Home » , , » मेरा ५० पचास मुक्तकहरु एकैसाथ

मेरा ५० पचास मुक्तकहरु एकैसाथ

NepaliTalim | 5:15:00 PM | 0 comments
नमस्कार साथीहरु,
आज केहि आफ्ना पछिल्ला ५० मुक्तकहरु लाई एकै ठाउँमा लिएर आएको छु तपाईहरुलाई के कस्तो लाग्यो प्रतिकृया दिनुहोला ।
 
1.मुक्तक
तिमी सँग ठट्टा गर्ने आदत परेको छ ।।
आजभोली पैलाभन्दा जमघट बढेको छ ।।
अलिकति तिमी पनि श्रृगार गरि आउनु
नजरमै डुबिरहने सिलसिला चलेको छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

2.मुक्तक
प्रगतिका योगफल सुन्य बराबर छ ।।
जति गरेनी जोडबल सुन्य बराबर छ ।।
उस्ले नपढी दिँद मेरा सिर्जनाहरु
कविता र गजल सुन्य बराबर छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

3.मुक्तक
टुक्रिएको मुटु जोडियो कहाँ र ।।
निष्ठुरीले साथ लियो कहाँ र ।।
प्यारमा जब धोका पाएपछी
आफ्नो भन्नेनै थियो कहाँ र ।।
रामशरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

4.मुक्तक
तिमी सँग ठट्टा गर्ने आदत परेको छ ।।
आजभोली पैलाभन्दा जमघट बढेको छ ।।
अलिकति तिमी पनि श्रृगार गरि आउनु
नजरमै डुबिरहने सिलसिला चलेको छ ।।
रामशरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

5.मुक्तक
मान्छेहरुको मुहारबाट मुस्कान हराएको छ ।।
खै नियतिले क–कस्लाई के के गराएको छ ।।
जिन्दगी देखि पराष्त भएकाहरु मात्र भेट्छु
त्यसैले आजभोली मेरो मनपनि डराएको छ ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

6.मुक्तक
मान्छेको मनमा संका कति कति ।।
हरदिन हुँदैछन् दंगा कति कति ।।
आँखा भएर मात्र नपुग्ने रहेछ
भित्री मनका अन्धा कति कति ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

7.मुक्तक
जिन्दगी झन बर्बाद हुँदैगाछ ।।
मोडमोडहरुमा घात हुँदैगाछ ।।
आँखा चिम्लेर गरेका विस्वासहरु
आजभोली पस्चाताप हुँदैगाछ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

8.मुक्तक
सपनाले साथ छाडेका मान्छेहरु ।।
भाग्यले एक्लो पारेका मान्छेहरु ।।
छन् यो संसारमा कति कति छन्
भित्री मनहरु फाटेका मान्छेहरु ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

9.मुक्तक
तिमी बिना कथा मेरो असफल छ ।
पूरै जिन्दगीको सेरोफेरो असफल छ ।
छाति चिरेर झिकि लैजाउ मुटु बरु
जुन विना यो अँधेरो असफल छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

10.मुक्तक
तिम्रो प्रस्ताव म मान्दै मान्दिँन ।।
प्रेमका कुरा म जान्दै जान्दिँन ।।
कर नगर आफै हुन्छ मायाँ
साथी हौ अरु ठान्दै ठान्दिँन ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

11.मुक्तक
विचार उस्को पनि साँगुरो भैदियो ।।
त्यसैले त जात मुख्य कुरो भैदियो ।।
सरकार अड्डा अदालत भएर पनि
सिमान्तकृत जनता टुहुरो भैदियो ।।
राम शरण श्रेष्ठ
चिसापानी , रामेछाप ।।

12.मुक्तक
कुर्सिमा अन्धाहरु पर्छन् ।।
भ्रममा जानताहरु पर्छन् ।।
आँखा बन्द छ राजनीतिको
छेकिदिने पर्दाहरु पर्छन् ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

13.मुक्तक
गन्तब्य पारिनै रहेछ ।।
प्रकृया जारिनै रहेछ ।।
बनाउँछु भनेर उसैले
झन विगारिनै रहेछ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

15.मुक्तक
अस्ताइरहेको घामले केदेला  ।।
असफल ति कामले केदेला ।।
तिमी अर्कै बाटो लागे हुन्छ
गजलकार यो रामले केदेला ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।।
१७ जनावरी २०१३

16.मुक्तक
भावनाका बस्तिहरु मनभित्र हुन्छ ।।
कोहि नभएको बेला पनि मित्र हुन्छ ।।
सबैले थरिथरिका लिला देखाउँछन्
यौ संसारमा अनेक विचित्र हुन्छ ।।

17.मुक्तक
मान्छेको चोला आज हो कि भोली ।।
हाँस्दै बाँच्नुहोला आज हो कि भोली ।।
सकेसम्म जम्मै काम सक्नुपर्छ
फर्कदैन खोला आज हो कि भोली ।।

18.मुक्तक
यादै याद पठाउँछ कोहि मान्छे ।।
घरि घरि सताउँछ कोहि मान्छे ।।
सुरु कैलेदेखी भयो थहा छैन
खुबै मन पाराउँछ कोहि मान्छे ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

19.मुक्तक
मुनाको मदन कहिल्यै फर्केन ।।
मान्छेको बचपन कहिल्यै फर्केन ।।
उ निष्ठुरी रहेछ बल्ल था भो
ढुङ्गाको मन कहिल्यै फर्केन ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।।

20.मुक्तक
कि विजय कि त पराजय हुन्छ ।।
अस्ताएको सुर्य भोली उदय हुन्छ ।।
आज त तिमीले छोडि गए पनि
भोली मेरो पनि प्रेममय हुन्छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

21.मुक्तक
पाउमै पाए वास हजुरको ।।
भएर जिउँला दास हजुरको ।।
यतिनै मेरो विन्ती सुनिदिनु
बनाईदिनुस् खास हजुरको ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

22.मुक्तक
पहिले आफुलाई महान भएको घोषण गर्यो ।।
त्यसपछि आफै भगवान भएको घोषण गर्यो ।।
उस्का आदेसहरु सर्ब शक्तिमान भएपछी अनि
आफुनै देशको संविधान भएको घोषण गर्यो ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
०८ जनावरी २०१३

23.मुक्तक
एकोहोरो पछी लाग्नु गल्ति हुन सक्छ ।।
कसैलाई मनमा राख्नु गल्ति हुन सक्छ ।।
पछुताउनु पर्ला भोली अजै खोल्नु कुराहरु
अन्र्तमुखि मायाँ पाल्नु गल्ति हुन सक्छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

24.मुक्तक
मलाई देशको माटोले बोलाईरहेछ ।।
हो क्रान्तिको बाटोले बोलाईरहेछ ।।
गरिवहरुका कोहि छैनन् नेपालमा
उम्लेको रगत रातोले बोलाईरहेछ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

25.मुक्तक
भ्रष्टकै सम्मान हुन्छ मेरो देशमा ।।
ठूलाकै गुनगान हुन्छ मेरो देशमा ।।
अन्यायको विरुद्ध उत्रिन खोज्योभने
बोल्नेको चिहान हुन्छ मेरो देशमा ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

26.मुक्तक
आफ्नै देशमा बेचिन्छ मान्छे ।।
पहाड मधेसमा बेचिन्छ मान्छे ।।
बाँच्नको लागि मजबुरिमा परि
एकै निमेसमा बेचिन्छ मान्छे ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

27.मुक्तक
साहुको हातमा तमसुक हुनाले ।।
हातमुख जोड्ननी नपुग हुनाले ।।
विदेशिनु पर्यो म पैसाकै कारण
गरिवीले घरमा दुखैदुख हुनाले ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

28.मुक्तक
धड्कन रोकिन्छ रोकिन देउ ।।
गोलि ठोकिन्छ ठोकिन देउ ।।
मर्नेत हामी जस्ता सर्वसाधारण
मृत्यु तोकिन्छ तोकिन देउ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

29.मुक्तक
बादल गर्जेर आकाश झर्दैन ।।
मलाई उस्को आभास पर्दैन ।।
उस्को मन्त्र फेल खाएछ आज
कसैले अब विस्वास गर्दैन ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

30.मुक्तक
के लाग्छ र नियत खराब भएपछि ।।
असल विग्रन्छ सँगत खराब भएपछि ।।
समय लाग्दैन बर्बाद भएर सकिन  
जब लागेको लत खराब भएपछि ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

31.मुक्तक
अलिकति हलचल हुन्छ ।।
अलिकति छलफल हुन्छ ।।
फसिहेर्नुस् प्रेममा हजुर
सम्झना त पलपल हुन्छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

32..मुक्तक
अस्त ब्यस्त छु सम्हाल ।।
प्रेमले ग्रस्त छु सम्हाल ।।
डाक्टर धामी बैद्य तिमी
पागल प्रष्ट छु सम्हाला ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

33..मुक्तक
ढुङ्गा र भगवानमा फरक देख्दिँन ।।
थुंङ्गा र जवानमा फरक देख्दिँन ।।
मानबतालाई चटक्कै विर्सेपछि
बुंङ्गा र महानमा फरक देख्दिँन ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

34..मुक्तक
नपिए त ज्यूनु कसरी ।।
घाउहरुलाई स्यूनु कसरी ।।
मैनहरु पत्थर भएपछि
आगोले अब छुनु कसरी
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

35..मुक्तक
हल्का हल्का पहल चल्छ ।।
हल्का हल्का गजल चल्छ ।।
नजरमा नजर मिलेपछि बल्ल
एकआपसमा छलफल चल्छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

36..मुक्तक
बित्यो बित्यो जस्तो लाग्छ ।।
रित्यो रित्यो जस्तो लाग्छ ।।
आधा उमेर बित्दानबित्दै
सिध्यो सिध्यो जस्तो लाग्छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

37..मुक्तक
तिमी सँग जून दाँज्न मिल्दै मिल्दैन ।।
पनि सँग खुन दाँज्न मिल्दै मिल्दैन ।।
मृत्यु बाट बचाएर..........., प्रेम पढायौ
अमृत सँग यो गुन दाँज्न मिल्दै मिल्दैन।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

38..मुक्तक
मजा बेग्लै प्यूनमा ।।
पागल भै ज्यूनमा ।।
कस्को छैन उध्रेको
लान्नु पर्छ स्यूनमा ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

39..मुक्तक
म त एक्लो पर्छु होला ।।
तिमी बिना मर्छु होला ।।
नगर बन्द.... प्रेम बर्षा
नत्र नफुल्दै झर्छु होला ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

40..मुक्तक
च्वास्स विझ्छ काँडाले ।।
मन..... दुख्छ टाढाले ।।
मजा बेग्लै डुब्नुमा
जिवन्त प्रेम गाढाले ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

41..मुक्तक
संघियता संघियता भन्दा भन्दै टुक्रिने भो ।।
यो देशको शंबिधान बन्दा बन्दै टुक्रिने भो ।।
भागबन्डामै तल्लिनहरु, कुर्सिकोनै वरिपनि
भागबन्डामा मंत्रालय गन्दा गन्दै टुक्रिने भो ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

42..मुक्तक
कालको घाँटि समाउन सके पो मान्छु म ।।
मृत्युको मिति थमाउन सके पो मान्छु म ।।
रोएरै वित्छ आधा उमेर यहाँ मान्छेको
सधै खुसि भै रमाउन सके पो मान्छु म ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

43..मुक्तक
ज्यान लग्यौ, बाँकि सरिर छ ।।
तिमी गैहाल्यौ, अब पिर छ ।।
दैबले लात हानेर भन्यो
यस्तै तेरो तकदिर छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

44..मुक्तक
तिमी हुँदैमा अप्सरा के नै फरक पर्छ र ।।
छोडिदिएँ परम्परा के नै फरक पर्छ र ।।
हिरा आफैमा हिरा हो कसि चाँहिँदैन
नडुल्दैमा भमरा, के नै फरक पर्छर ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

45..मुक्तक
मन पर्छ त ठिकैछ, पर्दैन त भनिहाल ।।
मायाँ छ त ठिकैछ, छैन त भनिहाल ।।
यसरि दोधारमा बस्दा बस्दै ढिला होला
हुन्छ त ठिकैछ, हुँदैन त भनिहाल ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

46..मुक्तक
अरुलेझै तिमी पनि दाउ खोज्छौ आज भोलि ।।
छर्किदिन नुनचुक घाउ खोज्छौ आजभोलि ।।
राजीनामा सारा जीवन, लेखेर दिएकै थेँ
के पुगेन अझैंपनि भाउ खोज्छौ आजभोलि ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

47..मुक्तक
निस्फिक्रि गारौ प्याथ छेक्छ कस्ले ।।
आफ्नै धुनमा छ संसार देख्छ कस्ले ।।
चुलुम्म प्रेममा डुब्नुमै छ अति मज्जा
बारम्बार यस्तो मौका भेट्छ कस्ले ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

48..मुक्तक
पग्लिँदैन त पत्थरलाई के दोष ।।
मैन हैन त पत्थरदाई के दोष ।।
मुटु खोज्दा ढुङ्गामा, कहाँ भेटिन्छर
मुटु छैन त पत्थरलाई के दोष ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

49..मुक्तक
तिम्लाई तुन्छु गजलका शेरहरुमा ।।
पागल हुन्छु गजलका शेरहरुमा ।।
आएन सुन्दर प्रेमपत्रहरु लेख्नलाई
भावना बुन्छु गजलका शेरहरुमा ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

50..मुक्तक
भगवान पनि भागि गयो ।।
पैसाकै पछि लागि गयो ।।
गरिबको पुकार सुन्छ कस्ले
सर्कारले उल्टै मागि गयो ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।


धेरै धेरै धन्यवाद ।
















Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger