Home » , » अन्जान श्रेष्ठ अभागीका २ गजलहरू

अन्जान श्रेष्ठ अभागीका २ गजलहरू

NepaliTalim | 9:24:00 AM | 0 comments
गजल----(१)
त्यही डल्लीको प्रेममा फसेँ म त ।।
उस्कै चन्चले योवनमा झरेँ म त ।।

सोह्र वर्षे कम्मर जवानी कुरा
को नसालु आंखामा परेँ म त ।।

पर सर्न खोज्दा आउछे नजिक
आउदा खेरि खाडलमा खसेँ म त ।।

हुदैन भन्दा पनि एक हुनुपर्छ भन्छे
नमान्दा उस्को चुम्वनमा मरेँ म त ।।

मैले माया गर्दिन भन्दा पनि त्यस्ले
नमानी उस्को जालमा दलेँ म त ।।
अन्जान श्रेष्ठ अभागी
कान्छीबजार स्याङजा


गजल----(२)
प्रेम पत्र कोठा सजाउछिन मेरी सानु ।।
निधारमा टिका लगाउछिन मेरी सानु।।

गर्छिन उनी ठुलाइ सम्मान अनि ।
सानालाई माया गराउछिन मेरी सानु।।

हातमा रातो चुरा गलामा पोते अनि ।
सिँदुरमा उनी लजाउछिन मेरी सानु।।

यति सुवाउछ उनीलाई रातो सारीमा ।
पाउमा पाउछु बजाउछिन मेरी सानु।।

ऐनामा बसी फुल झै सजिने उनी ।।
कहिले यादमा हराउछिन मेरी सानु ।।
अन्जान श्रेष्ठ अभागी
कान्छीबजार स्याङजा
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger