।।
 बी. पी. न्यौपाने “दिपेश”
   गोरखा, हाल काठमाडौ

२.गजल
आफ्नोलागि हैन देशकोलागि क्यै गर्न पाय हुन्थ्यो
देशमै क्यै गरेर देशकै निम्ति मर्न पाय हुन्थ्यो ।।

सत्यताको युद्धमा आफु बलि चडेरै भए पनि
यै नेपाली माटोमा शान्तिको बिज छर्न पाए हुन्थ्यो ।।

देशको छातिमा लात मोरर विदेशीनु भन्दा त
स्देशकै भीर, पाखा र पखेरु चर्न पाए हुन्थ्यो ।।

गाँउका सक्षम युवालाई अरबजान रोकेर
बाँझो खेत,बारीमा अन्नबाली भर्न पाए हुन्थ्यो ।।

देशकै निम्ति लड्दा लड्दै देशमै परान फालेर
शहीदहरुको अमर सुचिमा पर्न पाए हुन्थ्यो ।।
 बी. पी. न्यौपाने “दिपेश”
   गोरखा, हाल काठमाडौ

३. गजल
जवानीमा नक्कली नानीले बिगार्यो
आजकल बोतलको पानीले बिगार्यो

म तनाव मा त्यस्सै फसेको छुइन
मलाइ छोडी अन्तै जानीले बिगार्यो

म सोजो थिए बिग्रने थिइन हजुर
जे जे मागेनी दिने दानीले बिगार्यो

कहिले के ले कहिले के ले बिगार्छ
हिजोआज दिलकी रानीले बिगार्यो

तनाव ले नै गर्दा दारु पिउँदैं सधैँ
मलाई गजललेख्ने बानीले बिगार्यो
 बी. पी. न्यौपाने “दिपेश”
   गोरखा, हाल काठमाडौ

Note :
All Copyright Reserved with Writer 

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger