Home » , » नरेन थापाका ५ गजलहरु

नरेन थापाका ५ गजलहरु

NepaliTalim | 10:57:00 AM | 0 comments
नमस्कार साथीहरू, अज मीत्र नितेन थापाका ५ धेरै सुन्दर र दमदार गजलहरुको साथमा उपस्थित भएको छु । तपाईहरुलाई गजलहरु कस्तो लाग्यो कमेन्ट गरिदिनुहोला ।

१. गजल
कसैको यादमा दीउसै झुलेर पिएँ सराब।
साथीभाई सबैलाई नी बटुलेर पिएँ सराब।

भन्थे बाले नछु बाबु यो चिज हो खराब ,
दुख पिडा सारा आज भुलेर पिएँ सराब।

पसले साहुनी कचकच गर्छीन बाकी भो धेरै,
पैसा छैन गोजीमा उधारो लियर पिएँ सराब।

मन हुन्छ बेचैन साझ नपर्दै तलतल लाग्छ,
भयजत्ति सबै भट्टी चहारेर पिएँ सराब ।

कुल धरानको इज्जतनै फाले नशा चडेपछि,
खुट्टा छैन भुइँमा मदहोसीमै लडेर पिएँ सराब।
नरेन थापा

२. गजल
क्षत बिक्षत भएकोछ मुटु आज टालौ कसोगरी।
उदास उदासछ मन प्रेमको दीप बालौ कसोगरी।

सीसाझै टुक्रा टुक्राभए मेरा सुनखरी सपनाहरू,
बिस्वास अनि आस्थाको जग बसालौ कसोगरी।

प्रितको पालुवा पलाउन नपाई निमठ्यौ तिमीले,
लड्खडाएका मेरा पाईला अब चालौ कसोगरी।

चर्कीरहेछ छाती अझै आधा मुटु चुडीलग्यौ,
प्रगती पथमा जिन्दगीलाई ढालौ कसोगरी।

कर्कलाको पानीजस्तै भएपछि साथीहरु ,
आँसु बगीरहेछ हासो खुसी अंगालौ कसोगरी।
नरेन थापा

३.गजल
भावीले लेखेको तकदिर मेटेर मेटाउन सकिन ।
बिपनीमा जतीरोएनी सपनीलाई भेटाउन सकिन।

ठुलो भुल गरेछु मैले उडेको बादललाई छोएर ,
बर्षा बनी झरयो अंजुलीमा अटाउन सकिन ।

जिन्दगीका गोरेटोमा कदम कदममा घात भएपछि,
अधेरीमै बीतयो जीवन जुन बनी उदाउन सकिन।

ईच्छा, आकाक्षा लाई मुरछित पार्दै बाचनु परदा,
भावनाको संवेगलाईरगतले लेखेर देखाउन सकिन।

मदहोसीकै हालतमा बितछ अचेल दिनरात,
जलीरहेछ मुटु अस्रूधारा बगाई निभाउन सकिन ।
नरेन थापा

४. गजल
सुन्दैछु नेपाल अब स्वीट्जरल्यान्ड बन्दैछ रे ।
पुरानो जीर्ण भयो धरहरा नया अर्को जग खन्दैछ रे ।

सुकुम्बासीको बस्तीमा दीनदहाडै डोजर चलाउँदै,
कुर्लीकुर्ली नया नेपाल बनाउँछु पो भन्दैँछ रे ।

रक्तपिपाशुको आँखाबाट मानवता बिलीन भयपछि,
शहीदको शालिकपनि आँत्तीएर भतभती ढल्दैछ रे।

गरिबीको मारमा परिश्रमी युवा बेचिन बाध्यछन् बिदेसमा,
पौरखको पसिनाले घरमा साझबिहान चुल्हो बल्दैसछ रे।

कस्तो देशहो मेरो राष्ट्रधातीको बोटमा भने,
मलजलनै नगरि कालोनोट फल्दैछ रे ।

लोकतन्त्र गणतन्त्रको दुषित हावा देशमा चल्दा,
बेदनाको रापले गाउँ बस्ती जल्दैछ रे ।

न त दियौ न्याय निसाफ न त दियौ संबिधान,
भाषणचाही चर्को गर्दै जनताको आँखा छल्दैछ रे।
नरेन थापा

५. गजल
दिन प्रति दिन निर्दयी लाचार बन्दैछ सरकार कस्तो अचम्म।
स्वतन्त्र बिचारमाथी सधै हुन्छ संगिन प्रहार कस्तो अचम्म।।

क्रान्तिको बिगुल फुकेथ्यो अग्रगामी परिवर्तन गर्छु भनेर,
देशद्रोहिको  आरोपमा प्रहरिले हाल्यो कारागार कस्तो अचम्म ।

निर्दोषजनको रगतले भिजीसक्यो धर्ती बनपाखा सारा,
मरेछ देशप्रेमी ठुलेसार्की बिना औषधोपचार कस्तो अचम्म।।

शहिद भएर गयो बिचारा सपनाछन् अझै अधुरा अपुरा,
बिल्लीबाठ भए लालाबाला अनि जहान परिवार कस्तो अचम्म।।

अपराधी खुलमखुल्ला धुमीराछ्न सन्तमहन्त भक्षक भाछन,
न्याय कानुनको अभावमा बढदैछ अत्याचार कस्तो अचम्म।।
नरेन थापा
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger