गजल शरोबर (23-03-2013/2069-12-10) वियोगी बुढाथोकी सँगको अन्तर्वाता विशेष - Download

NepaliTalim | 4:46:00 PM | 0 comments
INTERVIEW WITH 
BIYOGI BUDHATHIKI 
KALIKA FM PRESENTS
GAZAL SHAROBAR
Date :  (23-03-2013/2069-12-10)
FM : Kalika FM


तपाईहरु सँग कालिका एफ एम 95.2 & 91mhz बाट हरेक हप्ता बुधबार र शनिबार हप्ताको दुई दिन गजल शरोवरको बुधवारिय श्रृंखला लिएर आएको छु ।  आज मिति २०६९ ैत्र १० गते शनिवार तदनुसार 23-March-2013 ,आज चर्चित गजलकार वियोगी बुढाथोकी सँगको सुमधुर अन्तर्वाता विशेष हुनेछ । 
Listen and Download

Download : Click Here to Download

Thank you

सिर्जनाका लहरहरु :- Episode 106 - Download

NepaliTalim | 1:01:00 PM | 0 comments
सिर्जनाका लहरहरु : 106
SRIJANAKA LAHARHARU

EPISODE- 105 Date :  21 March-2013     
Source : Sirjanaka Laharharu    
Host : Khagendra Adhikari 
आज मिति 21th Marchry 2013 दिन विश्व नेपाली साहित्य महासंघको अनलाईन रेडियो कार्यक्रम सिर्जनाका लहरहरुको श्रीङ्खला 106 लिएर कार्यक्रम प्रस्तोता खगेन्द्र अधिकारी अमृत आउनुभएको छु ।  यो कार्यक्रम सिर्जनाका लहरहरु डट कम बाट प्रप्त भएको हो ।  कार्यक्रमले १०० श्रृंखला सफलतापूर्वक पूरा गरेकोमा चिसापानी नेपाल ब्लग कार्यक्रम उत्पादक, संचालक , व्यावस्थापक प्रति हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछ साथै आगामि दिनहरुमा पनि यसले निरन्तरता पाउने आसा पनि राख्दछ । आउनुस् हामी पनि सँगै सुनौ चर्चित कार्यक्रम सिर्जनाका लहरहरु ।
Listen and Download

Download : Click Here to Download Episode 106

Thank you

साहित्य सिर्जना - 27 : (23-03-2013/2069-12-10) -Download

NepaliTalim | 11:30:00 AM | 0 comments
EPISODE : 27
Date : (23-03-2013/2069-12-10)

कार्यक्रम : “साहित्य सिर्जना     
रेडियो : रेडियो मलमला ८८.६mhz     
प्रस्तोता : सुरज थापा मगर  
समय : शनिबार बिहान ८.३० बजे देखि ९ बजे 
फेसबुक : Facebook  
Email : radiomalmala@gmail.com   

साथीहरु नमस्कार ।
आज मिति 2069 चैत्र 10 गते तदनुसार 23-03-2013 का दिनपनि गीत, गजल, कविता, हाइकु, कथा, लघुकथा र सष्ट्रा परिचयको संगम कार्यक्रम “SAHITYA SIRJANA" "साहित्य सिर्जना” को Episode 27 श्रीङ्खला लिएर कार्यक्रम प्रस्तोता साथी सुरज थापा मगर प्राविधिक साथीको साथमा उपस्थित हुनुभएको छ । यो कार्यक्रम अबदेखि हरेक हप्ताको शनिवार बिहान ८.३० बजे देखि ९ बजे सम्म मात्र रेडियो मलमला ८८.६ मेगाहर्जमा प्रसारण हुनेछ ।  यो कार्यक्रमको श्रीङ्खला उपलब्ध गरेर सहयोग गर्नुहुने साथी सुरज थापा मगरलाई धेरै धेरै धन्यवाद ।     
Listen And Download

Download : Click Here to Download Episode 27
Thank you

Muktak Man -2 : (2069-12-09/22-03-2013) : Download

NepaliTalim | 1:27:00 PM | 0 comments
Episode 2
Muktak Man (मुक्तक मन)
Date : (2069-12-09/22-03-2013)
Host : Ashish Danai
FB : Muktak Man


नमस्कार,
आज मिति २०६९ चैत्र 09 गते तदनुसार २०१२ मार्च 22 तारिख शुक्रबारका दिन रेडियो मेरो आत्माको मुक्तक विशेष प्रस्तुति मुक्तक मन लिएर कार्यक्र प्रस्तोता आशिष दनाई उपस्थित हुनुभएको छ । आज देखि हरेक शुक्रबार मुक्तक मन रेडियो अनलाईन मेरो आत्माबाट प्रसारण हुनेछ । यहाँ तपाईहरुलेनै मेल muktakman@gmail.com मा पठाउनुभएको र फेसबुक पेजमा पोष्ट गर्नुभएको मुक्तकहरु बाचन हुनेछन् । कार्यक्रक के कस्तो भयो हाम्रो फेसबुक पेज या मेलबाट कमेन्ट गरिदिनुहोला ।
धन्यवाद ।
Listen and Download

Download : Click Here to Download Episode 2

Thank you

Muktak Man -1 : (2069-12-02/15-03-2013) : Download

NepaliTalim | 1:02:00 PM | 0 comments
Episode 1
Muktak Man (मुक्तक मन)
Date : (2069-12-02/15-03-2013)
Host : Ashish Danai
FB : Muktak Man


नमस्कार,
आज मिति २०६९ चैत्र १२ गते तदनुसार २०१२ मार्च १५ तारिख शुक्रबारका दिन रेडियो मेरो आत्माको मुक्तक विशेष प्रस्तुति मुक्तक मन लिएर कार्यक्र प्रस्तोता आशिष दनाई उपस्थित हुनुभएको छ । आज देखि हरेक शुक्रबार मुक्तक मन रेडियो अनलाईन मेरो आत्माबाट प्रसारण हुनेछ । यहाँ तपाईहरुलेनै मेल muktakman@gmail.com मा पठाउनुभएको र फेसबुक पेजमा पोष्ट गर्नुभएको मुक्तकहरु बाचन हुनेछन् । कार्यक्रक के कस्तो भयो हाम्रो फेसबुक पेज या मेलबाट कमेन्ट गरिदिनुहोला ।
धन्यवाद ।
Listen and Download

Download : Click Here to Download

Thank you

मुक्तक सरोबर (22-03-2013/2069-12-09) - Download

NepaliTalim | 10:28:00 AM | 0 comments
MUKTAK SAROBAR   
कार्यक्रम : मुक्तक सरोबर    
Date : (22-03-2013/2069-12-09)
 रेडियो : देबदह 106.6 मेगाहर्ज  
समय: शुक्रबार बेलुकी 9:20 देखी
प्रस्तोता-युबराज लामिछाने  
FB Page : Muktak Sarobar
 
आज मिति 2069 चैत्र 09 तदनुसार 22-03-2013 बुधवार दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले हाम्रो स्टुडियो को फोन 071577735लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका facebook wall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो wall.
Listen and Download

Download : Click Here to Download

Thank you

अन्जान श्रेष्ठ अभागीका २ गजलहरू

NepaliTalim | 9:24:00 AM | 0 comments
गजल----(१)
त्यही डल्लीको प्रेममा फसेँ म त ।।
उस्कै चन्चले योवनमा झरेँ म त ।।

सोह्र वर्षे कम्मर जवानी कुरा
को नसालु आंखामा परेँ म त ।।

पर सर्न खोज्दा आउछे नजिक
आउदा खेरि खाडलमा खसेँ म त ।।

हुदैन भन्दा पनि एक हुनुपर्छ भन्छे
नमान्दा उस्को चुम्वनमा मरेँ म त ।।

मैले माया गर्दिन भन्दा पनि त्यस्ले
नमानी उस्को जालमा दलेँ म त ।।
अन्जान श्रेष्ठ अभागी
कान्छीबजार स्याङजा


गजल----(२)
प्रेम पत्र कोठा सजाउछिन मेरी सानु ।।
निधारमा टिका लगाउछिन मेरी सानु।।

गर्छिन उनी ठुलाइ सम्मान अनि ।
सानालाई माया गराउछिन मेरी सानु।।

हातमा रातो चुरा गलामा पोते अनि ।
सिँदुरमा उनी लजाउछिन मेरी सानु।।

यति सुवाउछ उनीलाई रातो सारीमा ।
पाउमा पाउछु बजाउछिन मेरी सानु।।

ऐनामा बसी फुल झै सजिने उनी ।।
कहिले यादमा हराउछिन मेरी सानु ।।
अन्जान श्रेष्ठ अभागी
कान्छीबजार स्याङजा

कृष्ण अविरलका ५ गजलहरू

NepaliTalim | 5:55:00 PM | 0 comments
नमस्कार साथीहरु, मित्र कृष्ण अविरलका दमदार गजलको साथमा उपस्थित भएको छु । यदि तपाइहरुपनि आफ्ना गजल चिसापानी नेपाल ब्लगमा राख्न चाहानुहुन्छ भने मलाई stharamsharan@gmail.com or newschispani@gmail.com मा मेल गर्नुहोला।  गजल पठाउँदा कम्तिमा ५ गजल हुनुपर्नेछ र आफ्ना पुरा परिचय र फोटो सहित पठाउनु होला ।

