Home » » Episode : 63 (यो साँझ यो सुबाश-12-03-2013) - Download

Episode : 63 (यो साँझ यो सुबाश-12-03-2013) - Download

NepaliTalim | 5:17:00 PM | 0 comments
EISODE 63 - YO SANJH YO SUBASH   
(12-03-2013 / 2069-11-29)  
प्रस्तोता : प्रदिप गिरि    
कार्यक्रम : यो साँझ यो सुबाश  
Email : hajurkopatra@gmail.com     
Website : http://ransimedia.com     
Facebook : YSYS Facebook Page
Phone :  9808826116

आज मिति 2069 साल फागुन महिनाको 29 गते तदनुसार  12-03-2013 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको  Episode-63 औ विशेष श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (Ransi Media) को साथमा  उपस्थित भएका छौं । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ ।
रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल, प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत ११ वोटा एफ.एम.हरु लगायत देशै भरि 23 रेडियो स्टेशनहरुमा कार्यक्रम यो साँझ यो सुवास प्रशारण हुने प्रसारण हुने गर्दछ ।

साथसाथै आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि Application "Nepali Fm" मा हाम्रा सम्पूर्ण श्रीङ्खलाहरु सुन्न सक्नु हुनेछ । कार्यक्रमका सम्पूर्ण श्रीङ्खलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रदिप गिरि र उत्पान सहयोगी रन्सि मेडियाका रन्सी गिरिलाई हृदयदेखीनै धेरै धेरै धन्यवाद दिन चाहन्छु 
Listen and Download

Download : Click Here to Download Episode 63
Listen all previous Episodes:

Thank you
My Gazal in This episode :

फर्केन, गएथ्यो, आउछु भनेर ।।
झन्झन् विगार्यो, बनाउछु भनेर ।।

तस्विर पनि, जलाई दिएछ
मेरो यादलाई, मेटाउँछु भनेर ।।

कलम छोडेर, तरवार बोकेछ
जनताको सत्ता, ल्याउँछु भनेर ।।

बाँच्ने उपाय, केहि नभएपछी
पिएछ जहर, अस्ताउँछु भनेर ।।

झुक्याए जनता, मागेर भोट
देशलाई माथि, उठाउँछु भनेर ।।

फेरी भुल, दोहोर्याई रहेछ
पूरानै भुल, सच्याउँछु भनेर ।।

अझैं पनि कोहि, पर्खिरहेछ
रिसाएकोलाई, फकाउँछु भनेर ।।

सधैनै कोसिस, "राम"ले गर्दैछ
लुकाई पिडा, मुस्काउँछु भनेर ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger