स्वर, संगित : राम शरण श्रेष्ठ |
गजल संग्रह :अगोको विद्रोह
स्वर, संगित : राम शरण श्रेष्ठ
हारमोनियम : म आफै
..................
गजल
धेरै चोटी लुटिएँ, आफन्तकै हातबाट ।।
धेरै चोटी टुक्रिएँ, आफन्तकै घातबाट ।।
बहारको शत्रु बने, सधैं जिन्दगीमा
फूलको प्यास मेटाएँ, सुकेको पातबाट ।।
दोबाटोमा अल्मलिन्छु, कहाँ जाउँ कहाँ
पाईलाहरु लरबरिन्छन्, नपिएको मातबाट ।।
भाग्यमै छैन कि त, उज्यालोसँग खेल्ने
कल्यिै मुक्ति पाइन, बैरागी यो रातबाट ।।
२०६० बैशाख १
विश्व श्रेष्ठ बरु
गेलु ९, नाटिला रामेछाप ।
Gazal Video
Thank you
Gazal From :
0 comments:
Post a Comment