गजल----(१)
मैले तिम्रो गजलको भाब बुझिन
गजल प्रति तिम्रो लगाब बुझिन ॥

तिमि त साहित्य नरुचाउने मान्छे
त्यो तिम्रो गजलको किताब बुझिन ॥

आजभोलि उसैसंग देख्छु तिमिलाई
उस प्रतिको तिम्रो ,झुकाब बुझिन ॥

तिमि पनि मायाँमा परेको छौ र ?
हातमा त्यो रातो, गुलाब बुझिन ॥

एकैचोटिमै रित्यायौँ बोतल तिमिले
पानि हो कि त्यो, सराब बुझिन ॥

गजल----(२)
उ मुस्कुराउछे, मलाई देखेपछि
नजिक आउछे, मलाई देखेपछि॥

आउ बस्न मेरै, काखमा भन्छु म
मोरि सर्माउछे, मलाई देखेपछि॥

म उनकै रुपमा, मस्त भाको बेला
थोरै लजाउछे, मलाई देखेपछि॥

असिमित प्रेम छल्किन्छ उनको अघि
लाजले डराउछे, मलाई देखेपछि॥

म उनकै नजरमा हराएको बेला
शिर झुकाउछे , मलाई देखेपछि॥

गजल----(३)
बर्षौ पछि भेटदा पनि,प्यार उस्तै छ।
उनको मायाँ लाग्दो ,अनुहार उस्तै छ॥

कस्ति भई होलि ,सोचिरहन्थे सधै।
पहिले झै रुप रंग, आकार उस्तै छ॥

संगै हुदा जिस्किएर,रमाईलो गर्थि उ।
अहिले पनि बानि,ब्यबहार उस्तै छ॥

सधै भरि असल काम गर्नुपर्छ भन्छे।
सादा जिबन उच्च ,बिचार उस्तै छ॥

धेरै पछि आज नजर जुध्यो उनिसंग।
गाँजलु ति नजरको , प्रहार उस्तै छ॥

गजल----(४)
जब सँगित मा मिठो सुर हुन्छ।
मलाई आनन्द भरपुर हुन्छ॥

तिमि आउछौ मदहोसि चालमा।
झन महेफिल सुमधुर हुन्छ॥

सबै कुरा भुलि अँगालिन्छौ तिमि।
तिम्रो साथ मलाई मन्जुर हुन्छ॥

मलाई छोडि जाने कुरै नगर।
तिम्रो आबश्यकता जरुर हुन्छ॥

एक्कासि म बिउझन्छु निद्राबाट।
सपना सबै चकनाचुर हुन्छ॥

गजल----(५)
धर्ति सम्झन्छु अनि गगन सम्झन्छु।
एक्लै हुदाँ उनको, चुम्बन सम्झन्छु॥

कति छिट्टै हल्लकै बढेकि हिजो आज।
फक्रिएको उनको, यौवन सम्झन्छु॥

आज पनि पुराना यादहरु आउछन।
सँगै खेलि हुर्केको, बचपन सम्झन्छु॥

कहिले काँहि टाढा हुदाँ नआत्तिनु।
कहाँ बिर्सन्छु र, झनझन सम्झन्छु॥

हाम्रो प्रेम उदाहरण हुनुपर्छ भन्छे।
'मुना' सम्झन्छु , 'मदन' सम्झन्छु॥
कृष्ण अबिरल
गितानगर-४,देबनग र..
चितवन..

नरेन थापाका ५ गजलहरु

NepaliTalim | 10:57:00 AM | 0 comments
नमस्कार साथीहरू, अज मीत्र नितेन थापाका ५ धेरै सुन्दर र दमदार गजलहरुको साथमा उपस्थित भएको छु । तपाईहरुलाई गजलहरु कस्तो लाग्यो कमेन्ट गरिदिनुहोला ।

१. गजल
कसैको यादमा दीउसै झुलेर पिएँ सराब।
साथीभाई सबैलाई नी बटुलेर पिएँ सराब।

भन्थे बाले नछु बाबु यो चिज हो खराब ,
दुख पिडा सारा आज भुलेर पिएँ सराब।

पसले साहुनी कचकच गर्छीन बाकी भो धेरै,
पैसा छैन गोजीमा उधारो लियर पिएँ सराब।

मन हुन्छ बेचैन साझ नपर्दै तलतल लाग्छ,
भयजत्ति सबै भट्टी चहारेर पिएँ सराब ।

कुल धरानको इज्जतनै फाले नशा चडेपछि,
खुट्टा छैन भुइँमा मदहोसीमै लडेर पिएँ सराब।
नरेन थापा

२. गजल
क्षत बिक्षत भएकोछ मुटु आज टालौ कसोगरी।
उदास उदासछ मन प्रेमको दीप बालौ कसोगरी।

सीसाझै टुक्रा टुक्राभए मेरा सुनखरी सपनाहरू,
बिस्वास अनि आस्थाको जग बसालौ कसोगरी।

प्रितको पालुवा पलाउन नपाई निमठ्यौ तिमीले,
लड्खडाएका मेरा पाईला अब चालौ कसोगरी।

चर्कीरहेछ छाती अझै आधा मुटु चुडीलग्यौ,
प्रगती पथमा जिन्दगीलाई ढालौ कसोगरी।

कर्कलाको पानीजस्तै भएपछि साथीहरु ,
आँसु बगीरहेछ हासो खुसी अंगालौ कसोगरी।
नरेन थापा

३.गजल
भावीले लेखेको तकदिर मेटेर मेटाउन सकिन ।
बिपनीमा जतीरोएनी सपनीलाई भेटाउन सकिन।

ठुलो भुल गरेछु मैले उडेको बादललाई छोएर ,
बर्षा बनी झरयो अंजुलीमा अटाउन सकिन ।

जिन्दगीका गोरेटोमा कदम कदममा घात भएपछि,
अधेरीमै बीतयो जीवन जुन बनी उदाउन सकिन।

ईच्छा, आकाक्षा लाई मुरछित पार्दै बाचनु परदा,
भावनाको संवेगलाईरगतले लेखेर देखाउन सकिन।

मदहोसीकै हालतमा बितछ अचेल दिनरात,
जलीरहेछ मुटु अस्रूधारा बगाई निभाउन सकिन ।
नरेन थापा

४. गजल
सुन्दैछु नेपाल अब स्वीट्जरल्यान्ड बन्दैछ रे ।
पुरानो जीर्ण भयो धरहरा नया अर्को जग खन्दैछ रे ।

सुकुम्बासीको बस्तीमा दीनदहाडै डोजर चलाउँदै,
कुर्लीकुर्ली नया नेपाल बनाउँछु पो भन्दैँछ रे ।

रक्तपिपाशुको आँखाबाट मानवता बिलीन भयपछि,
शहीदको शालिकपनि आँत्तीएर भतभती ढल्दैछ रे।

गरिबीको मारमा परिश्रमी युवा बेचिन बाध्यछन् बिदेसमा,
पौरखको पसिनाले घरमा साझबिहान चुल्हो बल्दैसछ रे।

कस्तो देशहो मेरो राष्ट्रधातीको बोटमा भने,
मलजलनै नगरि कालोनोट फल्दैछ रे ।

लोकतन्त्र गणतन्त्रको दुषित हावा देशमा चल्दा,
बेदनाको रापले गाउँ बस्ती जल्दैछ रे ।

न त दियौ न्याय निसाफ न त दियौ संबिधान,
भाषणचाही चर्को गर्दै जनताको आँखा छल्दैछ रे।
नरेन थापा

५. गजल
दिन प्रति दिन निर्दयी लाचार बन्दैछ सरकार कस्तो अचम्म।
स्वतन्त्र बिचारमाथी सधै हुन्छ संगिन प्रहार कस्तो अचम्म।।

क्रान्तिको बिगुल फुकेथ्यो अग्रगामी परिवर्तन गर्छु भनेर,
देशद्रोहिको  आरोपमा प्रहरिले हाल्यो कारागार कस्तो अचम्म ।

निर्दोषजनको रगतले भिजीसक्यो धर्ती बनपाखा सारा,
मरेछ देशप्रेमी ठुलेसार्की बिना औषधोपचार कस्तो अचम्म।।

शहिद भएर गयो बिचारा सपनाछन् अझै अधुरा अपुरा,
बिल्लीबाठ भए लालाबाला अनि जहान परिवार कस्तो अचम्म।।

अपराधी खुलमखुल्ला धुमीराछ्न सन्तमहन्त भक्षक भाछन,
न्याय कानुनको अभावमा बढदैछ अत्याचार कस्तो अचम्म।।
नरेन थापा

Muktak Madhurima (2069-12-08/21-03-2013) - Download

NepaliTalim | 10:17:00 AM | 0 comments
Muktak Madhurima    
Radio : Radio Chitwan 94.6mhz            
Time : Turusday 9.15pm  
Host : Ramu Acharya  
Date :  (2069-12-08/21-03-2013)

आज मिति 2069 चैत्र 08 गते तदनुसार 21-March-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।  
Listen and Download

Download : Click Here to Download
Listen All Previous Episodes

Thank you
२०६९-१२ -०८ गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष तथा डाउनलोड गरेर पनि सुन्न सकिने ......... तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ....................
01-Raju Poudel
तिर्खा मात्रै मेटाउने पानि हौकि तिमि
यो दिल भित्र राज गर्ने रानि हौकि तिमि
कुनै बेला ढकमक्क म फुल्न नसक्दा
भुर्र उडि अनत कतै जानि हौकि तिमि
-राजु पौडेल,
रूद्रपुर रुपनदेहि,
दोहा कतार

02-Prem Dhami Chhetri
हराएको माया खोज्दैछु म यो सहरमा।
भेटिन्छ कि दाया बाया खोज्दैछु म यो सहरमा।।
दिन पनि औँसीको त्यो कालो रात झै भएपछि
अचेल आफ्नै छाया खोज्दैछु म यो सहरमा।।
प्रेम धामी क्षेत्री
दहबगर छ बझाङ
हालः कपन, काठमाण्डौ

03-Ram Sharan Shrestha
जनताको पालो आउँदै आएन ।।
देशमा उज्यालो आउँदै आएन ।।
जिन्दगीको बाटो उकालै उकालो
कहिल्यै ओरालो आउँदै आएन ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
मुक्तक मधुरिमाका आजसम्मका सबै श्रृखलाहरु चिसापानी नेपाल र मुक्तक मधुरिमा ब्लगबाट सुन्न र डाउनलोड गर्न सकिन्छ ।
http://chisapaninepal.blogspot.com/search/label/Muktak%20Madhurima
and
www.muktakmadhurima.blogspot.com

04-नरेश बि.क 'अनुरागि' मुक्तक
रुदाँ रुदै जिन्दगिमा हास्नै पर्ने रैछ।
दुखिले नि यो सँसारमा बाच्नै पर्ने रैछ॥
मुटु भरी पिडा कस्ले देख्छ यहाँ।
तर पनि हाँसो खुसि साच्नै पर्ने रैछ॥
-नरेश बि.क'अनुरागि'
बिनायक-2 अछाम
हाल-मुम्बई

05-Amrit Jaishi
शिर्ष नेताहरु भन्छन चुनाबको मावल बन्दैछ।
निर्वाचन आयोग भने 90 दिन बाकि गन्दैछ।
चार दलिय सिन्डिकेटको अन्य गर्न -माओवादी।
बन्दुक बोकी फेरी जंगल अब हिन्छु भन्दैछ।
अमृत जैशी
Bajura Kuldevmandu 3 Thuma
Now-Dhangadhi

06-Anuragi Binod Gaire
चाहेर टाढा को हुन्छर यहाँ?
खुसिमा पनि को रुन्छर यहाँ?
चल्नै पर्ने बाध्यताले पो हिडिन्छ नत्र,
अप्ठेरो बाटो को चुन्छर यहाँ?
-अनुरागि बिनोद
हाल क्षितिजको देशबाट
(अन्जानमा गल्ति भए प्रतिक्रियाको अपेक्षा गर्दछु)

07-Khadga G Magar
ड्याड भंछ छोरो बिग्र्यो, तरुनी को भेट्ले गर्दा/
मामु भंछ छोरो बिग्र्यो, मोबाईल को सेट्ले गर्दा //
गांठि कुरा कस्लाइ थाहा, के ले बिग्र्यो छोरो यहाँ /
म त भंछु बिग्र्यो छोरो, फ़ेसबुक र नेट्ले गर्दा // D.D.D.
-खड्ग जी मगर
उरहरी 2 दांग

08-अर्जेल मायाको शागर अर्जेल
दुख:अनी पिडाहरु शँगालेर रुन्छु
याद आउँदा तिम्रो तस्बिर अँगालेर रुन्छु !
भित्रै देखी भक्कानो फुटेर आँउदा यो मनलाई
सम्माल्न नसकी भिरबाट फँगालेर रुन्छु

09-Dipendra Chapagain
नकराउनु यहाँ कसैको यादमा हराएको छ उ
प्रेमिकालाई सुनाउन केहि शब्द कराएको छ उ
नगर्नु थियो चोखो माया, जब फेला परेपछि
न बाँच्ने न त मर्ने कस्तो हाला गराएको छ उ ।
दिपेन्द्र चापागाँई, कपिलवस्तु, लुम्बिनी ।
हाल–मुम्बई

10-साहित्यप्रेमी कपिल लामिछाने
जति रोज्छु फुलहरु ओलिएर झर्छन् किन ??
पलाएका मनका ईच्छा मनभित्रै मर्छन् किन ??
चाहानालाई पुरा गर्न सन्तुष्टिको साधन बनाई,,,
दुई दिनलाई मेरो हजुर भनि माया गर्छन् किन ??
<< साहित्यप्रेमी कपिल लामिछाने दाङ्, तुल्सीपुर>>>
हाल दोहा, कतार बाट..!!!

11-Bikalpa Babu 
जबसम्म बिकल्प जिउँदो हुनेछ
त्यहि भट्टीमा सराब पिउँदो हुनेछ
उसैलाइ म मरेको खबर पठाउछु
तिम्रो शिरमा जस्को सिउदो हुनेछ
-बिकल्प बाबु
गितानगर 1,चितवन 

12-Madan Muskan Khatri *
हिजो एक्सिडेन्ट भो birek भाचिएको थियो /
रगत धेरै बग्यो हात काटिएको थियो//
साचिएका सपनाहरु, चक्नाचुर हुने रहेछन |
धन्न प्रभु बाच्न पाए, काल लिन आतिएको थियो //
मदन मुस्कान खत्री
उरहरि दाङ हाल .study in india

13-Bishnu K Gautam
बिध्द्रोहको आगो दन्काएर आउँदैछौं
नारा अनि जुलुस घन्काएर आउँदैछौँ
तिम्रो दुसित राजनिति,खेल अन्त्य गर्न
प्रतिगामी स्वर रन्काएर आउँदैछौं
-बिष्णु गौतम
मल्म-४,बाग्लुङ
हाल:बुटवल

14-Bibash Basant Kunwar -------मुक्तक-------
माया गर्छु भनि मलाई नाता अन्तै जोडे पनि।
सहयात्री बनाई मलाई पाईला अन्तै मोडे पनि॥
भो भो अब चाहिदैन स्वार्थी अनि जाली माया।
दुख छैन तिम्रो मलाई बिच बाटो मै छोडे पनि॥
-बसन्त कुवँर विवश
सुर्यपूरा ५ शान्तिबजार
रूपन्देही
हाल
क्षितिज पारीको बस्ति देखी
<<<<<गीत >
माया मार्यौ तिमीले एक्लै पार्यौ तिमीले मर्छु अब त सायद मर्छु अब त .......
मदन खनालको शब्द मा भोगाइ एल्बम वाट स्वरुप राज आचार्य को आवाजमा ........

for download plz visit: www.muktakmadhurima.blogspot.com

15-Saroj Dhital
आशा गर नेपाली हो संविधान बन्छ रे..
सारा नेपाल समेट्ने गान बन्छ रे..
सगरमाथा, लुम्बिनी, यार्सागुम्बा काँडे भ्याकुर..
तीन करोड नेपाली को सान बन्छ रे..
-Danchhi 3 ktm.

16-Rai Munkmen Ramesh मुक्तक
बिनासिति साथिहरु बम्किन्छन फेसबूकमा
थाहा नदिइ सुस्त लम्किन्छन फेसबूकमा
कुरा गर्‍यो कुरा कै दु:ख भने झै गाँठे यहाँ
बुढीमाऊ,बुडाबाऊ चम्किन्छन फेसबूकमा
-राई"मुक्मेन"रमेश
हाल साउदी
धन्यवाद...

17-Jaya Bhabuk
सुन्नुस ल बानि पर्देशी को /
सघै भीज्छ िस-रानी पर्देशी को/
सपनाको संसारमा हराई हराई,
अनि हुन्छ िव-हानी पर्देशी को
/जयराम िव.क.(जयॉ भॉवुक)
धधवार ७ बर्िदयाहाल मलेिसया जोहोर,,,

18-Bhola Dhital
बालूवाटार छाडी आज गयौ बाबुराम
तिमीपनी हातमा शुन्य भयौ बाबुराम
आशै आशमा जनताले बिताएथे तिम्रो काल
न बज्यो बंशि न रह्यौ बाबुराम
-डाँछी-3,काठमाँडौ


19-Mohan Bihani मुक्तक
*******************
लठ्ठिएको छु तिम्रो नशालु नजरमा,
लोभिएको छु तिम्रो गुलाबी अधरमा।
मधहोशी छु तिम्रो रुप र यौवनमा,
सहभागी हुन तयार तिम्रो हर सफरमा।।
copyright @ मोहन बिहानी
भक्तिपुर सात सर्लाही
2069-12-02

20-अन्जान श्रेष्ठ अभागी कान्छीबजार स्याङजा
~~~~~~मुक्तक~~~~~~
गुलाफी ओठ मन्द मुस्कान तिम्रो स्पर्शीमा ।।
गाजलु आँखा नसालु स्वभाब तिम्रो स्पर्शीमा ।।
संसारकी राम्री मान्छे कस्लाइ मन पर्दैन र ।।
त्यही राम्री मान्छेको चुम्ने चाल तिम्रो स्पर्शीमा ।।
अन्जान श्रेष्ठ अभागी
कान्छीबजार स्याङजा


21-निस्चल प्रेमी कान्छा
बसेकोछु नोकरिलाई जमाएर प्रदेशमा
केहि गर्न सकेन खै कमाएर प्रदेशमा
घरको सबै जिम्वेवारि मै माथी थपिएसी
घर बिर्सि बस्ने छैन रमाएर प्रदेशमा
-निस्चल प्रेमी कान्छा
गुल्मी
हाल दृष्टि वाटिका साहित्य समाज मुम्बई भारत


22-गजल प्रेमी औसीकोरातमा इन्द्रमानआत्मा
तिम्रो याद्ले मुटु जल्छ रात काट्न गारो हुन्छ /
जसो तसो दिन ढल्छ रात काट्न गारो हुन्छ //
छिन छिनमा कोल्टे फेर्दै निदाउन खोज्छु म /
यो मुटुमा छुरा चल्छ रात काट्न गारो हुन्छ //
hetauda,,, hal- doha qatar


23-श्रीकान्त कहेराज़
नेपालि लाइ एकतामा बेर्न बाकि छ
देशको मुहार एकपटक हेर्न बाकि छ
कुर्ची फेरिदैमा देश काहा फेरिन्छ र
देश कता जाने हो खै हेर्न बाकि छ
कृष्ण मन्दिर चोक


24-Shanti Adhikari मुक्तक
जुन हेरे तारा हेरे अनि हेरे तिम्रो मुहार ।
माया हुदा हुदै एक्लो बनि हेरे तिम्रो मुहार ।।
भन्नै पर्छ भन्यौ माया मेरो साथ बिना तिम्लाई ।
हसाई राख्ने को नै होला भनि हेरे तिम्रो मुहार ।।
-शान्ति अधिकारी
कोहलपुर बाके


25-सनम गोले मुक्तक
जुन छुने लक्ष्य थियो छुन सकिन।
जीन्दगीमा असल मान्छे हुन सकिन।
छातीभीत्र निको नहुने चोटहरू छन
तर पनि हाँस्नु पर्दो रहेछ रून सकिन।
सनम गोले
दामन मकावनपुर
हाल मलेशिया

26-तिलक निस्कर्ष
लंकामा सुन भय पनि बुच्चै कान हुन सक्छ
त्यता मान भय पनि यता अप-मान हुन सक्छ
त्यसैले त जहा छौ त्यहि बस सानु तिमि ,
यता आय नज़रको हाना-हान हुन सक्छ ........
रत्ननगर-७,चितवन

.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np
Download -
www.radiochitwan.com.np
www.facebook.com/radiochitwan
www.facebook.com/muktakmadhurima
http://chisapaninepal.blogspot.com/
http://mohanbihani.blogspot.com/
www.ashishdanai.com.np
www.muktakmadhurima.blogspot.com
धन्यबाद
कार्यक्रम डाउनलोड को ब्यबस्था मिलाउने साथीहरु .......
कृष्णहरि खड्का ,रेडियो चितवन ९४.६
लक्ष्मण सापकोटा ,रेडियो चितवन ९४.६
राम शरण श्रेष्ठ ,चिसापानी,६ , रामेछाप
मोहन बिहानी , भक्तिपुर ७ , सर्लाही
आशिष दनाई ,गाउँशहर-२ दनाईगाउँ, लमजुङ
ß-kash Neupane, डुमरवाना, बारा हाल UAE

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger