Home » , » मेरा १५ मुक्तकहरु (राम शरण श्रेष्ठ)

मेरा १५ मुक्तकहरु (राम शरण श्रेष्ठ)

NepaliTalim | 4:35:00 PM | 0 comments
1.मुक्तक 
सम्झेरै वित्छन् हर दिन हर रात ।।
त्यसै ढल्किन्छन् हर दिन हर रात ।।
मेरो मुस्कान कता हरायो हरायो
कसैले सम्झिन्छन् हर दिन हर रात ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

2.मुक्तक
खेजेको मान्छे नपाएपछी ।।
मुटुबाट उस्ले हटाएपछी ।।
अन्तै बसाई सरेर गइन
मेरो घर पुरै जलाएपछी ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

3.मुक्तक 
गुलाब हैनमैले काँडा पाकोछु ।।
प्रेमको बदला धोका खाकोछु ।।
उसैले मलाई सिध्याएर गयो
जसलाई दिलमा सजाकोछु ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।


4. .मुक्तक 
सबैलाई सब थोक प्राप्त हुँदैन ।।
समयनै बलवान परास्त हुँदैन ।।
जति पुजा गरेपनि ढुङ्गालाइ त
किन किन यो मन सान्त हुँदैन ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
 


5.मुक्तक 
उस्ले अन्तिम प्रहरमा हुँदैन भनी ।।
मेरो प्रेमको उक्तरमा हुँदैन भनी ।।
यात्रा धेरै अगाडि बढिसकेपछी
अचानक बिच सफरमा हुँदैन भनी ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
 

6.मुक्तक 
घटायौ दुरी कसरी कसरी ।
बन्यौ जरुरी कसरी कसरी ।
तिम्रो बसमा पारेर चलायौ,
प्रेमको हुरी कसरी कसरी ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
 


7.मुक्तक 
जनताको पालो आउँदै आएन ।।
देशमा उज्यालो आउँदै आएन ।।
जिन्दगीको बाटो उकालै उकालो
कहिल्यै ओरालो आउँदै आएन ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
 


8.मुक्तक   
मान्छेको चोला आज हो कि भोली ।।
हाँस्दै बाँच्नुहोला आज हो कि भोली ।।
सकेसम्म जम्मै काम सक्नुपर्छ
फर्कदैन खोला आज हो कि भोली ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
 


9.मुक्तक   
भावनाका बस्तिहरु मनभित्र हुन्छ ।।
कोहि नभएको बेला पनि मित्र हुन्छ ।।
सबैले थरिथरिका लिला देखाउँछन्
यौ संसारमा अनेक विचित्र हुन्छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
 
 


10.मुक्तक   
कि विजय कि त पराजय हुन्छ ।।
अस्ताएको सुर्य भोली उदय हुन्छ ।।
आज त तिमीले छोडि गए पनि
भोली मेरो पनि प्रेममय हुन्छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप


11.मुक्तक  
सरकारी उपस्थिति पाइन्न गाउँमा ।।
विकासका गतिविधी पाइन्न गाउँमा ।।
जमाना बदलिएछ यता सहर तिरको
पस्चिमी देखासिखी पाइन्न गाउँमा ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
 
 
 


12.मुक्तक  
यादै याद पठाउँछ कोहि मान्छे ।।
घरि घरि सताउँछ कोहि मान्छे ।।
सुरु कैले देखी भयो थहा छैन
खुबै मन पाराउँछ कोहि मान्छे ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप


13.मुक्तक  
घटायौ दुरी कसरी कसरी ।
बन्यौ जरुरी कसरी कसरी ।
तिम्रो बसमा पारेर चलायौ,
प्रेमको हुरी कसरी कसरी ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप


14.मुक्तक
सपनाले साथ छाडेका मान्छेहरु ।।
भाग्यले एक्लो पारेका मान्छेहरु ।।
छन् यो संसारमा कति कति छन्
भित्री मनहरु फाटेका मान्छेहरु ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप


15.मुक्तक
मान्छेहरुको मुहारबाट मुस्कान हराएको छ ।।
खै नियतिले क–कस्लाई के के गराएको छ ।।
जिन्दगी देखि पराष्त भएकाहरु मात्र भेट्छु
त्यसैले आजभोली मेरो मनपनि डराएको छ ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
 


Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger