Home » » Muktak Madhurima (2069-11-24/07-03-2013) - Download

Muktak Madhurima (2069-11-24/07-03-2013) - Download

NepaliTalim | 12:36:00 PM | 0 comments
Muktak Madhurima
Radio : Radio Chitwan 94.6mhz        
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date :  (2069-11-24/07-03-2013)

 आज मिति 2069 फागुन 24 गते तदनुसार 07-March-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।                    
Listen and Download

Download : Click Here to Download
All Previous Episodes

२०६९-११-१७ गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष तथा डाउनलोड गरेर पनि सुन्न सकिने ......... तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ...........................

01-Ram Sharan Shrestha
सबैलाई सब थोक प्राप्त हुँदैन ।।
समयनै बलवान परास्त हुँदैन ।।
जति पुजा गरेपनि ढुङ्गालाइ त
किन किन यो मन सान्त हुँदैन ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
मुक्तक मधुरिमाका आजसम्मका सबै श्रृखलाहरु चिसापानी नेपाल र मुक्तक मधुरिमा ब्लगबाट सुन्न र डाउनलोड गर्न सकिन्छ ।
http://chisapaninepal.blogspot.com/search/label/Muktak%20Madhurima
and
www.muktakmadhurima.blogspot.com

02-Arpan Chhetri
बिहानीकॊ मिरमिरेमा लाली बनि आउनु तिमी
यॊ मुटुकॊ ढुकढुकीमा एकैनास छाउनु तिमी
दुख्यॊ मुटु चर्क्यॊ छाती सम्हाल्न नि गार्हॊ हुदा
चर्केकॊ यॊ घाउ माथि सधै मलम लाउनु तिमी
-अर्पन छेत्री
दमक,झापा
हाल - जॊहॊरबारु , मलेशिया See Translation

03-Shanti Adhikari मुक्तक
आँखाबाट आँशु खस्यो छैन खुशी मनमा ।
पिडाले नि मैलाई डस्यो छैन खुशी मनमा ।।
बिना कारण कालो बादल मडारीन थाल्दा।
अनेक थरी शकां पस्यो छैन खुशी मनमा ।।
-शान्ति अधिकारी
बाँके

04-Khadga G Magar
किन किन हिजोआज, टेन्शन बढेको छ
मुटुभित्र नदेखिने , खिल गढेको छ//
देख्छु यहाँ सबै जना, आफ़्नै धुन म मस्त
देखाउ कस्लाइ यो दिल भित्र, मुटु डढेको छ//
-खड्ग जी.एम.
उरहरी दांग

05-Jaya Bhabuk
बन्द अिन हड्ताल पार्छौ कीन?
धेरै मरीसके अझै मार्छौ कीन?
सधैसधै धाउछौ बालुवाटार ,
वार्ता गर्छौ सहमती सार्छौ कीन?
जयराम िव.क.(जयॉ भॉवुक )
धधवार 7 बर्िदया
हाल मलेिसया जोहोर

06-Mohan Bihani मुक्तक
********************************
फुलेको फुलको डाली भाँच्न कति गाह्रो भाको हो?
मायाप्रीती बिना जीवन बाँच्न कति गाह्रो भाको हो?
स्वार्थी यो सन्सारमा निस्वार्थी कोही रहेन छ
स्वार्थरहित साइनो गाँस्न कति गाह्रो भाको हो?
-मोहन बिहानी
भक्तिपुर सात सर्लाही http://www.mohanbihani.blogspot.com


07-Pawan Gharti Magar Bibash
हृदयमा मेरै तस्बिर सजाएर गयौ।
टाढैबाट नजर जुधाई लजाएर गयौ।
पागल सरि भएको छु जब देखे पछि,
मेरो मनमा प्रेम धुन बजाएर गयौ।
पवन घर्ति मगरहाडहाडे गुल्मीहालः यू ए ई

08-Raag Gazmer Raz
तिमीले ढाट्यौं बुझ्छु भनेर
मसँगै सधैं कुद्छु भनेर
माया प्रेम कति भन्ने प्रश्नसँगै
बुझिनौं किन दुख्छु भनेर

09-सुमन मुस्कान । मुक्तक
हिजो कसैलाई मन पराउनु गल्ति भो
त्यो जुठो दिललाई म तिर सराउनु गल्ति भो।
मैले जस्तै माया गर्छे भन्नी लाएर आज
त्यो निषठुरीमोरी भित्र हराउनु गल्ति भो।
-सुमन मुस्कान बालकुमारी कलेज नारायणगढ चितवन ।

10-तिलक निस्कर्ष
खोजे तर पाइन मैले, त्यो जुन कहा छ खै
तिम्ले मलाइ लाउछु, भन्या गुन कहा छ खै
म पनि त तितो अतित सम्झदै छु नि ,
रोय भन्छौ तर विरहको धुन काहा छ खै
रत्ननगर ७

11-नबराज ज्ञवाली
बोल्दैन सानु तिम्रो चित्र।
चोखो,माया,छ,मुटु भित्र।
हृदय बाट नै पलाउछ।
यहि हो मायाको चरित्र।
-नबराज ज्ञवाली
छिस्ती ६ बाग्लुङ्

12-साहित्यप्रेमी कपिल लामिछाने
कहिले काहि सपनिमा परि भई आईदेउन् !!
कुहु कुहु गर्दै कोहिलि चरि भई आईदेउन् !!
तिम्रो यादमा आज जल्दैछ यो मुटु,,
हल्का हल्का सिमसिमे झरि भई आईदेउन् !!
साहित्यप्रेमी कपिल लामिछाने दाङ्, तुल्सीपुर>>
हाल दोहा, कतार बाट..\\\


13-Ashish Danai मुक्तक
छाती चिरी तिम्रै तस्बिर देखाईदिउँ कि जस्तो लाग्छ
हामरो बारे सबैलाई बताईदिउँ कि जस्तो लाग्छ ।
जो जो डाहा गर्छन गरुन जो जो मर्छन मरुन
अब चाडै तिम्रो सिउदो रङ्गाईदिउँ कि जस्तो लाग्छ ।।
-आशिष दनाई
बेसिशहर लमजुङ
www.muktakmadhurima.tk

14-Mahato GenaRahm
कहिले साथीभाईको करले पिएँ।
कहिले आफ्नै रहरले पिएँ ।।
जमाना यो भन्छन् वाईन कल्चरको ,
जमातमा एक्लो हुने डरले पिएँ ।
...GenaRam Mahato...
..Nawalparasi..

15-Raju Poudel
के अचम्म हो आधा रातमा पनि राम्रि मानछे बनेर हिडनु पर्ने
जन्म दिने बाउ आमालाइ पनि झुटो कुरा भनेर हिडनु पर्ने
कस्तो पेसा अंगालेउ कुन्नि तिमिले त्यस्तो कसैले नदेख्ने गरि
लुकि लुकि कुना पसि पैसाको बिटा गनेर हिडनु पर्ने
-राजु पौडेल,
रूद्र्पुर रुपनदेहि,
दोहा कतार

16-Ramesh Babu Regmi
तिमि उपल्लो घरकी पो त मेरो जात बिर्सेको थें ।
उज्यालो त्यो मुहार हेर्दा मेरो रात बिर्सेको थें ।।
आभारी छु तिमिप्रती संझाई दियौ मलाई,
साच्चै भन्दा मैले आफ्नो औकात बिर्सेको थें ।।।
-रमेश बाबु रेग्मी
बेनिको बजार, म्याग्दी।

17-Bishnu K Gautam
आज धुरुधुरु,रुँदैछ नेपाल,थाहा छ तपाइँलाइ?
झन तानासाह,हुँदैछ नेपाल,थाहा छ तपाइँलाइ?
बिदेशिको एकएक,इसारामा नाचेपछि
महङ्गिले आकाष,छुदैछ नेपाल,थाहा छ तपाइँलाइ?
Bishnu Gautam
Malma-4,Baglung
now:Butwal

18-Bikalpa Babu
अचेल तिम्रो गाउँ बस्ती घर फेरीएछ
नाम पछि भएको त्यो थर फेरीएछ
धन होइन मलाइ बरु माया भए पुग्छ
भन्नेको त खै कसरी रहर फेरीएछ
bikalpa babu
gitanagar 1,chitwan

19-Amrit Shrestha
भगवान साक्षी कसम तोड्न सकिन प्रिय
सधैंको एउटै गोरेटो म मोड्न सकिन प्रिय
शायद तिम्ले त छोयौ आकास को जुन
मैले भुइ छोड्न सकिन प्रिय ..........
(Amrit Shrestha pokhara 12 kaski)

सम्भव भए गीत पनि राखिदिनु होला

20-Bhupendra Bc मुक्तक
झुपडिको मान्छे म, तिमी महल ताक्दै जानु |
माया राख्न नसकेनी, सक्छ्यौ घृणा राख्दै जानु |
जिवनभर साथ दिने वचन तिम्रो झुठो रैछ,
प्रित मिठो फल भए प्रत्येक संग चाख्दै जानु |
-भुपेन्द्र(बिपिन)बिसी
बिकाशनगर,कोहलपुर बाँके

21-गजल प्रेमी औसीकोरातमा इन्द्रमानआत्मा
तिमीलाई नजिक सारेरै छाड्छु
एकदिन जालमा पारेरै छाड्छु
कति भाउ खोज्दी रैछे काली
जवानीको धित मारेरै छाड्छु !
hetauda makwanpur ,hal-doha qatar

22-Dhaneshwor Poudel दङ्गाली साथी
हो त्यही दिन यो सास जानेछ ।
र सँगै सबै ति आश जानेछ ।
जुन दिन तिमी पराई हुन्छेउ ,
यो मेरो जिउँदो लाश जानेछ ।
-Dhaneshwor Poudel
Dang Deaukhury
Now Kuwait

23-Baral Suryamani
जति दुःख छन् भोग्नैपर्छ लेखेर के हुन्छ ?
सोचेकै त पुग्दैन कहिल्यै देखेर के हुन्छ ??
भ्रमको पर्दा रहेछ यो संसार हटाउनु कसरी?
हत्केलाले सिँगै घाम छेकेर के हुन्छ ??

24-Suman Adhikari
प्रेम गर्छौ आशु पिउन सिक !
पक्कै फाट्छ मन सिउन सिक!
अमर कहाँ छ प्रेम जालि संसार मा त्यसैले .......
छुट्छ माया एकान्तमा जिउन सिक !
-Adhikari,Suman"SAJAN"
Gunjanager 4 Bhimnager

25-निस्चल प्रेमी कान्छा
घर सम्झी धेरैजसो रुन्छन प्रदेशमा
पराईका रुखा बचन सुन्छन प्रेदेशमा
कत्ती त शोषण सम्म भोग्न बाध्य भएकाछन्
आसुले सारा सरिर धुन्छन प्रदेशमा ।।
-निस्चल प्रेमी कान्छा
खर्ज्याङ 9 गुल्मी
हाल दृष्टि वाटिका साहित्य समाज मुम्बई भारत ।

26-Anuragi Binod Gaire
बिस्तारै समय ढल्किदै थियो।
आँखामा आँशु छल्किदै थियो।
झन झन पोल्दै गयो रापले छाति,
दिल भित्र आगो सल्किदै थियो।
अनुरागि बिनोद
पकवादि-2स्याङ्जा
हाल क्षितिजको देशबाट

27-Rai Munkmen Ramesh मुक्तक
भो अब नखोज शहर मैले छोडि सके
फक्री फुलाउने तिम्रो भर मैले तोडि सके
चाहिन्न त्यो ठूलो महल खुशी बिनाको
खुशी राख्ने झुपडि मै रहर मैले जोडि सके
-राई"मुक्मेन"रमेश
हाल साउदी
धन्यवाद

28-दिपक काराखेती . मुक्तक
म त हजुर यहाँ साह्रै हेपिएको, रहेछु
थाहै नपाई अरु बाट चेपिएको, रहेछु//
हेर्दाम सास्ती दिने जस्तो नदेखेर, के भो र?
पौष माघको कुहिरोले छेपियको रहेछु//
-दीपक काराखेती
गोर्खा, (हाल:- UAE)


30-नरेश बि.क 'अनुरागि'
हजारौँ यि सपनाहरु झरिरहे सधै।
एका एक समस्य परिरहे सधै।
कैल्यई पनि भईदिएन चाहेको काम पुरा।
दुखैदुखको भुमरीमा मरिरहे सधै।
-नरेश "अनुरागि"
बिनायक-2 अछाम
हाल-मुबँई भारत

31-Jyoti Khatiwada Anischit
कोट्याईकोट्याई खाटा परेको घाउ ब-ढाउँछन् मान्छेहरु
नहुनेको हुन्छ क्षति उसैकहाँ अनेक दाउ लाउँछन् मान्छेहरु
किन हो यस्तो मानवस्वभाव कसरी बुझुँ यसलाई म
नबर्सिने मेघ गर्जेझैँ अनेक हाउभाउ दे-खाउँछन् मान्छेहरु
-ज्योति खतिवडा अनिश्चित
झापा सुरुङ्गा
हाल पुल्चोक ललितपुर

32-Navaraj Bhatta ***गजल ***
आफै सँग आफैलाई जिन्दगानी भार भयो
तिमी सधैं जिती राख्नु मेरो चाँही हार भयो
केही गर्ने जोस जागर मनै देखि मरेपछी
तिम्रो अर्ती,उपदेस मलाइ के को सार भयो
-नवराज भट्ट
धादिङ ,मैदी २ अमराइ
हाल :अबुधाबी , यू.ए.इ

33-श्रीकान्त कहेराज़
कुर्चीको खेल खेल्छौ कहिले सम्म
जनतालाई यसरि पेल्छौ कहिले सम्म
तिमीहरु राम्रो भान्छे जनता पिठो र पानि ,
असहमतिको बेलनाले बेल्छौ कहिले सम्म
कृष्णमन्दिर चोक

34-Kamal Tag Dhakal Putalisadak kathmandu
गूराँस जस्तै कालि तिमि फक्रिएकि छौ।
मेरो दिलको झ्याल खानामा पक्रिएकि छौ।
जन्म कैद भइसक्यो फूस्किन त गारो छ नि।।
त्यसैले त बिहे गर्न टक्रिएकि छौ ।

35-नरेश बि.क 'अनुरागि' मुक्तक
मेरो मायाको धरापमा परौलि
दैबले दिएको सरापमा परौलि
दुनियाले छुटाएमा कस्को ईज्जत कस्तो
म भन्दा तिमि खराबमा परौँलि
-नरेश बि.क"अनुरागि"
बिनायक-2 अछाम
हाल-मुबँई,भारत

.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np
Download -
www.radiochitwan.com.np
www.facebook.com/radiochitwan
www.facebook.com/muktakmadhurima
http://chisapaninepal.blogspot.com/
http://mohanbihani.blogspot.com/
www.ashishdanai.com.np
www.facebook.com/piratikodori
www.muktakmadhurima.blogspot.com
धन्यबाद

कार्यक्रम डाउनलोड को ब्यबस्था मिलाउने साथीहरु .......
कृष्णहरि खड्का ,रेडियो चितवन ९४.६
लक्ष्मण सापकोटा ,रेडियो चितवन ९४.६
राम शरण श्रेष्ठ ,चिसापानी,६ , रामेछाप
मोहन बिहानी , भक्तिपुर ७ , सर्लाही
आशिष दनाई ,गाउँशहर-२ दनाईगाउँ, लमजुङ
ß-kash Neupane, डुमरवाना, बारा हाल UAE
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger