बी. पी. न्यौपाने “दिपेश” |
पलासको फूलाई याहाँ लालिगुँरास भनिएको छ
मूर्ख मान्छेहरुलाई पनि साधुराम गनिएको छ ।।
नातावाद र चाकडीवाद फस्टाउदै छ दिन दिनै
भष्ट्रचारी दलालहरुलाई नै नेता मानिएको छ ।।
मानव अधिकार रे ! खै कहाँ छ मानव अधिकार ?
दिनदहाडै सर्वसाधारणलाई गोली हानिएको छ ।।
विज्ञहरुले मौका नपाएर परदेशीनु पर्याछ
राजनीतिमा समेत दादागीरीलाई छानिएको छ ।।
सबै दल मिलेर देश निर्माणमा जट्नुको सट्टा
आआफै लुछाचुडी गरी देशको जरा खनिएको छ ।।
बी. पी. न्यौपाने “दिपेश”
गोरखा, हाल काठमाडौ
२.गजल
आफ्नोलागि हैन देशकोलागि क्यै गर्न पाय हुन्थ्यो
देशमै क्यै गरेर देशकै निम्ति मर्न पाय हुन्थ्यो ।।
सत्यताको युद्धमा आफु बलि चडेरै भए पनि
यै नेपाली माटोमा शान्तिको बिज छर्न पाए हुन्थ्यो ।।
देशको छातिमा लात मोरर विदेशीनु भन्दा त
स्देशकै भीर, पाखा र पखेरु चर्न पाए हुन्थ्यो ।।
गाँउका सक्षम युवालाई अरबजान रोकेर
बाँझो खेत,बारीमा अन्नबाली भर्न पाए हुन्थ्यो ।।
देशकै निम्ति लड्दा लड्दै देशमै परान फालेर
शहीदहरुको अमर सुचिमा पर्न पाए हुन्थ्यो ।।
बी. पी. न्यौपाने “दिपेश”
गोरखा, हाल काठमाडौ
३. गजल
जवानीमा नक्कली नानीले बिगार्यो
आजकल बोतलको पानीले बिगार्यो
म तनाव मा त्यस्सै फसेको छुइन
मलाइ छोडी अन्तै जानीले बिगार्यो
म सोजो थिए बिग्रने थिइन हजुर
जे जे मागेनी दिने दानीले बिगार्यो
कहिले के ले कहिले के ले बिगार्छ
हिजोआज दिलकी रानीले बिगार्यो
तनाव ले नै गर्दा दारु पिउँदैं सधैँ
मलाई गजललेख्ने बानीले बिगार्यो
बी. पी. न्यौपाने “दिपेश”
गोरखा, हाल काठमाडौ
Note :
All Copyright Reserved with Writer
0 comments:
Post a Comment