1. गजल
हिमाल हासेझै हास्न सक्नुपर्छ नेपाली ।
उच्च शिर बनाई बाच्न सक्नुपर्छ नेपाली ।
अशन्तिमा मुछिएको छ देश शान्ति दिप जगाउ
देशको गित गाइ नाच्न सक्नुपर्छ नेपाली ।
चुलिएको छ खराब निति हाम्रो समाजमा
विकृतिका खम्बाहरु भांच्नसक्नुपर्छ नेपाली
विदेशी संस्कृति सस्कार नअंगालेर अब
नेपालकै माया छातिभरी टांस्न सक्नुपर्छ नेपाली
अब देश बनाउने जिम्मा हामी जनताको हो
जुटेर सबै एकताको माला गांस्न सक्नुपर्छ नेपाली
सुनिता चंदाली
वुटवल
2.गजल
पर्ख केही दिन फूल्छु म तिम्रो जिन्दगीमा
त्यागेर दुनिया सारा भुल्छु म तिम्रो जिन्दगीमा
साचो छ माया मेरो संगालेर राख तिमी
पखाई मिठो हुन्छ एकदिन खुल्छु म तिम्रो जिन्दगीमा
भेट्न बोल्न गाह्रो छ समाजको तगारो यहा
मानन् सत् हो काडा पन्छाई डुल्छु म तिम्रो जिन्दगीमा
चोखो माया माया हुन्छ चाहिन्न साक्षी कोही
ढुक्क बन एकदिन निदाउन झुल्छु म तिम्रो जिन्दगीमा
सुनिता चुंदाली
बुटवल

0 comments:
Post a Comment